त्रिदेशीय वार्ता

प्रधानमन्त्री प्रचण्डजी बृक, बिमिस्टेक सम्मेलनका क्रममा गोहा रहदा एकदिन भोकाउनु भएछ । भोक लागेसी भात पाक्यो कि भनेर भान्सातिर लाग्नु भएछ । भान्सा पस्ने प्रतीक्षा कोठामा चीनियाँ राष्ट्रपति सि जि पिङ्जीसँग झ्याप्पै जम्काभेट भएछ ।
पिङजीले सोध्नुभएछ -“ अहो प्रचण्डजी ! कता ?”
प्रचण्डजीले भन्नुभएछ -“ भात पाक्यो कि भनेर भान्सातिर लागेको । भोक लागेर अति भो के ।”
सि जि पिङजीले भन्नुभयो - “ अहो ! कस्तो मिल्या । म पनि त्यही भनेर आको तर भात पाक्या रहेनछ र यहीँ कुरिराको । ”

“धत् ! अझ भात पाक्या छैन रे ? पेटमा मुसाले राँके जुलुसै निकाल्ने भए त । ” प्रचण्डजीले भन्नुभो ।
“मलाई नि त्यस्तै लागिरहेछ । आउनोस् । बसम् । एकछिन कुर्नुको बिकल्पै के छ र ? ” सि जि पिङले भन्नुभो ।
प्रचण्डजीले बस्दै भन्नुभो - “ हुन त सिताले झोलामा एक किलो दालमोठ ल्याएकी थिइन । त्यही मुर्क्याउने त ?”

“कहाँ बुढा, दालमोठ मुर्क्याउने कुरा गरिरा ?”
सिताजीले प्रचण्डजीलाई कर्के आँखा लगाउदै भन्नु भो - 
“अस्ति दालमोठ खाएर ग्याँस्टृकले फत्र्याक फत्र्याक पर्या बिर्सियौ ?”

यता सि जि पिङजीले पनि “दालमोठ त नखाम् होला । बरु चाउचाउ भए सोच्न सकिन्थ्यो !” भनेपछी ‘दालमोठ नखाने; भात पाकेसी भातै खाने’ विषयमा द्विदेशीय सहमती बन्यो ।
त्यतिबेलै “धत् ! भोकले त उल्कै पो भो त । हन् भात पाकेन ? ” भन्दै मोदिजी नि आइपुग्नु भयो ।
तत्काल तिनै नेताहरुलाई भोकले ग्रस्त परेको कुरामा सहमती जुटिहाल्यो । अनि भात पाकेसी तिनैपक्षले पेटभरी खाने भन्ने बिषयमा सहमती भन्यो ।
मोदीजिले भान्सामा गएर आफू र पाहुनाहरु भोकाएकोले तुरुन्त खाना तयार गर्न भन्नुभो । एकछिनमा खाना पक्यो । तिनै नेताहरुको अत्यन्त मित्रवत त सौहाद्रतापूर्ण ढंगबाट भएको वार्ताबाट अब खानुपर्छ भन्ने निस्कर्स निस्कियो र तिनै जना भान्सातिर जाँदा भए ।
त्रिदेशीय वार्ता सम्पन्न भयो ।

Comments

Popular posts from this blog

'सरी ! योर ट्रान्जेक्सन ह्याज विन टर्मिनेटेड !'

रुम नम्बर ट्वान्टी फाइभ