अब हामी संबिधान बनाम् :)
गोकर्ण जाम् । कुखुराको सपेटा खाम् । लाम्नेहरुले टुच्च लाम् । यता जाम् । उता जाम् । खानु पर्ने खाम् । लाउनु पर्ने लाम् । अब जसरि हुन्छ संबिधान बनाम् । पाखुरा सुर्किम् । भ्याए सम्म अर्को लाईखुर्किम् । अर्कोको खुर्क्याईमा आफु फुर्किम् । जसरी हुन्छ संबिधान बनाम् ।
लम्मेतान समस्याको लठ्ठा यहि घुसाम् । जाने जति उखान टुक्का यहीं मिसाउँ । चार तिन दुइ एक आधा सम्मको कुरा झिकौ । बिकेका नबिकेका नयाँ पुराना जोक्स, ठट्टा र उट्पट्याईहरु यहीं मिसाई ठुलो ठेली बनाउँ त्यसैलाई गातामा संबिधान नाम दिउँ । त्यसैलाई आठको सुभ साइमा रिलिज गरौ जनतालाई उपहार दिम् । पढ़याछ हाँस्या छ, पढ्या छ हाँस्या छ । जनताको मुहारमा हाँसो ल्याऔ । जसरि हुन्छ संबिधान बनाउँ ।
एक हातमा आन्दोलन अर्को हातमा सहमती, एक हात मिलाउन अर्कोहात ठटाउन उझाउँ । एक हातमा मल्हम देखाई अर्को हातले लाठी सोझ्याउ । जिल्ला भन्दा बढि दल जुटाउम् । सौ डेड सौ मान्छे जुटे भासन ठोलिहालम् । फुरुक्क परम् बुर्लुक्क उफ्रिम् । आफ्नै साइज बिर्सिम् । राज्य चलाउने पालो र अधिकार अब आफ्नै भएको घोषणा गरम् । वरिपरिका मान्छेलाई मंत्री र आफुलाई प्रधानमन्त्री घोषणा गरम् । त्यहि मनचिन्ते खुसीमा मख्ख परौ । जग हँसाउम् । जग हास्दै गर्छ । आफु यसैगरी संबिधान बनाइरहौ । जसरि हुन्छ संबिधान बनाम् ।
नयाँ शक्तिको टुक्का जोडम् । सहमती गर्ने भन्दै हुक्का जोडम । आफुले भनेजस्तो कुरा आए ताली छोडम् । न आए अपान बायु छोमम् । के बिघ्न पेट काटेको भन्दै सौचालय तिर कुदम् । त्यसपछी नफर्किम् । नमिल्ने बैठकमा किन बस्नु ? बैठक बसेर संबिधान बन्ने होइन । बने नि अरुको जस्तो किन बनाउने । सम्बाद समिति हो बिबादका कुरा किन छिर्ने दिने ? बरु हिड्ने । संबिधान बनाउने । जसरि हुन्छ संबिधान बनाउने ।
बिस्तारै गए पुगिन्छ रे । छिटो गरे कुन्नि त भन्छन । फेरी संबिधान निर्माणमा बुर्कुसी मार्दा कुद्ने धुनमा माघ -९ पुगे के होला ? बितेको समय फर्किन्न भन्छन । नौ मा पुगे त बर्वादै भयो नि । के बित्दो छ र ? कुर्सीमा जो आराम छ त्यो अन्त कहाँ छ ? नयाँ विवाद सोचम् नमिल्दो कुरा संग्रह गरम् । अहिले के बित्दो छ र ? परिवर्तन बुच्याईदिम ! दवाव आए फेरी छेडम्ला नआए ढुक्कै भो । बिस्तारै लेखम् मेटम अनि फेरी लेखम् । आखिर जसरी हुन्छ संबिधान लेखम् ।
Comments
Post a Comment