आकाश खस्दैन ।

             स्ति प्रचण्डले कोइरालाई आग्रह गर्नु भएछ - "मुलुकलाई दुर्घटनाबाट बचाउनु पर्यो ।" कोइरालाले नि "हुन्छ । उ गरौला !" त भन्नु भएछ तैपनि उहाँले दुर्घटनाबाट बचाउन थाल्नु भएको छैन । किन थाल्नु बेकारमा बुढो ज्यानलाई सास्ती दिएर । आखिर मुलुकलाई दुर्घटनाबाट नबचाए नि आकाश खस्दैन क्यारे । आकाश खस्दैन भने व्यर्थैको टाउको किन दुखाउनु ? मुलुकलाई दुर्घटनाबाट नबचाए हदै होला दुर्घटना होला । मुलुक दुर्घटना भए के होला ? हदै भए मेची पश्चिम तिर सर्ला महाकाली तिर । लाङटांग हिमाल जनकपुर तिर पुग्ला । राजविराज सहर रसुवा गाडी । बागमती बागद्वारतिर बग्ला । घरको छत जिमिनतिर जग आकाशतिर फर्केला । यस्तै उथलपुथल जे नै होस् न । जे नै होस् न आकाश खस्दैन क्यारे ।
कोइरालाले पनि प्रचण्डलाई भन्नुभएछ - संबिधान बनाउन सहयोग गर्नु पर्यो । तर किन गर्नु सहयोग ? के सहयोग नगर्दैमा आकाश खस्छ र ? सहयोग नगरे हदै होला संबिधान नबन्ला । संबिधान नबने नि आकाश खस्दैन क्यारे ? आकाश आफै बलियोसँग अडिएको छ । त्यसलाई संबिधान बनाएर टेको दिरहन जरुरी छैन । जो त्यसै अडियाछ त्यलाई किन दिनु संबिधानको आड ? भद्रगोल मात्र । आकाश संबिधान नबने नि खस्दैन त्यसैले बनाईरहन जरुरी छैन । फेरी आकाश संबिधान बनेपनि खस्दैन त्यसैले बनाइहाले नि बिग्रिदैन ।

ओलीले उखान हाल्नु भो - प्रदेशहरु ३ देखि ५ वटा बनाउनुपर्छ । लागेको थियो अव आकाश खस्छ कि क्या हो ? बेलुका भोलि त क्या हो क्या हो भनेर आकाश हेरेर सुतियो । भोलि पल्ट उठेर हेर्छु त आकाश जस्ताको तस्तै । पछी बुझियो प्रदेश जति बनाए नि आकाश खस्दो रहेनछ । माओबादीले भने झैँ १४ वटा बनाए नि आकाश खस्दोरहेनछ । ओलीले भने झैँ ३ वटा बनाए नि आकाश खस्दोरहेनछ । आकाश नखस्ने ढुक्क भएपछी उहाँ अहिले दिनदिने प्रदेश यति बनाउने र उति भनेर फेर्या फेर्यै हुनुन्छ । कहिले पांच कहिले त सातमा । अब आकाशै नखस्ने भएसी प्रदेशलाई ३ मा मात्र किन झार्ने २ वा १ बनाए भैगो नि जे गरे नि आकाश खस्दैन क्यारे एक पनि नबनाएर हाफ क्वाटर सङ्ख्यामा प्रदेशहरु बनाए भैगो नि । अनि चौध पन्ध्रको संख्यामा मात्रै नि किन ? एक डेड सय बनाउने नि किन आखिर जति बनाए नि आकाश खस्दैन क्यारे । फेरी बनाउने पनि किन नबनाए पनि आकाश खस्दैन क्यारे । नबनाउने नि किन नबनाए नि त आकाश खस्दैन क्यारे ।
खुमबहादुरले संबिधानमा हिन्दु राज्य नआए संविधानै च्यात्ने रे । केहि छैन च्याते पनि आकाश खस्दैन क्यारे । भ्रष्टलाई जेलबाट फर्किदा एक  क्विन्टलको माला लगाइदिएर सिन्दुर जात्रा गर्दा त नखस्या आकाश तिनैले संबिधान च्यात्छु भन्दा के खस्थ्यो ?
अब कसले के भन्छ ? कसले के गर्छ यो मुलुकलाई ज्वरो आउदैन । हाम्रा नेताहरु स्वयं हुटिट्याउ भनेर आकासथाम्न खडा हुनुहुन्छ । त्यसैले आकाश मजबुद भा'छ । अब क्यै भए नि क्यै नभएनि क्यै गरे नी क्यै नगरे नि कुनै पनि हालतमा आकाश खस्दैन । ढुक्कै छ । 

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ