उरासं र आन्दोलन
प्रचण्ड अहिले दोहोरो पदमा हुनुहुन्छ । एक त ४ दल सम्मिलित उच्च राजनीतिक समितिको अध्यक्ष । अर्को त २२ दल सम्मिलित आन्दोलन समितिको अध्यक्ष । एकै व्यक्तिले यो दोहोरो भूमिकाको म्यानेज कसरी गर्नुहोला ?
उहाँ मद्धे आन्दोलनमा हुनुहोला । मसाल सक्लाइरहदा, टायर बालिरहदा उच्च राजनीतिक संयन्त्रको बैठक बस्न पर्दा प्रचण्डले के गर्नुहोला ? तर कन्फ्युज नहुनुहोस । कुरा सजिलै छ । बैठक सडकमै बोलाउने । आखिर कार्यालयमै बोलाए नि जाने सडकबाटै हो क्यार । अरु दलका नेतालाई नि त्यहि बोलाउने । सडकमा एक एक वटा टायर ओछ्याउने उहाँहरुलाई त्यँही बसाल्ने र बैठक गर्ने । एक किलो सुन्तला र डेड दुइ माना बदाम किनेर त्यहीँ भागबण्डा मिलाउने र कालो झण्डाले मुख पुछेर बैठक समापन गर्ने ।
यो त भो प्रचण्ड सडकमा हुँदा उच्च राजनीतिक संयन्त्रको बैठक गर्नुपर्यो भने के गर्ने भन्ने । अब कुरा गरम प्रचण्ड उच्च राजनीतिक संयन्त्रको कार्यालयमा हुँदा आन्दोलन को बैठक बस्नु पर्यो भने के गर्ने ? सजिलै छ - संयन्त्रमै दुइ वटा ठुला मकलको ब्यबस्था गर्ने । अनि बाँकी आन्दोलनकारी दललाई बोलाएर एउटा मकलमा टायर बाल्ने । अनि संयन्त्र भित्र टायर बालेको बिरोधमा कांग्रेस एमालेले अर्को मकलमा दाउरा बाल्ने । त्यहीँ सबै मिलेर सेकुवा पोल्ने र टुच्च लाउने । अनि त्यसकै तालमा सहमती गर्ने ।
Comments
Post a Comment