युवाका दिन
हामीकहाँ
अचेल प्रसस्तै सुन्न पाइन्छ
- बिरानो
मुलुकमा पसिना चुहाउन किन
जानुपर्यो ? गर्नेले
यतै गरेका छन प्रगति । गर्नेलाई
यतै छ अवसर आदी इत्यादी । के
भन्या होला यो भनेर अचम्म
लाग्थ्यो । यता जता हेर्यो
युवाहरुले हैरानी देखि पाइएका
देखिन्नथे । तै पनि गर्न
सक्नेलाई यहीं छ अवसर भनेर
चकित पार्थे । यि केवल
हौस्याउन मात्र गरिएका कुरा
जस्ता लाग्थे ।
तर
गर्न सक्ने युवाको लागि यहिँ
अवसर र प्रगति रहेछ भन्ने कुरा
बल्ल थाहा हुन थालेको छ । किनकी
यहाँका बलियाबाङ्गा युवाहरुले
राज्य र राजनीतिक नेताको
राम्रै धाप पाउन थालेका छन्
। अब निर्धा, निर्बलिया
सज्जन, इमान्दार
बन्नेलाई कहाँको ठाउँ हुन्थ्यो
? ति
जो बाँदरको पुच्छर लौरो न
हतियार भै'गाछन
। दलमा पनि के काम तिनको न
कसैलाई थर्काउँन सक्छन न त
चन्दा उठाउन । न त चुनावमा
बुथ कब्जा गर्न सक्छन न त
लाठिमुग्रीमा लाग्न सक्छन
। त्यस्ता मान्छे राजनीतिमा
कसरि बिक्नु ? अनि
राजनीतिमै नबिकेकाहरु अन्त
कसरि बिक्नु ? कतै
नबिक्नेहरुका कुरा छाडौ ।
कुरा झिकौ बिक्नेका । ति बिक्छन
जो सक्छन ।
हाम्रा
राजनीतिक दलले सक्ने युवाहरुलाई
प्रोत्साहन गर्ने नीति लिएको
छ । ग्याङ फाइटमा पोख्तहरुको
पार्टीको युवा संगठनमा उच्च
डिमाण्ड हुन थालेको छ । धम्क्याउन
सक्नेहरु सक्नेहरु सक्रिय
कार्यकर्तामा पहिलो प्राथमिकतामा
परेका छन् । पार्टीहरु गजबले
समाबेशी हुन् थालेको छ । खुकुरी
एक्सपोर्टहरु, टुटुल्को
विशेषज्ञहरु, खुट्टा
भंचुवाहरु , लठ्ठी
मुग्रो हनुवाहरुलाई बिशेष
आरक्षणको ब्यबस्था गरेर
पार्टीको सुरक्षणको नीति
पार्टीले लिन थालेको छ । यसले
यस्ता विधामा बिशेषज्ञाता
हासिल गरेका होनाहार युवाहरुलाई
सुनौलो अवसर प्रदान गरेको छ
। हप्ता उठाउनमा अनुभव हासिल
गरेकाहरुलाई पार्टीमा ल्याएर
चन्दा उठाउन लगाउन थालिएको
छ । जसले गर्दा यस्ता बिज्ञ
युवाहरुलाई आफुले सिकेको
ज्ञानको भरपुर उपयोग गर्ने
फराकिलो अवसर प्राप्त भएको
छ । जसले गर्दा व्यक्ति र पार्टी
दुबैलाई अर्थोपार्जनको अवसर
मिलेको छ । यसले मुलुककै
अर्थतन्त्रमा गतिलै योगदान
दिने पक्का छ । पार्टीमा
उनीहरुको प्रवेशले ठेक्कापट्टामा
घुष लिने दिने काम बन्द भएको
छ र धम्कीले नै काम चल्न थालेको
छ । घुसलाई चन्दा र हप्ताले
विस्तापित गरिदिएको छ ।
गोलि
हानाहान गर्ने, खुकुरी
जुधाई गर्ने, टाउको
फोराफोर गर्नेलाई महान नेताबाट
खेलाडीको उपादी प्राप्त भएको
छ र त्यस्ता खेलाडीहरुलाई
पार्टीमा ल्याएर राजनीति
खेलाउने योजनाको कार्यान्वन
सुरु भैसकेको छ । र यी खेलाडीले
राजनीतिमा राम्रै प्रफरमेन्स
पनि देखाउन थालेका छन् । जो
फाट्टफुट्ट सभासद मन्त्री
सम्म बन्न थालिसकेका छन् । र
अव यस्ता उच्च पदमा यस्तै
सक्षम युवाहरुलाई प्रोत्साहन
गर्ने नीति महान नेताबाट
सार्वाजैनिक भैसकेको छ । र
गुण्डागर्दी पेसामा लागेर
मुलुकको सेवा गरिरहेका
युवाहरुलाई जिउदामा अवसर र
प्रोत्साहन गर्ने मात्र होइन
मरेपसी समेत सम्मान गर्ने
चलनको समेत सुरुवात भैसकेको
छ । यसो हेर्दा लाग्छ अब युवाको
दिन आए ।
Comments
Post a Comment