बिचरो सरकार ।

खानु न पिनु पुर्पुराँ चिनु भन्या जस्तो अर्काकै दोसमा पनि सरकारले गाली पाएको सरकारलाई नै गाली गरेको देख्दा साह्रै दया लाएर आउदो रहेछ । बिचरो सरकार ! केहि नगरी चुपचाप बसीखादा नि के बिधी दोष लगाउन सकेका हुन् । के बिधि सराप्न सकेका हुन् । कस्तो अपजस्या कर्म लिएर आएको रहेछ सरकारले । पुर्व जनममा जनताको के रिन खाएको रहेछ कुन्नि ?



अब हेर्नोस व्यापारीले कालाबजारी गर्छ दोष सरकारलाई । जुनै चिजको अभाव हुन्छ दोष सरकारलाई । ग्याँस पेट्रोल ठप्प हुन्छ दोष सरकारलाई । यस्तो नि हुन्छ ? बिचरा निर्दोसीलाई यसरी दोष कहाँ थुपार्न हुन्छ ? कालाबजारी बढ्नु व्यापारीको दोष हो । अभाव हुनु आपूर्तिकर्ताको दोष हो । ग्यास पेट्रोल ठप्प भो त के सरापिराको ? थोडी सरकारले लुकाएको हो र ?


सवारीले चर्को भाडा असुल्यो सरकारलाई नै दोष । कर्मचारीले घुस हसुर्यो सरकारलाई नै दोष । अब भो ? भाडा असुल्लने त सवारीसाधनका कन्डक्टर हुन् । सरकारले उठाएको हो र ? अब हेर्नोस त कर्मचारीले खुस खाए । सरकारी अड्डामा काम पर्दा सास्ती खेलाए भनेर समेत सरकारलाई गालि गर्छन ।
सरकारी अड्डाका अड्डेहरु सरकारी जागिर खाएका जनता त हुन् नि । जनताले नै गरेका उपद्रोमा पनि सरकारको गाली गरेर रुनु न हास्नु पार्छन । कहाँसम्मका छन् जनताहरु आफ्नै उपद्रोमा पनि सरकार लाइ गालि ।

अब अस्तिनै बालिकाहरुमाथी एसिड फ्याकेर युवक भाग्यो । एसिड फ्याक्ने अपराधी भागिहाल्यो । गाली पायो सरकारले । बिचरो सरकारले के गरोस । समात्न प्रहरी खटायो । अब अपराधी नै फेला परेन त के गरोस सरकारले ? अपराधीले पुलिसको जस्तै बर्दी लगाएको हुन्नन् कसरि चिन्नु । हेर्दा सवै मानछे जस्ता । कसरी चिन्नु । बरु अपराधीले पो पुलिस चिनेका हुन्छन । अपराधी हुँ भन्दै पुलिस अगाडी आउनु अनि किन समात्दैन पुलिसले ? अपराधीले नै असहयोग गर्छ त सरकारको के दोस् ? अपराधी नै गैर जिम्मेबार छ त सरकारलाई गैर जिम्मेबार भन्नु हुन्छ ? घटनास्थलमा पुलिस हुन्नन् । त्यसैले पुलिसले अपराधी देख्दैनन । पिडितले त देखेका हुन्छन । देखेसी त समातेर बुझाइदिनु नि । कारवाही गरिहाल्छ नि । सरकारलाइ सहयोगै गर्दैनन् । उल्टै गालि गर्छन । पिडित नै असहयोग गर्छन त कसरि कारवाही गरोस त सरकारले ? सरकारले त के गरेको छैन र ? प्रहरी लगाएर अपराधी समातेर अपराधीलाई केरकार गर्न नसके नि पिडितलाइ त केरकार गरेकै छ नि । होइन ?

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ