बाबुरामलाई रुन देउ ।
हा मी केटाकेटीमा सोच्थेम् - राजाले नि पाध्छन् होला ? यदि त्यो बेलाँ राजाले पाधिहालेको भए (पाधेको खबर हामीसम्म आएको भए) के उल्का हुन्थ्यो होला ? कि त हाम्रो त्यो बेलाको राजा उल्काका मान्छे हुन् भन्ने हाम्रो सोचै भताभुंग हुन्थ्यो । “धत् ! राजाले नि पाधेछन । यस्तो पधुवा पनि राजा हुन्छन ? राजाले नि यसरी पाध्न हुन्छ ?” वा “ बाब्बा ! राजाले पाध्दा आवाज कत्रो आयो होला ? गन्ध कति किलोमिटर फैलियो होला । त्यसको प्रभावले कति जना फेन्ट भए होलान ? हाम्रो स्कुल कति दिन बिदा होला ?” आदि इत्यादी । केटाकेटी सोच न हो । पछी राजाले लगायत सवै मान्छेले पाध्छन भन्ने थाहा पाउँदा हामी हुर्कीसक्या थिएम् । मनमा त्यस्ता तर्क बितर्क उब्जेन । न त “धत् ! राजाले नि पाध्न हुन्छ ?” भनेर बिरोध जनायौं । न त गणतन्त्रको आन्दोलनमा "राजाले पाध्न पाइदैन, पधुवा राजा चाइदैन !" भनेर नारा लाग्यो । जे भए नि राजा र अरु मान्छेमा एउटा समानता छ - पधाई । लाखौ असमानता बीच पनि मान्छेमा मान्छेको गुणमा समानता पाइन्छ । उ बेलामा हामी केटाकेटीहरु “राजाले नि पाध्छन् होला ?” भनेर अचम्म मानेज