राजधानीलाई राजधानीकै स्थितीमा फर्काइदिम्


              सार्क आयो गयो सक्कियो । केहि हप्ता राजधानी सार्कको स्थितीमा थियो । बर्षौ देखी राजधानीको मौलिक स्थितिमा रमिरहेका हामीलाई एक दुइ साता सार्कको स्थिती झेल्नुपर्दा कम्ता गाह्रो भएन । पहिलो कुरो त दिनहुँ हावासँगै धुलो खान बानि परेका हामिलाई बढारिएको सडकमा हिड्नु पर्दा कम्ता गाह्रो भएन । हावामा पर्याप्त मात्रामा धुलाको कणहरु नहुँदा निसासिएर मरुँला जस्तो भयो । धुवाँ धुलो नमिसिएको हावा खाँदा त नुन नहाल्या लौकाको तरकारी जस्तो हुँदो रहेछ । फोक्सोमा त्यसै त्यसै खल्लो भएर आउँदो रह्रेछ ।
शहरभरि फोहोरै फोहरका डङ्गुर हुन्थें । फोहोरका मगमगाउदा दुर्गन्धहरुले नर्किय आनन्द प्रदान गर्थ्यो । अचेल फोहोरहरु सिनित्तै उठ्न थालेपछी आनन्दको अभाव हुन  थालेको छ । गन्धको कुरा छाडौ, बरु गमलामा ठाउँ ठाउँ रोपिएका फूलका कारण उल्टै सुगन्ध पो आइरहेछ त । बर्षौदेखि मगमगाउदो दुर्गन्धमा रम्ने बानि परेसी कहिलेकाहीं बुङ्ग सुगन्ध आउँदा मात्र पनि पेट हुँडलिएर आउँदोरहेछ । सुगन्ध खप्न नसकेर वाकवाकी लागेर आउँदोरहेछ । यसरी सहरमा एक्कासी दुर्गन्ध घटेपछि र सुगन्ध बढेपछी जनजीवन साच्चै नै कस्टकर बन्दोरहेछ ।

पहिले सडकमा कति खाल्डाखुल्टी हुन्थे । यात्रामा सिटमा थेचारिएर नि:सुल्क मालिस हुन्थ्यो । पिलो आउँदा उपचार गराइरहन पर्दैनथियो । सडकको एक यात्रै काफी थियो । घन्टौं जाम हुँदा व्यस्ततामा पनि आराम गर्ने पर्याप्त समय मिल्थ्यो । अचेल खाल्टाखुल्टी सम्याएर केहि छैन । सडक यात्रा पनि सल्ल बगेको जस्तो हुने रिंगाटै लाग्ने । फुटपाथ पनि त्यस्तै सफा र चिटिक्क । जताततै चिटिक्क पर्या भएसी त वाक्कै लाग्दो रहेछ । जता हेरे नि उस्तै । दिक्कै लाग्दो ।
उराठिलो बाताबरणमा जिउने बानि जो पर्या छ । अलि अलि मात्र हरियाली देखियो भनेपनि के नमिल्या के नमिल्या जस्तो लाग्ने रहेछ । बल्ने नै सडक बत्ति देख्दा मन राख्ने ठाउँ नै हुँदोरहेनछ । शहरको यो दुरावस्ता देख्दा मन त्यसै त्यसै भकानिएर आउँदो रहेछ ।
यो सारा दुरावस्था र निराशा बीच पनि हामी नागरिकले हरेस खाएका छैनम् । राजधानीलेले आफ्नो स्वरूप बदले पनि हामीले हाम्रो बाँदरे स्वरुपलाई बदलेका छैनम् । सबैभन्दा सन्तोष यहीं छ । राजधानीलाई फेरी राजधानीकै मौलिक स्वरूपमा ढाल्नको लागी कर्मठ नगरवासीहरु स्वतस्फुर्त रुपमा खटिएका छन् । बाटो काट्ने बहानामा दुबामा उफ्रिने र फुलवारीमा दगुर्ने कार्य सुरु भैसकेको छ । कार्य जनस्तरबाट स्वतस्फुर्त रुपमा भए पनि यसमा सरकारको भूमिकालाई पनि नजरअन्दाज गर्न सकिन्न । काठमाडौलाई मौलिक रुपमा ढाल्ने जन अभियानलाई सहयोग पुर्याउनकै निम्ति सरकारले ठाउँठाउँमा जेब्रा क्रसिंग, आकाशे पूल बनाएको छैन । जनस्तरबाट भैरहेको यस्ता कार्यलाई सहयोग पुर्याउनकै निम्ति काठमाडौ पुरानै स्थितिमा नफर्के सम्म जेब्रा क्रसिंग निर्माण गर्ने छैन ।
अब बिद्यार्थी साथीहरुले आन्दोलन गरम् । रेलिंग र डिभाइडर भत्काम् । पुलिससँग हानाहान खेली गमला फुटाम् । पिपिपिको नीति जो छ, यस अभियानमा निजि क्षेत्र पनि संलग्न होउम् । सडक फेस्टिभल गरम् । नवनिर्मित फुलवारी हरियाली र दुवे चौरमा नाचम् नचाअम् । दलहरुले पोस्टर र नाराले भित्तो रङ्ग्याइदिम् ।   राजधानीलाई राजधानीकै स्थितीमा फर्काइदिम् ।
(भाषा असुद्द लागे सुद्द बनाएर पढ्नुहोला )

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ