शासकीय स्वरूप ।

"शासकीय स्वरूप कस्तो बनाउने ?"

ओलीजीले भन्नुभो ।
"दुइ दल बसेर निर्क्योल गरम् ।"

"त्यो त सोच्नै परेन नि"
सुशीलदाले भन्नु भो ।
"उल्लाई नै उ गर्दीम् ।"

"तर एमाले सोच्छ, गिदी भएसी सोच्नु पर्छ ।"
ओलीजीले भन्नुभो ।
"उल्लाई उ गरेसी कस्तो हुन्छ ? स्पस्ठ पारौ त ।"

"पहिलेको जस्तै ।"
सुशीलडाले भन्नु भो ।
"फनक्कै घुमेको !"


"तोइट ! त्यस्तो नि स्वरूप हुन्छ ?"
ओलीजीले भन्नु भो ।
"त्यो त कुरूप हो । कुकुरको पुच्छर जस्तो ।"

"यस्तो नभए कस्तो त ?"
शुसिलदाले भन्नु भो ।
"फनक्क घुमेको । हल्लिरहने । पंखा जस्तै ।"

"त्यहि घुमेकोले मन परेंन ।"
ओलीजीले भन्नुभो ।
"शासकीय स्वरूप कम्तिमा नि सिधा हुनुपर्छ ।"

"त्यसो भए यसो गरम ।"
शुसीलदाले भन्नु भो
"पुच्छरमा ढुङ्ग्रो हालेर सिधा बनाम् र यसैलाई प्रयोग गरम् ।"

"वाह ! क्या काइदा !"
ओलीजीले भन्नुभो ।
"हो त्यसै गरम् ।"

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ