त्यसै बिदेशी गुहारेर हुन्छ ?
डेग चले सँगै बैध्यबा झसँग हुनुभो -" लेह ! अब राष्ट्रियता हल्लियो । यसरी बिदेशी गुहारेर बिमान हल्लाउनु हुन्थ्यो ?" त्यस्पछी त्यसको भर्त्सना गर्दै बिग्यप्ती निकाल्नु भयो - बिमानस्थलमा बिदेशी हस्तक्षेप । आखिरमा होन्त । बिमान झिक्न त्यसरी बिदेशी गुहार्न हुन्छ ? अहिले गुहार्यौ झिक्दिए । सजिलो भो । तर अहिलेको सजिलोलाई हेरेर भो ? पछी कम्ता अफ्ठेरो पर्छ । बिदेशी देशहरुले कत्रा कत्रा बिमानै बनाउछ । हामी नाथे भुइमा सुतेको बिमान पनि उठाउन सक्दैनौ । यस्तो थाहा पाएसी भोली सुरुङ युद्दको धम्की दिँदा कसरी पत्याउछन । बज्जेहरुले बिमान झिक्न बिदेशी बोलाएर बैध्यबाको राजनीति नै सखाप पारीदिए ।
यो त बैध्यबालाई पर्ने असर भयो । अब मुलुकलाई नि कम्ता असर पर्छ ? नेपालले सुत्या बिमान उठाउन सक्दैन भन्ने दुनियाँले देखे । भोली कुनै देशलाई नेपाल सँग रिस उठ्ला रे । दुई चार वटा बिमान ल्याएर सुताइदिए भने सकिएन ? जाबो एउटा बिमान सुत्दा यत्रो गोता खाइयो । ४-५ वटै ल्याएर सुताइदिए भने के हुन्छ हाम्रो गती ? अब अहिले त बिदेशी गुहार्दा आएर झिकिदिए । पछी 'लाइरछ' भनेर आएनन भने ? त्यसैले यस्ता सुतेको बिमानलाई त बल र बुद्दी लगाएर आँफै पो झिक्नु पर्छ त । प्रयत्न नै गरेनौ हामीले गर्या भए सकिन्थ्यो । तर कसैले न त बैध्यबालाई सोधे न त न त आँफैँ बुद्दी लगाए ।
बिमान जो सुतेको थियो । अलार्म बजाइदिए भए उठिहाल्थ्यो नि । अलार्मले बिमान नै बनाउने मान्छे त उठाउथ्यो भने जाबो बिमान किन नउठ्ला र ? बिमानस्थलमै लोकदोहोरी गाउन सकिन्थ्यो हरिकिर्तन लगाउन सकिन्थ्यो । हल्लिखल्ली भइसकेसी कसरी सुतिरहन सक्थ्यो त्यो ? यसमा पर्टिहरुलाई परिचालन गर्न सकिन्थ्यो पार्टिहरुले त्यतिका भुसतिघ्रे ड्न भित्र्याएका छन छ तिनलाई एक लट यहाँँ नसुत भन्न लाएको भए खुरुक्क उठेर हिडिहाल्थ्यो नि । नहिँडे टिपेर फाल्दिन्थे । एमाओबादी मोर्चाले बिमान उठेर नहिँडे बार्तामै बस्दैनम भनेर अड्डी लिएको भए । संबिधान नबन्या अवगाल आफुलाई पर्ने डरले आँफै उठेर हिड्थ्यो कि ? नजिकै ल्याएर खुर्सानी धुँवाइदिएको भए खुर्सानीको खारले के टिक्न सक्थ्यो होला र बिमान ? अझ त्यही खुर्सानी पिसेर पुच्छार मुनी दलिदिएको भए पिराले पोलेर बुर्लुक्क उफ्रिहाल्थ्यो नि बिमान । काउसो ल्याएर बिमानको बडी (शरिर) भरी दलिदिएको भए बुटुटु कुदिहाल्थ्यो नि । क्यै नलागे बिमानस्थल सारेको भए नि हुन्थ्यो । कोइ त्यहाँ नभएसी च्याँउतो लाग्थ्यो । बिमान आँफै उडेर हिड्थ्यो । बुद्दी सुद्दी लगाउनु छैन । त्यसै बिदेशी गुहारेर हुन्छ ?
Comments
Post a Comment