चिन्ता छोडम् आरामले जिऔ !

चिन्ताले आँखा अगाडीको तिल पनि पहाडको रुपमा खडा हुन्छ र सातो लिन्छ । चिन्ताले सद्दे हुँदा पनि बिमार होइन्छ । त्यसैले चिन्ता लिएसी आरामले जिउन सकिन्न । त्यसैले सुखले जिउनु छ भने चिन्ता त्याग्नु अनिवार्य छ । मान्छेलाई जिउने कला सिकाउने सन्त महन्तहरुले नि सुखले बाँच्ने हो भने चिन्ता छोड्नु पर्ने बताउछन । अहिले हामीलाई चिन्ता त्यागेर सुखले बाँच्ने एतिहाँसकै सुनौलो अवसर जुरेको छ । किन कि चिन्ता कसरी त्याग्ने भनेर हामी सन्त महन्तको पछी दगुरिरहनु पर्दैन । हाम्रा प्रधानमन्त्री र मन्त्रीज्यूहरु नै चिन्ता त्याग्ने तरिका सिकाउन ॠषिबाट उभिनुभएको छ । हाम्रा मन्त्री प्रधानमन्त्रीरुबाट नि हामी चिन्ताबाट  कसरी बच्ने भन्ने कुरा सिक्न सक्छौ । उहाँहरुले देखाएको मार्गमा हिंड्ने हो भने हामी चिन्ता मुक्त भएर सुखले जिउन सक्छौ ।


बर्तमान सरकार अहिले पुरै चिन्ता कसरी हटाउने भन्ने अभियानमा लागेको छ । र चिन्ता कसरी हटाउने भन्ने सिकाइरहेछ । पछील्लो समय त्यसमा सफलता पनि पाइरहेको छ । किन भने मुलुकका गम्भिर एवं जटिल मुद्दाहरुमा पनि सरकार पटक्कै चिन्तित भैरहेको छैन । यसरी चिन्ता हटाउने काममा एक पछी अर्को सफलता पाइरहेको सरकार अहिले पुरै निस्चिन्त छ । जसले गर्दा नागरिक अत्यन्त उत्साहित छन । चिन्ता भन्ने कुरा हटाउने हो भने हट्दोरहेछ र नलिने हो भने हुन्न रहेछ भन्ने थाहा पाएर प्रफुल्लित छन । यतिको काइताको सरकार त मुलुकमा कहिल्यै थिएन । जो मुलुकका कुनै पनि समस्या प्रती चिन्तित छैन । त्यसैले यो सरकार ईतिहासकै श्वस्थ सरकार हो श्वास्थ सरकार भएर होला यस सरकारका मन्त्री प्रधानमन्त्री पनि खुब श्वस्थ छन । चिन्ताले चितामा पुर्याउछ भन्छन । पहिले पहिले गफै मात्र जस्तो लाग्थ्यो । सोचिन्थ्यो - चिन्ताले चितामा पुर्याउछ भने रोगले के गर्छ त ? वास्तवमा पछी मात्र थाहा भो रोग त बहाना मात्र हो । चितामा पुर्याउने त चिन्तैले हो । त्यसको उदाहरण प्रधानमन्त्रीज्यू स्वयम हुनुहुन्छ । उहाँ क्यान्सररोगले पीडित हुनुहुन्थ्यो तैपनी बाँच्नुभो । केपी ओली अझै बिरामी हुनुहुन्थ्यो तैपनी बाँच्नुभो । किन्की उहाँहरुले पैसो खर्च होला कि भनेर चिन्ता लिनु परेन । मज्जाले राष्ट्रिय ढुकुटीबाट खर्च गर्नुभो बाँच्नु भो । सामान्य जनतालाई लागोस त ? उहिल्यै गैसक्थे । किनकी उनिहरु चिन्ता लिन्छन । उपचार गर्ने खर्च हुन्न । त्यसैको  चिन्ता लिन्छन र मर्छन ।  त्यसैले मन्त्रीहरु फुर्तिला हुँदै गैरहेका छन किन कि उनिहरु चिन्तै लिदैनन । भनिन्छ चिन्ता भनेको आफु लिने कुरा होइन अरुलाई दिने कुरा हो। तर हामी चिन्ता आँफै लिन्छौ र दुखी हुन्छन । सरकार अरुलाई चिन्ता दिन्छ आफु लिदैन खुशी र फुर्तिलो छ ।


हामी बलात्कारका घटना सुन्छौ । चिन्तित हुन्छौ । अपराधीलाई कार्वाही गर भनेर कराउछौ । तर यो सरकारका मन्त्रीज्यू चिन्तित हुनुहुन्न । उहाँ यस्ता घटनाबाट चिन्तित हुन आवश्यक ठानुहुन्न । किनकी संक्रमणकालमा यस्ता घटना भैनैरहन्छ भन्ने उनको ठम्याइ छ । सरकार बलात्कार, हत्या, एसिड आक्रमण जस्ता झिना मसिना कुराहरुलाई घटनै मान्दैन । तर हामी उल्का मान्छौ । अनसनमै मान्छेको ज्यान जान खोज्छ । हामी कहालिन्छौ । तर प्रधानमन्त्री भन्नुहुन्छ - मरे म के गरुम त ? यो होन्त काइदा । मर्ने अनसनकारी छ प्रधानमन्त्री किन चिन्तित हुने ? फेरी मर्ने कुराले किन चिन्तित हुने ? अरु मरे के भो आफु बाँचेकै होइन्छ क्यारे फेरी आफु नै मरिएला त के चिन्ता ? आफुमरेसी आफुलाई थाहै हुन्न । त्यसैले चोरी, डकैती, हत्या, बलात्कार जेसुकै घटना घटोस मन्त्री प्रधानमन्त्रीलाई चिन्ता छैन । छ त केवल सरकारकै, कुर्सीकै त्यो बाहेक अरुको के चिन्ता ?

अब सम्म्मनानीयहरु जस्ताइ हामी पनि चिन्ता छाडम् सुखले बाँचम् । सरकारको लामो आयुको कामना गरौं !

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ