हात कहाँ राख्ने ?
सार्क सम्मेलनमा दुनियाँलाई नेपालले आफ्नो सम्पन्नता देखायो । हाम्रो बिकास, सुरक्षा र ठाँटमा कुनै कमि देखिएन । सबै भन्दा ठुलो सम्पन्नता ‘राख्ने ठाउँमा’ देखियो । बिमानस्थलको ढोकैमा पाहुनाको सम्मान राख्न उपप्रधानमन्त्रिको ब्यबस्था गरियो । त्यस्पछी उहाँहरुलाई राख्न मागेरै भए पनि बुलेटप्रुफ गाडीको ब्यबस्था गरियो र हुइक्याइयो । गाडी राख्न बसपार्क नै खाली गरेर मिलाइयो । पाहुना राख्न सुविधायुक्त होटलहरुको ब्यबस्था गरियो । ज्यान राख्न कुर्सिको सुबिधा गरियो । आफ्नै नाक राख्न रातारात भौतिक पूर्वाधार खडा गरियो । सभाहल बनाइयो । फूल फुलाइयो । र छिमेकीको अगाडी छाती फुलाइयो ।
सार्क सम्मेलनमा सबैकुरा राख्ने ठाउँको ब्यबस्था गरियो तर सर्वसाधारणलाई हात राख्ने ठाउँको ब्यबस्था भएन । प्राचिनकाल देखि हालसम्म हात राख्नको लागी गोजीको प्रयोग हुँदै आएको थियो । सार्क सम्मेलनमा सुरक्षाको कारण देखाउदै सरकारले गोजीमा हात हाल्न प्रतिबन्ध लगायो । अनि पर्यो आपत ! अब आफ्नै खल्तीमा हात हाल्न नपाइएसि कहाँ हाल्ने ? अरुको गोजीमा हात हालम् भने कुट्लान भन्ने डर ।
अब कहाँ राख्ने हात । हिड्दा लुन्द्रुङ्ग दुइतिर झुन्डेको छ । कहिले अघि लाग्याछ । कहिले पछी लाग्या छ । दायाँ हल्याछ । बाँया हल्याछ । यसरि नि चल्छ ? उफ्स, कहाँ राख्ने यी हात ?
हात यति सम्म फाल्तु र घाँडो त कहिल्यै भएको थिएन । हात झुन्डिदा झुन्डिदा पातो फतक्कै गलिसक्यो । आफ्नो गोजी खालि छ । लाग्छ - जे पर्ला गोजीमै हालिदिन्छु । आफ्नै पाइन्ट, आफ्नै गोजी, आफ्नै हात । हालिन्छ अब । थोडी पुलिस को गोजीमा हात हाल्न गाको छ र ? भनेर गोजी तर्फ हात बढायो । फेरी जुरुङ्ग हुन्छ, जब लठ्ठी र एमानको बन्दुक बोकेका सुरक्षाकर्मी देखिन्छ । हात झुन्ड्याउदै हिडिन्छ । फेरी टेन्सन आउँछ यो हात कहाँ राख्ने ?
लाग्छ, एउटा थैलो किनौं र हातलाई थैलामा हालेर हिंडम् । फेरी अर्को समस्या निस्किन्छ हात त थैलामा राखियो
। अब थैला चै कहाँ राक्ने ? हातमा राखौं भने हात उहिल्यै थैलामा राखि सकियो । “ह्याsss भएन !” भनेर थैला यहीं छोडेर हिडम् त थैलामा हात पनि छोडिन्छ । जो ज्यान मै याट्याच छ ।
अब बाटोको रेलिङ तिर हात राख्दै हिडम भने पनि “भर्खर रङ्ग्याएको रेलिङमा किन हात राख्या ?” भनेर कारवाहीमा परिएला भन्ने डर । रंग नलाएको तिर हात राखम् भने पनि कसैले सिगानको लिउन लगाइदिएको रहेछ भने बर्वात् । कहाँ राख्ने यो हात ? उखान छ -”सबै ठाउँ छाडी लुतां हात ।” अब लुतांमा नि कसरि हात राख्नु ? लुतै आएको छैन । आओस पनि कसरि ? सार्क सम्मेलन को यो बिघ्न सरसफाईले लुतै लोप भैसक्यो । बागमतिमै नुहाएर लुतो निकालम् भने पनि लुतो आउला नै भन्ने निच्चित छैन । कति हो कति पटक बागमती सफा गरिसके । के नै आउला र लुतो ? अस्तिनै कहिले हो मुख्य सचिव लिलामणि पोख्रेलले नै बागमतीमा नुहाएका हुन् क्यारे । उनलाई लुतो आएको अझै सुनिया छैन । बागमतिमा नुहाएर कहिले लुतो आउनु र हात राख्नु ? हात गलेर अहिल्यै फतक्कै जो छ ।
यो सव सरकारमा बस्ने दौरासुरुवालेहरुको उपद्रो हो । उनीहरुका दौरा सुरुवालको गोजी नै हुन्नन । आफुले खल्ती नभएर हात राख्न नपाएको झोकमा पाइन्ट लगाउने नागरिकहरुलाई समेत गोजिमा हात हाल्न बन्देज लगाउनु कहाँ सम्मको न्याय हो ? खै लोकतन्त्र ? खै गणतन्त्र ? के हेरी बस्या छ सरकार ? ह्याँ नागरिकका गोजी खालि भैरा’छ हात बेबारिसे भैराछ । हेत्तेरी ! कहाँ लगेर थन्क्याउने यो हात ?
हात ठड्यादै हिडम भने सार्कको बेलामा जुलुस निकाल्न लाग्या भन्ठान्लान । हात पसारेर हिडम भने मगन्ते ठानेर एक रूप्पे राख्देलान भन्ने डर । डडाल्नु कन्याउदै हिडम भने चिल्ला सडकमा छारो उडाएको भनेर कार्वाई होला भन्ने डर । लट्ठी टेकम भने आतंकको सृजना भो । छाता बोकम भने बिरोध प्रदर्शन भो । जता हेर्यो उतै डर । उफ्स कहाँ लगेर राख्ने यो हात ?
Comments
Post a Comment