Posts

Showing posts from November, 2014

भन्नै पर्दैन

Image

अन्तिम तयारी

Image

तयारी बेकार

Image

कुकुर लाइ किन रोक ?

Image

जोर बिजोर प्रणाली

Image

लचकता

Image

हात कहाँ राख्ने ?

                    सा र्क सम्मेलनमा दुनियाँलाई नेपालले आफ्नो सम्पन्नता देखायो । हाम्रो बिकास, सुरक्षा र ठाँटमा कुनै कमि देखिएन । सबै भन्दा ठुलो सम्पन्नता ‘राख्ने ठाउँमा’ देखियो । बिमानस्थलको ढोकैमा पाहुनाको सम्मान राख्न उपप्रधानमन्त्रिको ब्यबस्था गरियो । त्यस्पछी उहाँहरुलाई राख्न मागेरै भए पनि बुलेटप्रुफ गाडीको ब्यबस्था गरियो र हुइक्याइयो । गाडी राख्न बसपार्क नै खाली गरेर मिलाइयो । पाहुना राख्न सुविधायुक्त होटलहरुको ब्यबस्था गरियो । ज्यान राख्न कुर्सिको सुबिधा गरियो ।  आफ्नै नाक राख्न रातारात भौतिक पूर्वाधार खडा गरियो  । सभाहल बनाइयो  । फूल फुलाइयो  । र छिमेकीको अगाडी छाती फुलाइयो  । सार्क सम्मेलनमा सबैकुरा राख्ने ठाउँको ब्यबस्था गरियो तर सर्वसाधारणलाई हात राख्ने ठाउँको ब्यबस्था भएन   । प्राचिनकाल देखि हालसम्म हात राख्नको लागी गोजीको प्रयोग हुँदै आएको थियो  । सार्क सम्मेलनमा सुरक्षाको कारण देखाउदै सरकारले गोजीमा हात हाल्न प्रतिबन्ध लगायो  । अनि पर्यो आपत ! अब आफ्नै खल्तीमा हात हाल्न नपाइएसि कहाँ हाल्ने ? अरुको गोजीमा हात हालम् भने कुट्लान भन्ने डर  । अब कहाँ राख्ने हात  

थुतुनोग्राफी ( selfie )

प हिले पहिले सौचालय जाँदा लोटा बोकेर जान्थे । अचेल बाथरुम छिर्दा क्यामेरा युक्त स्मार्टफुन लिएर छिर्छन । स्मार्टफुनको स्मार्ट युगका स्मार्ट मान्छेहरु, जसलाई दिन सुभारम्भ  गर्न पानी नभए नि क्यै फरक पर्दैन । ट्वाइलेट पेपरले चल्छ । तर क्यामेरा बिना चल्दैन । किनकि बिहान उठे देखी राती नसुते सम्म र राती निन्द्रा खुल्दा सम्मका तालतालको थुतुनोग्राफी अपरिहार्य छ । थुतुनोग्राफी जिउनुको प्रमाण हो । समय समयका, ठाउँ ठाउँका र किसिम किसिमका थुतुनोग्राफी लिएर सोसल मिडियामा पोष्टिए पछी पो थाहा हुन्छ, यो बाँचिरहेछ भन्ने । उठ्यो, बस्यो, खायो, सुत्यो, घुम्यो, हिड्यो देखि सम्पूर्ण दैनिक कार्यको प्रमाण हो थुतुनोग्राफी । थुतुनोग्राफ नलिईकन बाँच्नुको अर्थ छैन | जसरी सर्टिफिकेट नलिई औपचारीक पढाइको अर्थ छैन । त्यसैले आफु बाँचेको प्रमाण सोसलमिडियाहरुका भित्तामा झुन्ड्याउन थुतुनोग्राफरहरुको हरुको तछाँड मछाड छ । थुतुनोग्राफी आत्मघाती फोटोग्राफी हो । जो आफैलाई ताकेर हानिन्छ । यस्तो खतरनाक कुरा तर्फ नि मान्छे लालाहित छन । अरु कुनै पनि आत्माघाती कुराहरु मान्छेलाई प्रिय छैनन् । आत्मघाती

शासकीय स्वरूप ।

" शा सकीय स्वरूप कस्तो बनाउने ?" ओलीजीले भन्नुभो । "दुइ दल बसेर निर्क्योल गरम् ।" "त्यो त सोच्नै परेन नि" सुशीलदाले भन्नु भो । "उल्लाई नै उ गर्दीम् ।" "तर एमाले सोच्छ, गिदी भएसी सोच्नु पर्छ ।" ओलीजीले भन्नुभो । "उल्लाई उ गरेसी कस्तो हुन्छ ? स्पस्ठ पारौ त ।" "पहिलेको जस्तै ।" सुशीलडाले भन्नु भो । "फनक्कै घुमेको !"

इतिहासको पानामा कि नेपाली कितावको पानामा ?

ज ब प्रचण्डलाई डर लाग्छ तब तब रोल्पा जानुहुन्छ । पहिले उहाँलाई राज्यसँग डर थियो । रोल्पा जानुभो र बंकर बनाएर बस्नुभो । समयले कोल्टे फेर्यो । परिवर्तनले राज्य अनुकुल भयो । काठमाडौँ फर्किनु भो । पहिलो संबिधानसभाको चुनाव आयो । पहिले राज्यको बुलेटसँग आतिराको, सोच्नुभो -"यो ब्यालेट भन्ने चिज पनि त्यस्तै अजंगको जन्तु होला हगी ?" लौ बितायो भन्दै रोल्पा हानिए । त्यसबेलाको रोल्पा हनाइ उहाँलाई झन् फाप्यो । ब्यालेट उहाँको बिरुद्द पड्किएन बरु झन् दाइना भएर आयो । बकुन्द्र मत आयो । प्रम चिट्टा पारे । अब डर सकियो रोल्पा जानु परेन । डर सक्कियो । तर हातको परेको जिनिस के गर्ने उहाँलाई थाहा भएन । राष्ट्रपतीमा ठोक्नु भो, सेनापतिमा ठोक्नुभो, पशुपतिमा ठोक्नु भो अनि फाल्दिनु भो । पशुपतिको बाँदर किच्च हाँसे, सकियो । फालेको चिज अर्कैले टिप्यो, लग्यो । घुर्की धम्कि देखि ललाई फकाई अनेक तिकडममा नि प्राप्त भएन । त्यहि तिकडममा कुद्दा कुद्दा संबिधानसभा नि नरिवल सावित भो । त्यो पनि फालियो । फेरी अर्को चुनाव भो । उहाँलाई अब डर थिएन । अब किन रोल्पा जाने ? चुनावमा उत्तान्टाङ हुनुभो । फाले

अब हामी संबिधान बनाम् :)

गो कर्ण जाम् । कुखुराको सपेटा खाम् । लाम्नेहरुले टुच्च लाम् । यता जाम् । उता जाम् । खानु पर्ने खाम् । लाउनु पर्ने लाम् । अब जसरि हुन्छ संबिधान बनाम् । पाखुरा सुर्किम् । भ्याए सम्म अर्को लाईखुर्किम् । अर्कोको खुर्क्याईमा आफु फुर्किम् । जसरी हुन्छ संबिधान बनाम् । लम्मेतान समस्याको लठ्ठा यहि घुसाम् । जाने जति उखान टुक्का यहीं मिसाउँ । चार तिन दुइ एक आधा सम्मको कुरा झिकौ । बिकेका नबिकेका नयाँ पुराना जोक्स, ठट्टा र उट्पट्याईहरु यहीं मिसाई ठुलो ठेली बनाउँ त्यसैलाई गातामा संबिधान नाम दिउँ । त्यसैलाई आठको सुभ साइमा रिलिज गरौ जनतालाई उपहार दिम् । पढ़याछ हाँस्या छ, पढ्या छ हाँस्या छ । जनताको मुहारमा हाँसो ल्याऔ । जसरि हुन्छ संबिधान बनाउँ । एक हातमा आन्दोलन अर्को हातमा सहमती, एक हात मिलाउन अर्कोहात ठटाउन उझाउँ । एक हातमा मल्हम देखाई अर्को हातले लाठी सोझ्याउ । जिल्ला भन्दा बढि दल जुटाउम्  । सौ डेड सौ मान्छे जुटे भासन ठोलिहालम् । फुरुक्क परम् बुर्लुक्क उफ्रिम् । आफ्नै साइज बिर्सिम् । राज्य चलाउने पालो र अधिकार अब आफ्नै भएको घोषणा गरम् । वरिपरिका मान्छेलाई मंत्री र आफुलाई प्रधा

मुलुकका लागि भ्यागुता पालन

अ स्ति मंगलबार कम्ता खुसि लागेन । मलेसियाको मैदानमा अमेरिकालाई ठंग्रङ्गै पारिदियो । त्यसमाथी हार्यो हार्यो भएर एक्कासी जित्दा त ज्यानमा पखेटा पलाएको जस्तो भै उडुम् उडुम् पो हुदो रहेछ । हर्षले उधुम पार्दोरहेछ । क्रिकेट पण्डितहरुले भने अन्सार त्यो दिनको खेलमा हाम्रा खेलाडीहरुका बलियो प्रदर्शनले मात्र होइन पानि परेर पनि नेपाली टिमको भाग्य स्पात भएको अरे । नहोस पनि कसरी स्वयम् इन्द्र भगवानको कृपा हाम्रै पुर्पुरो माथी परेसी । जे भए पनि पानीले गर्दा नेपालले जित्यामा अविस्वासै गर्नुपर्ने छैन । किन भने हाम्रा पुराणहरुमा उल्लेख गरे अन्सार पानी पार्ने काम इन्द्र भगवानले गर्नुहुन्छ रे । हामी इन्द्र भगवानलाई पुज्छौ तर अमेरिकेहरु पुज्दैनन । भगवानले हेर्ने भन्या आफुलाई पुज्नेलाई हो त्यहि भएर पानि पर्नुको घाटा अमेरिकालाई पर्यो नाफा नेपाललाई । पानि नपरी खेल भाको भए त कसले जित्थ्यो कसले के थाहा । पानि पर्यो जित्यो यो भनाइ यहाँ नेर आएर चै चित्त बुझ्यो ।

पश्चिम सेती चाइन्न, लालटिनल्यै चल्छ

Image

असोज कात्तिकका केहि कार्टुनहरु

Image

कुकुरको पुच्छर सोझ्याउने प्रयास

Image

आन्दोलन / पेन्डुलम

Image

चेतावनी

Image