Posts

Showing posts from October, 2014

उरासं र आन्दोलन

प्र चण्ड अहिले दोहोरो पदमा हुनुहुन्छ । एक त ४ दल सम्मिलित उच्च राजनीतिक समितिको अध्यक्ष । अर्को त २२ दल सम्मिलित आन्दोलन समितिको अध्यक्ष । एकै व्यक्तिले यो दोहोरो भूमिकाको म्यानेज कसरी गर्नुहोला ? उहाँ मद्धे आन्दोलनमा हुनुहोला । मसाल सक्लाइरहदा, टायर बालिरहदा उच्च राजनीतिक संयन्त्रको बैठक बस्न पर्दा प्रचण्डले के गर्नुहोला ? तर कन्फ्युज नहुनुहोस । कुरा सजिलै छ । बैठक सडकमै बोलाउने । आखिर कार्यालयमै बोलाए नि जाने सडकबाटै हो क्यार । अरु दलका नेतालाई नि त्यहि बोलाउने । सडकमा एक एक वटा टायर ओछ्याउने उहाँहरुलाई त्यँही बसाल्ने र बैठक गर्ने । एक किलो सुन्तला र डेड दुइ माना बदाम किनेर त्यहीँ भागबण्डा मिलाउने र कालो झण्डाले मुख पुछेर बैठक समापन गर्ने ।

ज्ञानेन्द्र जाउ पारस बचाउ !

पै ले पैले राजाका जुठो पिरो खाएकाहरु घाँटी सुक्ने गरि कराउँथे -"राजा आउ देश बचाउ ।" ज्ञानेन्द्र नि टाउको हल्लाएर बचाउने नै जसरी भन्थे -"हुन्छ । मैले बुझें ।" प्रत्येक बक्तव्यको अन्त्यमा "पशुपतीनाथले कल्याण गरुन, जइ नेपाल !" भनेको सुन्दा लाग्थ्यो - उनले देश बचाउनको लागी पशुपती नाथलाई खटाइरहेका छन् त्यसैले गर्दा देश थेगिएको छ । पछी उनको दरवारमा परिवर्तनको खोलो पस्यो । उनले न त आफ्नो गद्दी बचाउन सके न त राजतन्त्र नै अन्तत: नागार्जुन उक्लिए । अचेल तिनी केही बचाउन सक्ने स्थितिमा छैनन् ।

हजुर एउटो लाइक पाउँ न :)

Image

ठिकै छ :)

Image