Posts

Showing posts from June, 2015

बिज्ञापन

Image
भर्ना खुल्यो ! भर्ना खुल्यो !! नेपाल सरकारबाट हरियो स्टिकर लगाएको यस  हरितेश्वर आवासीय स्कुलमा  भर्ना खुल्यो।   हाम्रा बिशेषताहरु   : भाग्नको लागी खुला चौर । लुक्नका लागि बलिया बेन्च । चर्के नि नभत्किने भवन । भत्किए नि खासै नथिच्ने भित्ता । चारैतिर ढोका । सिट सिमित छ तुरुन्त सम्पर्क राख्नुहोस् । आफ्ना नानिहरुको जिन्दगी सुरक्षित बनाउनुहोस् । ………………………………… होटल नौलाख तारे ! -काठमाडौँको मुटुमा सुबिधा सम्पन्न तारे होटल । -तपाइले रोजे जस्तै खोजे जस्तै । -न अग्ला भवन न त कुनै डर । -बास्तवमै तारे होटल । खुल्ला चौरमै बसोवासको व्यवस्था । उतानटांग लगाएर सुतिसुति तारा गन्न सकिने ।