यसपाली नि नारायणकाजी रोए भने ?
डरको कारण तिनले संबिधान निर्माणमा भाँजो हाल्लान उपद्रव मच्चाउलान भन्ने पनि होइन । बरु डर तिनी रोइदेलान कि भन्ने हो । संबिधान बन्ने समयमा तिनको रुवाइ बडो घातक मानिन्छ । श्रेष्ठजीको अश्रुपात भनेको संबिधान निर्माणमा बज्रपात सरह हो । तिनको अश्रुपातले संबिधान तोकिएको समयमा नबन्ने मात्र होइन । संबिधानसभाकै रक्तपात निम्तिन्छ भन्ने कुरा अघिकै घटनाले देखाइसकेको थियो । कुरा अघिल्लो संबिधानसभाको हो । संबिधान बन्ने जेष्ठ १४ मा जेष्ठ १३ उनि रोइदिए । उनको रुवाईले दुनियाँ चकित भयो । दुनियाँ चकित हुनुको झड्काले संबिधान सभालाई हार्टयाट्याक भएछ । संबिधानसभाको भोलिपल्टै अवसान ।
भन्नु होला पहिलो संबिधानसभाको त संबिधान बनाउन नसकेर अवसान भाको । नारायणकाजी रोएर हो त ? संबिधान नबन्न त अघिल्ला २-३ पटक म्याद सकिदा नि सकिएको थिएन नि । त्यो बेलाँ किन बिघटन भएन त ? कुरो त्यहि हो अरु बेलामा नारायणकाजी रोएका थिएनन । त्यो बेलामा रोइदिए, विघटित भो । त्यसैले नारायणकाजीको रुवाई संबिधानसभाको लागी हानिकारक छ । उनलाई यसपाली रुन नदिऔ । उनि रुँदा बर्बाद छ । रोए भने न त संबिधान भन्छ न त संबिधान सभा नै रहन्छ ।
त्यसैले मुलुकलाई फाइदा गराउनुछ भने उनलाई आजै देखि रमाइला चुटकिला सुनाम् । उनलाई बिरक्तिन नदिम् । सकेसम्म हँसाऔ । प्रचण्डले किन हावादारी भाषण ठोक्दै हिड्छन थाहा छ ? त्यत्रो नेतालाई बतासे र दुइजिब्रे कुरा गर्नुहुन्न भन्ने थाहा छैन होला र ? यसले आफ्नै व्यक्तित्व घटाउछ भन्ने थाहा छैन होला र ? थाहा छ । तै पनि हावादारी भाषण गर्दै हिड्छन । किन कि उनि जस्ता नेतालाई आफ्नो व्यक्तित्व भन्दा मुलुक ठुलो कुरो हो । केहि गरी नारायणकाजी रोइदिएर फेरी संबिधानसभा बिघटन भो भने मुलुकको हाल के हुन्छ ? त्यसैले उनको हावादारिता मुलुकको लागी हो कमसेकम नारायणकाजी हाँसुन नरोउन भनेर हो ।
ओलीजीले उखानटुक्का हालेका, उटटाप कुरा गरेका जिस्केर हुन् र ? त्यस्ता जिम्मेबार नेता जिस्केर बस्लान त । त्यो सव मुलुकका लागी हो । संबिधानसभाका लागी हो । ताकी आफ्नो कुरा सुनेर नारायणकाजी हाँसुन । नरोउन र संबिधानसभा बिघटन हुनबाट रोकियोस् ।
मुलुक अहिले संबिधान निर्माणको निर्णायक घडीमा छ । त्यसैले नारायणकाजीहरुलाई रुन नदिम् । नक्कली आँसु मुलुकको लागी हानिकारक छ ।
Comments
Post a Comment