प्रधानमन्त्रीलाई सुझाव
प्रधानमन्त्रीज्यू,
खास कुरो तपाईं भारत जाने कुरा सुनेर हामी मर्माहत भएका छम् । नेपालको इतिहासमा कहिल्यै नभएको घटना प्रधानमन्त्री भारत जाने कुरोले हामीलाई आश्चर्जेले उल्का भएको छ । प्रधानमन्त्री त हामी पनि भाथेम् । तर हामि कहिल्यै भारत गाथेनम् । भन्नु होला- “खुब गा’थेन ?”
हामी गाको त इन्डिया हो । हिन्दुस्तान हो ।
हामी गाको त इन्डिया हो । हिन्दुस्तान हो ।
ल ठिक छ, हामी भारतै गएछम् रे । हामी जाँदैमा तपाइँ जानुपर्छ ? हामि जहाँ गयो त्यहिँ जानुपर्छ ? लंका गाको भए पनि हुन्थ्यो । भूटान, बर्मुडा, मोजाम्बिक गाको भए पनि हुन्थ्यो । जान्ने हुनुपर्ने तपाईलाई । उम्रिदै तिन पात के ! प्रधानमन्त्री बन्या २ महिना भा’छैन । भारत जानुपर्ने ! सम्झिंदा नि लास्टो रिस उठेर आम्च । तपाइँ भारत जान लाग्या चैं किन के ? नचाइदो स्वांग ! चुपो लागेर कुर्सीमा बसे हुन्न ?
तपाइको त अन्वार देख्दा नि रिस उठेर आम्च । संसदमा बहुमत पुर्याछ । सरकार बनाछ । सपथ खाछ । मन्त्रि बनाछ । फेरी मन्त्रीलाई नि सपथ खुवाछ । बालुवाटार बस्याछ । सिंहदरबार पस्या छ । अनेक निर्देशन द्याछ । नीति कार्यक्रम ल्याछ । सरकार चलाछ । यो होइन नि त लाइन । सोमत भन्ने दुई पैसाको नि छैन है तपाइको ? कहिँ नभाको ! अझ भारत जानु पर्ने रे ! मान्छेका कुरा सुन्दा नि …. !
तपाइको त अन्वार देख्दा नि रिस उठेर आम्च । संसदमा बहुमत पुर्याछ । सरकार बनाछ । सपथ खाछ । मन्त्रि बनाछ । फेरी मन्त्रीलाई नि सपथ खुवाछ । बालुवाटार बस्याछ । सिंहदरबार पस्या छ । अनेक निर्देशन द्याछ । नीति कार्यक्रम ल्याछ । सरकार चलाछ । यो होइन नि त लाइन । सोमत भन्ने दुई पैसाको नि छैन है तपाइको ? कहिँ नभाको ! अझ भारत जानु पर्ने रे ! मान्छेका कुरा सुन्दा नि …. !
ल भैगो ! जे हुनु भैहाल्यो । अब भारत जाने भैहाल्नुभो । ठिकै छ राष्ट्रहित बिपरित कुनै सम्झौता र काम नगर्नुहोला । शिर भन्ने कुरा झुकाउदै नझुकाउनु । दिल्ली पुग्नासाथ आकाशतिर हेरेर हिड्नु । जिमिनमा हेर्दै नहेर्नु । जिमिनमा हेर्यो भने शिर निहुरिन्छ । भारतीय भूमिमा शिर निहुरायो भने नेपालको राष्ट्रिय स्वाभिमान झुक्छ । भारतीय प्रधानमन्त्रीसँग हात मिलाउँदा ख्याल गर्नु । हात मिलाउँदा झुकिएला फेरी । सकेसम्म मोदीजीलाई कुनै टुल अथवा टेबलमा उभ्याएर हात मिलाम्नु । यसो गर्दा तपाइँले माथी हेर्नु पर्दा नेपाली प्रधानमन्त्रीको शिर ठाडो हुन्छ र उनि निहुरिन पर्नेहुदी उनको शिर झुक्छ ।
सोफामा बस्दा नि सिलिंगतिर हेरेर बस्नुहोला । केहि गरी तलतिर हेर्नुभो भने बर्वाद हुन्छ । शीर झुक्छ । रात्रि भोजमा दारु मनग्गे खानुहोला । दारु खाएसी ठुला कुरा गर्ने आँट आउँछ । तर गिलासा नखानुहोला । गिलासा खादा टाउको निहुराउनु पर्ने हुन्छ । करुवामा खानु होला । करुवामा कोक्ल्याक कोक्ल्याक रुद्रघन्टी घन्टी बजाउंदै खाँदा टाउको माथितिर फर्काउनु पर्ने हुन्छ । यसो गर्दा शीर ठाडो हुन्छ । तुना भएको जुत्ता नलगाउनुहोला । तुना बाँध्दा निहुरिन पर्ने हुन्छ । सुत्दा २-३ वटा तकिया राखेर सुत्नुहोला । ताकी सुत्दा नि शीर ठाडै होस् ।
दिल्ली र काठमाडौँको मौसम फरक छ मौसम फेरिदा रुघा खोकी लाग्न सक्छ । के भो भनेर सोध्द्लान । सिधै कि टिबी कि त क्यान्सर लागेको भन्नु । सानोतिनो रोग लाग्यो भन्यो भने मुलुकको इज्यत जान्छ । मुलुकको हित नगर्ने सम्झौता नगर्नुहोला । उनेर्ले चिया खाम भने भने, तपाइँले होइन कफी खाम भन्नु । मिल्क कफी मोदीजीले मागे भने तपाईं होइन ब्ल्याक कफी भन्नुस् । भारतले भनेको खुरुखुरु नमान्नोस् । यसरी भारत जाँदा मुलुकको हितमा निर्णय लिनोस् । शीर झुक्ने काम नगर्नुस् । नत्र जाँदै नजानोस् ।
हस्त धन्यबाद !
भ्रमण सफलताको कामना सहित,
-पुर्व प्रधानमन्त्रीहरु ।
(भाषा नमिलेमा विद्वानबर्गले मिलाएर पढ्नुहोला l)
Comments
Post a Comment