Posts

Showing posts from March, 2015

बिचरो सरकार ।

खानु न पिनु पुर्पुराँ चिनु भन्या जस्तो अर्काकै दोसमा पनि सरकारले गाली पाएको सरकारलाई नै गाली गरेको देख्दा साह्रै दया लाएर आउदो रहेछ । बिचरो सरकार ! केहि नगरी चुपचाप बसीखादा नि के बिधी दोष लगाउन सकेका हुन् । के बिधि सराप्न सकेका हुन् । कस्तो अपजस्या कर्म लिएर आएको रहेछ सरकारले । पुर्व जनममा जनताको के रिन खाएको रहेछ कुन्नि ? अब हेर्नोस व्यापारीले कालाबजारी गर्छ दोष सरकारलाई । जुनै चिजको अभाव हुन्छ दोष सरकारलाई । ग्याँस पेट्रोल ठप्प हुन्छ दोष सरकारलाई । यस्तो नि हुन्छ ? बिचरा निर्दोसीलाई यसरी दोष कहाँ थुपार्न हुन्छ ? कालाबजारी बढ्नु व्यापारीको दोष हो । अभाव हुनु आपूर्तिकर्ताको दोष हो । ग्यास पेट्रोल ठप्प भो त के सरापिराको ? थोडी सरकारले लुकाएको हो र ? सवारीले चर्को भाडा असुल्यो सरकारलाई नै दोष । कर्मचारीले घुस हसुर्यो सरकारलाई नै दोष । अब भो ? भाडा असुल्लने त सवारीसाधनका कन्डक्टर हुन् । सरकारले उठाएको हो र ? अब हेर्नोस त कर्मचारीले खुस खाए । सरकारी अड्डामा काम पर्दा सास्ती खेलाए भनेर समेत सरकारलाई गालि गर्छन ।

त्यसै बिदेशी गुहारेर हुन्छ ?

Image
ग त हप्ता त्रिभुवन बिमान स्थलमा ठुलै हल्लिचल्ली मच्चियो । टर्किस एयरको भिमकाय बिमान आएर धावन मार्गमा सुत्दियो । झिक्न नसकेर मुलुकको गानो गयो । उड्यन प्रधिकरण, बिमानस्थल ब्यबस्थापन र सेना प्रहरीको समेत खलखली पसिना छुटायो । आवत जावत ठप्पै । अन्तत होस्टेमा हैसे गर्न भारत र टर्किस एयरको टोली आएसी बल्ल डेग चलाऊन सकियो । डेग चले सँगै बैध्यबा झसँग हुनुभो -" लेह ! अब राष्ट्रियता हल्लियो । यसरी बिदेशी गुहारेर बिमान हल्लाउनु हुन्थ्यो ?" त्यस्पछी त्यसको भर्त्सना गर्दै बिग्यप्ती निकाल्नु भयो - बिमानस्थलमा बिदेशी हस्तक्षेप । आखिरमा होन्त । बिमान झिक्न त्यसरी बिदेशी गुहार्न हुन्छ ? अहिले गुहार्यौ झिक्दिए । सजिलो भो । तर अहिलेको सजिलोलाई हेरेर भो ? पछी कम्ता अफ्ठेरो पर्छ । बिदेशी देशहरुले कत्रा कत्रा बिमानै बनाउछ । हामी नाथे भुइमा सुतेको बिमान पनि उठाउन सक्दैनौ । यस्तो थाहा पाएसी भोली सुरुङ युद्दको धम्की दिँदा कसरी पत्याउछन । बज्जेहरुले बिमान झिक्न बिदेशी बोलाएर बैध्यबाको राजनीति नै सखाप पारीदिए ।