कस्तो होला ओलीको सरकार ?

दुइ दल, तिन दल, चार दल, सरकारी गठबन्धन, बिपक्षी मोर्चा, सहमती, छलफल, बिबाद जस्ता पटकपटक दोहोरिरहने एउटै कुराले वाक्क भैरहदा एउटा कुराले बडो रमाइलो दिइराछ । हुन त यो पनि नौलो हैन दोहोरिएकै कुरा हो तै पनि माघ -८ पछी ओली कामरेड प्रधानमन्त्री हुने कुरा बडा टेस परिरहेछ । होलान नहोलान बेग्लै कुरा । माघ -८ मा सम्बिधानै त आउछ भन्दै छन् भने । ओली प्रधानमन्त्री भएर आउनु के नै ठुलो कुरा होला र ? यदि आए भने कस्तो होला उनको सरकार ?


पहिलो कुरो त ओली प्रधानमन्त्री भएर आए भने सपथ कसका नाममा खालान ? पहिले पहिलेका प्रधानमन्त्रीहरु ईश्वरका नाममा सपथ खान्थे । पछी गणतन्त्र आएपछिका प्रधानमन्त्रीहरु जनताका नाममा पनि सपथ खान थाले । सपथ भन्ने आफ्नो आस्था जे मा छ त्यसैमा खाने हो रे । आफुले जसलाई सबैभन्दा ठुलो देखेको छ उसैसँग खाने हो रे । यस हिसाबले ओली कामरेडले पक्कै पनि गाइजात्राको नाममा सपथ खानेछन । गाइजात्रा ठट्टाबाजहरुको आस्था हो । यसै समय देखि गाइजात्रालाई दशैँ भन्दा ठुलो धुमधामले मनाइनेछ ।

उनको सरकार आएसी मुलुकको शान्ती सुरक्षाको स्थिती एकदमै मजबुद हुनेछ । उनको शासनमा कोही पनि नागरिकले असुरक्षा महसुस गर्नुपर्ने छैन । किन कि मुलुकका सबै नामुद डनहरु मन्त्री बन्नेछन । टोले दादाहरु सरकारी अंगमै समावेश हुनेछन । समाजमा त्रास फैलाउने मान्छेको अभाव हुन्छ । जनताले पहिलो पटक शान्ती र अमनचयनको महसुस गर्न पाउने छन ।

उनको कार्यकालमा जोक तथा उखान टुक्का एकेडेमी बन्ने छ । एक से एक उटटापहरु त्यसका प्राज्ञ बन्नेछन । बोलीचालीमा उखान टुक्का मिसाउन अनिवार्य गरिनेछ । बिद्यालय शिक्षामा गाली तथा घोचपेच बिषयको पाठ्यक्रम बनाइने छ र अनिवार्य रुपमा लागु गरिने छ । बाँदरलाई राष्ट्रिय जनावर घोषणा गरिने छ ।


तत्पश्च्यात पनि सहमतीमै जोड दिइने छ । बार्तामा बस्दा प्रचण्डलाइ कमिलाले टोक्ने र बुर्लुक्क उफ्रने हुँदा यसो हुन् नदिन राजनीतिक सहमतिका लागी कमिला उन्मुलन अभियान संचालन गरिने छ । ताकि बार्ता भैराख्या बेलामा उनि लगायत कोही पनि बुर्लुक्क उफ्रेर नहिडुन । झोलामा हात्ती अटाउने प्रविधिको बिकाश गरिनेछ ।  जसले गर्दा आन्दोलनकारीले झोला देउ भन्दा झोला नै दिन सकियोस ।  हात्ती माग्दा हात्ती नै दिन सकियोस ।  त्यो झोलामा हात्ती हालेर दे भन्दा पनि सकियोस् । 

 सम्पूर्ण कर्मचारीलाई उटपट्याङ्ग कुरा गर्ने तालिम दिइने छ, ताकि जनतालाई मुस्कान सहितको मात्र होइन खित्का सहितको सेवा दिन सकियोस् ।

Comments

Popular posts from this blog

'सरी ! योर ट्रान्जेक्सन ह्याज विन टर्मिनेटेड !'

रुम नम्बर ट्वान्टी फाइभ