सहमतीको देउवा फर्मुला

मुलुकमा दुइ दुइ फेरा संबिधानसभा निर्वाचन भयो । अर्बौ अर्ब खर्च भयो । दलहरु बीच कत्रा मुङ्ग्री भयो । सरकारको बन्ने र भत्किने क्रममा मुलुकले छ वटा सरकार फटायो । कति बन्द भए, हड्ताल भए । कत्रा लाठीचार्ज भए । कत्रा कुटाकुट भए । कतिका नलिखुट्टा भाँचिए । अघिल्लो संबिधानको त म्यादै मात्र कति थपियो । कति पल्ट नागरिक सर्बोच्चता हरायो । कतिपल्ट फेरी फेला पर्यो । कति पटक बहुमत र प्रक्रिया भन्दै कुदियो । कतिपल्ट सहमती गर्न भन्दै भिडियो । सहमतीको नाममा बार्ता गर्न बस्दा बस्दा सारा नेताका फिलामा ठेला उठ्यो । घन्टौ पलेटी कस्दा खुट्टा निदाएर अघि सम्म कुटुँला झैँ गरि विवाद गरेको एक नेताले अर्को नेतासँग "नेताजी खै खै मेरो खुट्टामा चिमोटीदिनोस त !" भनेर भन्नु पर्यो ।

सहमती बनाउन पाखुरा सुर्कीँदा कतिका भर्खरै किनेको कोटको बाहुलै झिरिप भो । अर्कोलाई लोपर्दा लोपर्दा कोही नेताजीका हातमा इन्फेक्सन भएर थाईलेन्ड, सिंगापुर तथा अम्रिका सम्म गएर उपचार गर्नु पर्यो । र अहिले सम्म ब्यान्डेज बाँधेर हिड्नुपरिराछ । कतिले संबिधान बन्न नसकेकोमा बिरक्तिएर चुरोट खाँदा खाँदा केन्सर भएर अमेरिका गएर करोडौ खर्चिएर उपचार गराउनु पर्यो । संबिधान बनाउने नै मेसोमा प्रधानमन्त्री हुनुपर्दा लाख पर्ने पलंग र नरम ओछ्यानमा कस्टकर रातहरु बिताउनु पर्यो । र त्यसैको असरस्वरूप स्वास्थ्य खराब भै अहिले भात समेत पच्न छोडेर ढिंडो खाएर बस्नुपरिरहेछ । कोहीलाई संबिधान बनाउनुकै बाध्यताले दुइ दुइ ठाँम हार्दा हार्दै पनि प्रधानमन्त्री बनिदिनु पर्यो । राजिनामा दिईसक्दा पनि महिनौ कुर्सीमै थच्चिन पर्यो ।


कोही हिरोबाट जिरो भए । कोही जिरोबाट हिरो भए कोही हिरोबाट किरो भए तर संबिधान बनेन ।  नबनेकै निहुँमा कति नेताले थप्पड खाए तर संबिधान बनेन । किनकि कसैलाई संबिधान कसरी बन्छ भन्ने ज्ञानै भएन र कसैले ठोस आइडिया नै निकाल्न सकेनन् । देश अनिर्णयको बन्दी को बन्दि नै । समयले नेता फटाउदै गयो संबिधान बनेन ।

अन्तमा शेर बहादुर देउवा बुद्दी निकाले - अन्तरिम संबिधानको अन्तरिम हटाएर संबिधान जारि गरौ । वाह ! यो हो नि त काइदा । संबिधान बनाउन यति सजिलो रहेछ बेकारमा दुइ दुइ वटा संबिधान सभा भयो । आखिर बुद्दी नै ठुलो कुरो रहेछ । त्यो बुद्दी कहाँ गएको थियो होला यात्रा ५-६ बर्ष सम्म । जाबो एउटा शब्द झिकिदिए पुग्ने रहेछ । अब एक मिनेटमा हुने कामलाई यत्रो वर्ष लाग्यो । पैसै खर्च नहुने काममा अर्बौ अर्ब खर्च भयो । बुद्दी समयमा न आएसी के लाग्यो ? अब ट्याक्क अन्तरिम हटाएर संबिधान जारी गर्दीम त्यतिलाई ८ माघ नि किन कुर्नु ? १ मै जारी गर्दीए नि भैहाल्यो । सहमतीको दुख भएन । त्यसपछी बन्ने सरकारमा नि त्यहि फर्मुला लगाम । देउवाजी कै नाम अगाडी पुर्व प्रधानमन्त्रीको पुर्व हटाउँ । प्रधानमन्त्री बनाउ । कि कसो ?


Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ