चिप्लेकिराको दौड ।

           लामो समय देखी काठमाडौ धुलाम्मे छ । धुलो यसरी उढेको छ कि बिहान खाइवरी घरबाट निस्किदा मान्छे ६० किलोको छ भने बेलुका घर पुग्दा ९० किलोको हुन्छ । घर जाँदा परिचयपत्र बोक्न बिर्सियो भने परिवारका सदस्यले नचिनेर घर बाहिरै बस्नुपर्ने स्थिती छ । कुनै चोरले केही चोरेर भाग्यो भने धुलोले उसको हुलिया परिवर्तन भएर पन्ध्र मिटर पार गर्ना साथ फरार हुन्छ । धुलोको बयान त के गरौ ? तपाईंले घरबाहिरै बसेर यो पढिरहनु भएको छ भने धुलोले छोपिएर पढिनसाध्धे भयो होला । भए पुछेर हेर्नोस यो लेख धुलोको बयानमा होइन धुलो किन उढ्यो भन्नेमा हो ।

यसरी काठमाडौंमा धुलो किन उड्यो ? खसखस आज देखिको होइन । पहिले पहिले अनुमान लगाइन्थ्यो - यो सब सबारीसाधनबाट निस्केका हुन, वा निर्माण सामाग्री बोक्ने मिनिट्रकले उडाएका हुन । पछी यस्लाई नियन्त्रण गर्ने भन्दै सरकारले यस्ता सामाग्री पालले छोपेर मात्र बोक्ने नियम लगायो । तर धुलो हटेन । कहिले सोचियो - यि सब चैते हुरिले जिमिनबाट उडाएर ल्याएका हुन । तर हुरी नचल्दा नि आएका छन । हरेक अनुमान गलत मात्र भएसी कहिलेकाहीं अली काल्पनिक बनियो । अली ठट्यौलो सोचियो - यहाँ राजनीतिक दलहरुमा घरअझगडा तिब्र छ । त्यसैले उनिहरुले आफ्नै आङ कन्याएर छरो निकाले । त्यही धुलोले काठमाडौं धुलाम्मे भयो । कहिलेकाही अलिक भाबुक सोचियो । अनी भनियो - यि सब हाम्रा सपना टुक्रिएर बनेका चुर्ण हुन । सपना जहिल्यै आकाश छुन तम्सन्छ । त्यही क्रममा काठमाडौं यती धुलाम्मे भएको हो ।

पछी झन्डै झन्डै सर्वमान्य उत्तर आयो - सडक फराक बनाउन घर भत्काउदा धुलो उडेका हुन । हो जस्तै लाग्यो  । तर भत्केका घर पनि बने, सडक पनि बने । कलकत्रा हालेर चिल्याए । तर धुलो उडेको उड्यै । त्यो पनि फेल खायो ।
के कारण चाँही यसरी धुलो उढ्दैछ काठमाडौमा एक्दिन कपडा सोच्दैथे टक्टकाउदै सोच्दैथिए । झल्यास्स भएँ - साँच्ची त मुलुकमा ५-६ बर्ष देखी ६०१ चिप्लेकिराहरुको दौड चलिराछ । सुने - अहिले तिनको दौड उत्कर्शमा छ । किन कि अब माघ-८ सम्ममा उनिहरु संबिधान लिएर अाइपुग्ने रे अनी किन नउडोस धुलो । उनिहरु पुरै विश्वस्त छन । किनकी हालसम्मकै सबैभन्दा द्रुत गतिका प्रधानमन्त्री सुसिल कोइराला भ्याइनेमा ढुक्क हुनुहुन्छ । अघी यस्तै दौड पार गरिसकेका, संबिधान पनि झन्डै झन्डै ल्याइसकेका बाबुराम भट्टराइ पनि ढुक्क हुनुहुन्छ । सब दल ढुक्क छन किन कि ५-६ बर्ष लगाएर संबिधान को नामै फुराइसकियो - "नेपालको संबिधान" भनेर भएदेखिन जाबो संबिधान लेख्न के ठुलो कुरा भो र अब ? चिप्ले किराकै दौडमा बुर्कुसी मारेसी माघ-८ सम्ममा संबिधान ल्याउनु के नै ठुलो कुरा हो र ? होइन ??

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ