Posts

Showing posts from July, 2015

विश्व खाध्य कार्यक्रमको जयजयकार गरौं !

Image
प्र चारमै पनि मख्खन चामलको बास्ना ३०० मिटर भन्दा भन्दा बढी फैलदैन थियो । विश्व खाध्य कार्यक्रमको चामलको बास्ना त ख्यालख्यालमै १ लाख ४७ हजार १ सय एकासी बर्ग किलोमिटर फैलिसकेछ । र अहिले मुलुकभर यसकै बास्नाको चर्चा हुन थालेको छ  । बासमती चामलभन्दा बास्नादार चामल खासै नदेखेका हामीलाई विश्व खाध्य कार्यक्रमको सुपर बास्नादार चामलले दंग बनाएको छ  । फरक यति हो  बासमति चामल नेपाली चामल भएकोले नेपालीमै हरर बास्ना आउंथ्यो । विश्व खाध्य कार्यक्रमको चामल बिदेशी भएर अंग्रेजीमा हरर ( डरलाग्दो ) बास्ना आउदोरहेछ । नेपाली बास्नेदार चामल बासमती हो भने विश्व खाद्य कार्यक्रमले ल्याएको चामललाई चै ह्वास्मती ( ह्वास्स + मती : ह्वास्स गनाउने र पवित्र बागमतीको जल खाए झैँ फाइदा गर्ने ) भनिन्छ । प्राकृतिक प्रकोपमा परेका नेपालीलाई यस्तो बास्नेदार ह्वास्मती चामल ल्याएर खुवाउने दिलदार, मनकारी विश्व खाद्य कार्यक्रमलाई जति तारिफ गरे पनि कमै हुन्छ बढी हुन्न । मुलुकमा त्यस्तो क्वाइलीटीको ह्वास्मती चामल त कहिल्यै आएको थिएन । जो एक पटक कसैले खायो भने जीवनभर डकारमा त्यसकै बास्ना आउछ र महिनौ सम्म हात त्यसैको

भुकम्प बिद

"भुकम्प बिद ज्यु !" "हजुर" "भुकम्प फेरी आउछ कि क्याहो ? सातै लिसक्यो !" "आउँदैन ।" "कसरी आउँदैन भन्नु हुन्छ ?" "किनकी त्यो गैसक्यो । " "फेरी आयो भने ?" "किन आउने फर्केर ? घरिघरी फर्किएर आउनलाई पृथ्वी थोडी त्यस्को ससुराली हो ?" " होइन तर हल्लिदै आयो भने त अाइहाल्यो नि !" " ए दिनकै हल्ल्लिदै आउन पृथ्वी थोडी सुन्तलीको भट्टि पसल हो ?" "के हो हामीलाई के थाहा ? अब फर्किएर आउँदैन त ? ढुक्क भए हुन्छ ?"

चिन्ता छोडम् आरामले जिऔ !

चिन्ताले आँखा अगाडीको तिल पनि पहाडको रुपमा खडा हुन्छ र सातो लिन्छ । चिन्ताले सद्दे हुँदा पनि बिमार होइन्छ । त्यसैले चिन्ता लिएसी आरामले जिउन सकिन्न । त्यसैले सुखले जिउनु छ भने चिन्ता त्याग्नु अनिवार्य छ । मान्छेलाई जिउने कला सिकाउने सन्त महन्तहरुले नि सुखले बाँच्ने हो भने चिन्ता छोड्नु पर्ने बताउछन । अहिले हामीलाई चिन्ता त्यागेर सुखले बाँच्ने एतिहाँसकै सुनौलो अवसर जुरेको छ । किन कि चिन्ता कसरी त्याग्ने भनेर हामी सन्त महन्तको पछी दगुरिरहनु पर्दैन । हाम्रा प्रधानमन्त्री र मन्त्रीज्यूहरु नै चिन्ता त्याग्ने तरिका सिकाउन ॠषिबाट उभिनुभएको छ । हाम्रा मन्त्री प्रधानमन्त्रीरुबाट नि हामी चिन्ताबाट  कसरी बच्ने भन्ने कुरा सिक्न सक्छौ । उहाँहरुले देखाएको मार्गमा हिंड्ने हो भने हामी चिन्ता मुक्त भएर सुखले जिउन सक्छौ ।

त्यसै बिदेशी गुहारेर हुन्छ ?

त्रि भुवन बिमान स्थलमा ठुलै हल्लिचल्ली मच्चियो । टर्किस एयरको भिमकाय बिमान आएर धावन मार्गमा सुत्दियो । झिक्न नसकेर मुलुकको गानो गयो । उड्यन प्रधिकरण, बिमानस्थल ब्यबस्थापन र सेना प्रहरीको समेत खलखली पसिना छुटायो । आवत जावत ठप्पै । अन्तत होस्टेमा हैसे गर्न भारत र टर्किस एयरको टोली आएसी बल्ल डेग चलाऊन सकियो । डेग चले सँगै बैध्यबा झसँग हुनुभो -" लेह ! अब राष्ट्रियता हल्लियो । यसरी बिदेशी गुहारेर बिमान हल्लाउनु हुन्थ्यो ?" त्यस्पछी त्यसको भर्त्सना गर्दै बिग्यप्ती निकाल्नु भयो - बिमानस्थलमा बिदेशी हस्तक्षेप । आखिरमा होन्त । बिमान झिक्न त्यसरी बिदेशी गुहार्न हुन्छ ? अहिले गुहार्यौ झिक्दिए । सजिलो भो । तर अहिलेको सजिलोलाई हेरेर भो ? पछी कम्ता अफ्ठेरो पर्छ । बिदेशी देशहरुले कत्रा कत्रा बिमानै बनाउछ । हामी नाथे भुइमा सुतेको बिमान पनि उठाउन सक्दैनौ । यस्तो थाहा पाएसी भोली सुरुङ युद्दको धम्की दिँदा कसरी पत्याउछन । बज्जेहरुले बिमान झिक्न बिदेशी बोलाएर बैध्यबाको राजनीति नै सखाप पारीदिए ।