Posts

Showing posts from September, 2014

युवाका दिन

हा मीकहाँ अचेल प्रसस्तै सुन्न पाइन्छ - बिरानो मुलुकमा पसिना चुहाउन किन जानुपर्यो ? गर्नेले यतै गरेका छन प्रगति । गर्नेलाई यतै छ अवसर आदी इत्यादी । के भन्या होला यो भनेर अचम्म लाग्थ्यो । यता जता हेर्यो युवाहरुले हैरानी देखि पाइएका देखिन्नथे । तै पनि गर्न सक्नेलाई यहीं छ अवसर भनेर चकित पार्थे । यि केवल हौस्याउन मात्र गरिएका कुरा जस्ता लाग्थे । तर गर्न सक्ने युवाको लागि यहिँ अवसर र प्रगति रहेछ भन्ने कुरा बल्ल थाहा हुन थालेको छ । किनकी यहाँका बलियाबाङ्गा युवाहरुले राज्य र राजनीतिक नेताको राम्रै धाप पाउन थालेका छन् । अब निर्धा , निर्बलिया सज्जन , इमान्दार बन्नेलाई कहाँको ठाउँ हुन्थ्यो ? ति जो बाँदरको पुच्छर लौरो न हतियार भै ' गाछन । दलमा पनि के काम तिनको न कसैलाई थर्काउँन सक्छन न त चन्दा उठाउन । न त चुनावमा बुथ कब्जा गर्न सक्छन न त लाठिमुग्रीमा लाग्न सक्छन । त्यस्ता मान्छे राजनीतिमा कसरि बिक्नु ? अनि राजनीतिमै नबिकेकाहरु अन्त कसरि बिक्नु ? कतै नबिक्नेहरुका कुरा छाडौ । कुरा झिकौ बिक्नेका । ति बिक्छन जो सक्छन ।

आकाश खस्दैन ।

Image
              अ स्ति प्रचण्डले कोइरालाई आग्रह गर्नु भएछ - "मुलुकलाई दुर्घटनाबाट बचाउनु पर्यो ।" कोइरालाले नि "हुन्छ । उ गरौला !" त भन्नु भएछ तैपनि उहाँले दुर्घटनाबाट बचाउन थाल्नु भएको छैन । किन थाल्नु बेकारमा बुढो ज्यानलाई सास्ती दिएर । आखिर मुलुकलाई दुर्घटनाबाट नबचाए नि आकाश खस्दैन क्यारे । आकाश खस्दैन भने व्यर्थैको टाउको किन दुखाउनु ? मुलुकलाई दुर्घटनाबाट नबचाए हदै होला दुर्घटना होला । मुलुक दुर्घटना भए के होला ? हदै भए मेची पश्चिम तिर सर्ला महाकाली तिर । लाङटांग हिमाल जनकपुर तिर पुग्ला । राजविराज सहर रसुवा गाडी । बागमती बागद्वारतिर बग्ला । घरको छत जिमिनतिर जग आकाशतिर फर्केला । यस्तै उथलपुथल जे नै होस् न । जे नै होस् न आकाश खस्दैन क्यारे । कोइरालाले पनि प्रचण्डलाई भन्नुभएछ - संबिधान बनाउन सहयोग गर्नु पर्यो । तर किन गर्नु सहयोग ? के सहयोग नगर्दैमा आकाश खस्छ र ? सहयोग नगरे हदै होला संबिधान नबन्ला । संबिधान नबने नि आकाश खस्दैन क्यारे ? आकाश आफै बलियोसँग अडिएको छ । त्यसलाई संबिधान बनाएर टेको दिरहन जरुरी छैन । जो त्यसै अडियाछ त्यलाई किन दिनु संबिधानको आड ? भद्र

अप्रिल २०१४ का कार्टुनहरु

Image

चिप्लेकिराको दौड ।

            ला मो समय देखी काठमाडौ धुलाम्मे छ । धुलो यसरी उढेको छ कि बिहान खाइवरी घरबाट निस्किदा मान्छे ६० किलोको छ भने बेलुका घर पुग्दा ९० किलोको हुन्छ । घर जाँदा परिचयपत्र बोक्न बिर्सियो भने परिवारका सदस्यले नचिनेर घर बाहिरै बस्नुपर्ने स्थिती छ । कुनै चोरले केही चोरेर भाग्यो भने धुलोले उसको हुलिया परिवर्तन भएर पन्ध्र मिटर पार गर्ना साथ फरार हुन्छ । धुलोको बयान त के गरौ ? तपाईंले घरबाहिरै बसेर यो पढिरहनु भएको छ भने धुलोले छोपिएर पढिनसाध्धे भयो होला । भए पुछेर हेर्नोस यो लेख धुलोको बयानमा होइन धुलो किन उढ्यो भन्नेमा हो । यसरी काठमाडौंमा धुलो किन उड्यो ? खसखस आज देखिको होइन । पहिले पहिले अनुमान लगाइन्थ्यो - यो सब सबारीसाधनबाट निस्केका हुन, वा निर्माण सामाग्री बोक्ने मिनिट्रकले उडाएका हुन । पछी यस्लाई नियन्त्रण गर्ने भन्दै सरकारले यस्ता सामाग्री पालले छोपेर मात्र बोक्ने नियम लगायो । तर धुलो हटेन । कहिले सोचियो - यि सब चैते हुरिले जिमिनबाट उडाएर ल्याएका हुन । तर हुरी नचल्दा नि आएका छन । हरेक अनुमान गलत मात्र भएसी कहिलेकाहीं अली काल्पनिक बनियो । अली ठट्यौलो सोचियो - यहाँ राजनीतिक दलह