मुलुकका लागि भ्यागुता पालन


स्ति मंगलबार कम्ता खुसि लागेन । मलेसियाको मैदानमा अमेरिकालाई ठंग्रङ्गै पारिदियो । त्यसमाथी हार्यो हार्यो भएर एक्कासी जित्दा त ज्यानमा पखेटा पलाएको जस्तो भै उडुम् उडुम् पो हुदो रहेछ । हर्षले उधुम पार्दोरहेछ ।

क्रिकेट पण्डितहरुले भने अन्सार त्यो दिनको खेलमा हाम्रा खेलाडीहरुका बलियो प्रदर्शनले मात्र होइन पानि परेर पनि नेपाली टिमको भाग्य स्पात भएको अरे । नहोस पनि कसरी स्वयम् इन्द्र भगवानको कृपा हाम्रै पुर्पुरो माथी परेसी । जे भए पनि पानीले गर्दा नेपालले जित्यामा अविस्वासै गर्नुपर्ने छैन । किन भने हाम्रा पुराणहरुमा उल्लेख गरे अन्सार पानी पार्ने काम इन्द्र भगवानले गर्नुहुन्छ रे । हामी इन्द्र भगवानलाई पुज्छौ तर अमेरिकेहरु पुज्दैनन । भगवानले हेर्ने भन्या आफुलाई पुज्नेलाई हो त्यहि भएर पानि पर्नुको घाटा अमेरिकालाई पर्यो नाफा नेपाललाई । पानि नपरी खेल भाको भए त कसले जित्थ्यो कसले के थाहा । पानि पर्यो जित्यो यो भनाइ यहाँ नेर आएर चै चित्त बुझ्यो ।



अहिले समझदा ढक्क छाति फुलेर आउछ । अस्ति पानि नपर्या भए के हुन्थ्यो होला ? हार्थ्यो ?? वा जित्थ्यो । धन्न पानि पर्न रोकिएन र जित हाम्रो तिर आयो । नत्र पखेटा हालेर अमेरिकातिर नि त जान सक्थ्यो । खेल्न त खेलाडीले खेले । तर क्यानले खेल जिताउन के गर्यो ? पानि पार्न भ्यागुताको बिहे गर्यो कि गरेन ? पानि परिरहदा अझ परोस भनेर भ्यागुताको बिहे गर्यो कि गरेन ? यदि गरेन भने पानी पारिरहे खेल जितिने त्यत्रो अवसरमा भ्यागुताको बिहे नगरी क्यान के हेरेर बस्यो ? एक जोडी भ्यागुताको बिहे समेत गराउन नसक्ने क्यानले के गर्छ भनेर पत्याउने ? पानि पर्दा पर्दै रोकिएको भए । पर्दै नपरेको भए के हुन्थ्यो होला हालत ? कत्रो जोखिम को खेल खेल्यो नेपाली टिमले ।

अब थाहा भैसकेको छ खेल केले जितिदो रहेछ भन्ने । त्यसैले अब यसैमा टेकेर नेपालले विश्वकप जित्नु पर्छ । अबका खेलमा जसरी भए नि पानि पार्नु पर्छ । त्यसले जित सुनिच्चित गर्दछ । त्यसैले अबका खेलमा पानि पार्ने हरसंभव उपाय लगाउनुपर्छ । पहिलो त खेलमा जाने बेलैमा हरहर महादेव पानि देउ देउ भन्नु पर्छ । यसो गर्दा महादेवले एकछिनमा हरर पानि बर्साइदीनु र त्यसपछी बिपक्षी टिमको जित ओत लाग्न जान्छ र हाम्रो जित चै मैदानमा आउछ । र महादेव कैलासमा व्यस्त हुँदा पानि पार्ने अनुरोध इन्द्रजीलाई गर्नुपर्ने हुन्छ । भ्यागुताको बिहे गराइदियो भने भ्यागुताले सुहागरात पानीमा मनाउन रुचाउने हुँदा उहाँले पानि पार्दिनु हुन्छ रे । यहि विश्वासमा हाम्रो मुलुकाँ पानि पार्न भ्यागुताको बिहे गरेको देखिदै आएको छ ।

पानि पार्ने यो प्रवाधीलाई अव क्रिकेटमा पनि उपयोग गरौ । खेलै बिच्छे भ्यागुताको बिहे गराउदै, पानि पार्दै नेपालको जित सुनिश्चित गरायौ ।
त्यसका लागी ठाउँ ठाउँमा भ्यागुता पालन गरि आवस्यक ब्यागुता उत्पादन गरौँ र खेलै बिच्छे बिहे हराई मुलुकको नाम उच्च गराऔ । 
(यो ब्लग केहि साता अघिको हो पोष्टिन त्यतिकै भएर आज पोष्टिएको छ | आसा छ त्यहि बेलासँग मिलाएर पढ्नुभो होला ) 

Comments

Popular posts from this blog

'सरी ! योर ट्रान्जेक्सन ह्याज विन टर्मिनेटेड !'

रुम नम्बर ट्वान्टी फाइभ