दु इ दल, तिन दल, चार दल, सरकारी गठबन्धन, बिपक्षी मोर्चा, सहमती, छलफल, बिबाद जस्ता पटकपटक दोहोरिरहने एउटै कुराले वाक्क भैरहदा एउटा कुराले बडो रमाइलो दिइराछ । हुन त यो पनि नौलो हैन दोहोरिएकै कुरा हो तै पनि माघ -८ पछी ओली कामरेड प्रधानमन्त्री हुने कुरा बडा टेस परिरहेछ । होलान नहोलान बेग्लै कुरा । माघ -८ मा सम्बिधानै त आउछ भन्दै छन् भने । ओली प्रधानमन्त्री भएर आउनु के नै ठुलो कुरा होला र ? यदि आए भने कस्तो होला उनको सरकार ? पहिलो कुरो त ओली प्रधानमन्त्री भएर आए भने सपथ कसका नाममा खालान ? पहिले पहिलेका प्रधानमन्त्रीहरु ईश्वरका नाममा सपथ खान्थे । पछी गणतन्त्र आएपछिका प्रधानमन्त्रीहरु जनताका नाममा पनि सपथ खान थाले । सपथ भन्ने आफ्नो आस्था जे मा छ त्यसैमा खाने हो रे । आफुले जसलाई सबैभन्दा ठुलो देखेको छ उसैसँग खाने हो रे । यस हिसाबले ओली कामरेडले पक्कै पनि गाइजात्राको नाममा सपथ खानेछन । गाइजात्रा ठट्टाबाजहरुको आस्था हो । यसै समय देखि गाइजात्रालाई दशैँ भन्दा ठुलो धुमधामले मनाइनेछ । उनको सरकार आएसी मुलुकको शान्ती सुरक्षाको स्थिती एकदमै मजबुद हुनेछ । उनको शासनमा कोही