Posts

Showing posts from November, 2016

लोडसेडिङ कसले हटायो ?

पत्याउनोस् ! नपत्याउनोस् !! काठमाडौं उपत्यकामा लोडसेडिङ हटेको छ । यसो हेर्दा हो पनि जस्तो छ । अचेल बत्ति  नै गएको छैन । पटक पटक चिमोटी हेर्दा पनि बिपनै हुन्छ । अचम्म केहिदिन यता बत्ति  नै गएको छैन । “ए के उल्का हो ?” भनि सोध्यो भने भक्त अनुसार फरक फरक भगवानले नाम आउँछ, तिनल्यै हटाएको भनि । ‘लोडसेडिङ कसरी हट्यो ?’ भन्नेमा अहिले फरक फरक किम्बन्ती बजारमा छन् । १) लोडसेडिंङ प्रचण्डले हटाउनु भो । प्रचण्डपथीय विद्वानहरु लोडसेडिङ कामरेड प्रचण्डले हटाएको मान्यता राख्छन् । प्रचण्ड पुराण अनुसार प्रचण्ड स्वयंले पटक पटक चमत्कार गर्ने, अब चमत्कार हुने कुरा गर्दै आउनुभएको थियो र छ l यसै अन्तरगत उहाँले प्रधानमन्त्री भएसी छुमन्तर गरिदिनु भो । उहाँको छुमन्तरको प्रभावले चमत्कार भयो । त्यसै चमत्कार अनुरुप नदीमा बहाव बढ्न थाले । बिग्रेका आयोजनाहरु आफसेआफ बन्न थाले । सद्दे आयोजनाबाट क्षमताको दोब्बर तेब्बर बिजुली उत्पादन भए । त्यसपछि प्रचण्ड कामरेडले लु लोडसेडिंग हटाउनु भनेर फ्याट्ट उर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरणका एमडी कुलमान घिंसिंगलाई निर्देशन दिनुभो । निर्देशनकै प्रभावले लोडसेडिङ हट्यो ।

त्रिदेशीय वार्ता

प्रधानमन्त्री प्रचण्डजी बृक, बिमिस्टेक सम्मेलनका क्रममा गोहा रहदा एकदिन भोकाउनु भएछ । भोक लागेसी भात पाक्यो कि भनेर भान्सातिर लाग्नु भएछ । भान्सा पस्ने प्रतीक्षा कोठामा चीनियाँ राष्ट्रपति सि जि पिङ्जीसँग झ्याप्पै जम्काभेट भएछ । पिङजीले सोध्नुभएछ -“ अहो प्रचण्डजी ! कता ?” प्रचण्डजीले भन्नुभएछ -“ भात पाक्यो कि भनेर भान्सातिर लागेको । भोक लागेर अति भो के ।” सि जि पिङजीले भन्नुभयो - “ अहो ! कस्तो मिल्या । म पनि त्यही भनेर आको तर भात पाक्या रहेनछ र यहीँ कुरिराको । ” “धत् ! अझ भात पाक्या छैन रे ? पेटमा मुसाले राँके जुलुसै निकाल्ने भए त । ” प्रचण्डजीले भन्नुभो । “मलाई नि त्यस्तै लागिरहेछ । आउनोस् । बसम् । एकछिन कुर्नुको बिकल्पै के छ र ? ” सि जि पिङले भन्नुभो । प्रचण्डजीले बस्दै भन्नुभो - “ हुन त सिताले झोलामा एक किलो दालमोठ ल्याएकी थिइन । त्यही मुर्क्याउने त ?”

भत्ता पुगेन सांसदजी, अझ बढाउनोस् !

Image
आफूखुसी मनग्गे तलबभत्ता बढाएर लाख कटाएको खबर सुनेर हामी जनताहरु गदगद भएका छौं ।  यो महान खुसियाली हामीले  गाउँ, टोल, झोपडी, छाप्रो, पाल, ओडार कताबाट हुन्छ दिपावली गरीगरी मनाएका छौं । यो योगान्तकारी उपलब्दीको नेपाली जनता जोडदार स्वागत र समर्थन गर्दछ । विनाशकारी भूकम्पले आफ्नो घरबास सोत्तर पार्दा हामीलाई खासै चिन्ता र दु:ख भएन । यस्ता घरहरु ठड्याउंला नि त एकदिन भनेर मन बुझाइन्थ्यो तर संसदहरुको घरबास होला कि नहोला भन्ने चिन्ताले भतभती पोल्थ्यो ।  आफु त रुखो सुखो खाइन्त्यो तर सांसदहरुले के खालान भनेर मन बेचैन हुन्थ्यो । अहिले सांसदहरुले तलप बढाए रे भनेको सुन्दा बल्ल चैनको सास मिलेको छ ।  अब सांसदहरुको नि हातमुख जोरिने भो भनेर मनमा आनन्द आएको छ । बरा ! हामीहरुको सेवा गर्दा गर्दै आफ्नो तलब भत्ता समेत बढाउन भुलेका रहेछन ।  बल्ल सम्झीएछन् ढुक्क भयो ।  आखिर सांसद रे पो देश रहन्छ ।  देश रहे पो जनता रहन्छन । हामीलाई जोगाउन आफ्नो तलब भत्ता बढाउने संसदहरुलाई तारिफ मात्र पो कुन शब्दले गर्ने होला ? हाम्रै लागी भनेर उहाँहरुले त्यत्रो भुँडी हुँदा हुँदै पनि डाइटिंग गर्नुभएको छैन ।  हाम्रै लागि भने

पिरिम किन मुटुबाट गरीन्च ?

प्रेमिका:____ "हन ए तोरी परान !  पिरेम दिमाखबाट नगरी मुटुबाट गरिन्छ रेन्त ! किन हो ? :O" तोरीलाल :____ "दिमाग भाका मान्छे किन पिरेममा पर्थे र ? दिमागबाट पिरिम गर्थे ? कुरा अर्च्यौ नै ! "

समय रोकौं, पूननिर्माण सम्पन्न गरौं

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री हुनासाथ भूकम्प पीडितलाई ४५ दिनभित्र अनुदानको पहिलो किस्ता दिनु भन्ने निर्देशन दिनुभाथ्यो । ४५ दिन चल्यो तर भूकम्पपीडित फुस्राको फुस्रै । पूननिर्माण प्राधिकरण पनि भूकम्प पीडितलाई किस्ता दिन कम्तासँग लागेको थिएन । दिनरात केहि नभनी खटिरहेको थियो । दिम्सो पाए दिम्सै, राति पाए राति नै आँखा चिम्लेर घुर घुर घुर्दै भूकम्प पिडितलाई अनुदान दिन प्रयत्नशील थियो । अहिले मात्रै होइन, गठन देखी नै प्राधिकरण पूननिर्माणमा गुटुटु कुदेको मात्रै होइन तकिया यानमा उडेकै थियो । यसपाली पनि उसैगरी उडेर भूकम्प पीडित बस्तीमा पुगेर प्राधिकरणले किस्ता खसाल्न मात्र के लागेको थियो प्रधानमन्त्रीजी आएर -ए पुननिर्माणजी ! अझै किस्ता बाढीएको छैन ? ४५ दिन त चलिसक्यो त ! भनेर झल्याँस ब्युझाईदिनुभयो । पुननिर्माण प्राधिकरणको तकियायान टेबलमै बजारियो । फेरी पनि किस्ता एउटा किस्सामै सिमित भयो । पुनर्निर्माणमा सरकार तिब्र गतिमा लागेको छ । प्राधिकरण उस्तै बतासे गतिमा लागेको छ । कर्मचारी, स्थानीय निकाय पनि उही रफ्तारमा छन् । एनजीओ, आइएनजीओहरु उस्तै तेज छन् । तैपनि पुनर्निर्माण जहींको तह

नयाँ बर्षमा मेलम्चीको पानी

अघिल्लो सरकारले २०७३ बैशाख १ गते बिहान ७ बजेर ३५ मिनेट २७ सेकेण्डमा काठमाडौंको धारामा मेलम्चीको पानि ध्वार्रर खसालेको थियो । अब धारामा पानि भन्ने चिज आउने होइन भनेर धारोमुनी आगो फुकेर चिया पकाउदै गरेका सर्वसाधारणको त्यतिबेला बिजोग भएको थियो । त्यसबेला धेरै सर्वसाधारणको चुलो निभेको थियो । एक्कासी काठमाडौँको घना बस्तीमा मेलम्ची पस्दा खोला खोल्सीहरुमा बाढी आएको थियो । यसले गर्दा किनारका बस्तीहरु डुवानमा परेका थिए । चोकचोकमा ताल बनेका थिए भने सडक सडकमा भेल बगेका थिए । यसले गर्दा जनजीवन अत्यत कष्टकर बनेकाले सरकारको बिपत ब्यबस्थापन संयन्त्रले मेलम्चीको पानि रोक्ने निर्णय गर्नु परेको थियो । अहिले प्रधानमन्त्रीजीले फेरी मेलम्ची गएर आउँदो नयाँ बर्षमा काठमाडौँबासीलाई पानी खुवाउनु भनेर निर्देशन दिनू भएछ । अब प्रधानमन्त्री नै गएर यसरी निर्देशन दिएपछि यसलाई पुरा गर्नु त सम्बन्धित निकायको कर्तव्य हुन आउला । तर यसरी कर्तव्य पालन गर्दा काठमाडौँबासीको भयरहित ढंगमा चैनसाथ् बाँच्न पाउने अधिकारलाई पनि ख्याल राख्नुपर्ने हुन्छ । किनभने अधिकार र कर्तव्य भनेका एकै नोटका दुई पेज जस्ता हुन् । एकापटिको प

प्रधानमन्त्रीलाई सुझाव

प्रधानमन्त्रीज्यू, खास कुरो तपाईं भारत जाने कुरा सुनेर हामी मर्माहत भएका छम् ।  नेपालको इतिहासमा कहिल्यै नभएको घटना प्रधानमन्त्री भारत जाने कुरोले हामीलाई आश्चर्जेले उल्का भएको छ । प्रधानमन्त्री त हामी पनि भाथेम् । तर हामि कहिल्यै भारत गाथेनम् । भन्नु होला- “खुब गा’थेन ?” हामी गाको त इन्डिया हो । हिन्दुस्तान हो । ल ठिक छ, हामी भारतै गएछम् रे । हामी जाँदैमा तपाइँ जानुपर्छ ? हामि जहाँ गयो त्यहिँ जानुपर्छ ? लंका गाको भए पनि हुन्थ्यो । भूटान, बर्मुडा, मोजाम्बिक गाको भए पनि हुन्थ्यो । जान्ने हुनुपर्ने तपाईलाई । उम्रिदै तिन पात के ! प्रधानमन्त्री बन्या २ महिना भा’छैन । भारत जानुपर्ने ! सम्झिंदा नि लास्टो रिस उठेर आम्च । तपाइँ भारत जान लाग्या चैं किन के ? नचाइदो स्वांग ! चुपो लागेर कुर्सीमा बसे हुन्न ? तपाइको त अन्वार देख्दा नि रिस उठेर आम्च । संसदमा बहुमत पुर्याछ । सरकार बनाछ । सपथ खाछ । मन्त्रि बनाछ । फेरी मन्त्रीलाई नि सपथ खुवाछ । बालुवाटार बस्याछ । सिंहदरबार पस्या छ । अनेक निर्देशन द्याछ । नीति कार्यक्रम ल्याछ । सरकार चलाछ । यो होइन नि त लाइन । सोमत भन्ने दुई पैसाको नि छैन है तपाइको

मुलुक बन्छ, स्योर हो

बर्बादै भैसक्या’थ्यो । सबै कुरा मिल्दै गा’बेलाँ । सबै कुरा बन्दै गा’बेलाँ । कल्पनै कल्पना, सपनै सपनाबाट सब पूरा हुँदै गा’बेलाँ समयले पानी छम्केर झल्याँस्स पार्दिएको थियो । बिजोग भा’थ्यो । ठामठाममा वायु बिद्दुत प्लान्ट निर्माण भैरहेका थिए । पूरै मुलुक झलमल भैसकेको थ्यो । बिद्दुत अभावले प्याकप्याक्ती भएको मुलुक कसरी दिद्दुत बेच्ने भनेर योजना बनाउँदै थियो । चीन नेपालबीच थुप्रै नाका खोली ट्रकका ट्रक बिजुली निर्यात गर्ने कुरा हुँदैथियो । वायरलेस पद्दतिबाट बिजुली प्रशारणको तयारी हुँदैथियो । ठाउँ ठाउँमा टावरहरु बन्दै थियो । बिद्दुत पठाउने र प्राप्त गर्ने स्टेसनहरु बन्दै थिए । लास्टमा आएर प्रचण्डले लत्तो छाडिदिए । देउवाले चलखेल गरे । ओली सरकार ढल्यो । अब के गर्ने यो छेलोखेलो बिद्दुत ? अझ तातोपानीमा थर्मल प्लान्ट स्थापना गरि त्यही तापबाट बिजुली निकाल्न मात्रै लागिएको थियो । लास्टमा त्यही स्वप्नद्रस्टाको काखीमा थर्मोमिटर राख्नुपर्ने स्थिति आयो । ओली सरकार ढलेसँगै तातोपानीको पानी खेरै गो । कुनै काम लागेन । त्यो चिसै भएसरह भो । घरमा ग्यास पाइप फिटिङ गर्ने काम हुँदैथियो । बिलिङ मेसिन र प्रयोग

अल्ड्रिन नेपालमा

चन्द्रमामा पुगिसकेका अन्तरिक्षयात्री अल्ड्रिन अहिलेसम्म नेपालमा भने आएका रहेनछन् । यसपालि ‘चन्द्रमा त गइयो, नेपाल चाहिँ किन नजाने ?’ भनेर आइपुगेछन् । आउनासाथै उनको भेट भएछ प्रधानमन्त्री प्रचण्डसँग । प्रचण्डले भनेछन्, ‘निश्चित रुपमा यहाँले रकेट चढेर चन्द्र धरातल टेकेकै हो । हामीले पनि महान् जनयुद्द लडेर सिंहदरबार टेकेकै हम् । रकेट र जनयुद्ध भनेको बिलकुलै भिन्न जिनिस रहेछ, रकेटले अन्तरिक्षमा पुर्‍याउँदो रहेछ भने जनयुद्धले सरकारमा । अब समानता भन्नुहुन्छ भने सरकार र चन्द्र धरातलको बसाइ अत्यन्त क्षणिक हुँदो रहेछ । आफ्नो बस्ने इच्छा हुँदाहुँदै पनि उकाल्नेहरुले नै ओह्राल्दा रहेछन् । ओर्लिसकेपछि उक्लिन दुबैतिर गाह्रो हुँदो रहेछ ।’ अल्ड्रिन दंग परेर प्रचण्डका कुरा सुनिरहेका थिए । प्रचण्डले अझ जोसिएर थपे,  ‘हुन त जनयुद्ध पनि चन्द्रमाबाटै सुरु गरम् कि भन्ने मन नभएको हैन । तर, तपाईं जस्ता पार्टनर परेनन् । तपाईंलाई नील आर्मस्ट्रङ्गले नभेटेर मैले भेटेको भए निश्चित रुपमा चन्द्रमामा पुगिन्थ्यो र त्यहीँबाट जनयुद्ध सुरु गरिन्थ्यो । तर, मेरा पार्टनर परे बाबुरामजी । जनयुद्ध सुरु गर्दा चन्