समय रोकौं, पूननिर्माण सम्पन्न गरौं

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री हुनासाथ भूकम्प पीडितलाई ४५ दिनभित्र अनुदानको पहिलो किस्ता दिनु भन्ने निर्देशन दिनुभाथ्यो । ४५ दिन चल्यो तर भूकम्पपीडित फुस्राको फुस्रै । पूननिर्माण प्राधिकरण पनि भूकम्प पीडितलाई किस्ता दिन कम्तासँग लागेको थिएन । दिनरात केहि नभनी खटिरहेको थियो । दिम्सो पाए दिम्सै, राति पाए राति नै आँखा चिम्लेर घुर घुर घुर्दै भूकम्प पिडितलाई अनुदान दिन प्रयत्नशील थियो । अहिले मात्रै होइन, गठन देखी नै प्राधिकरण पूननिर्माणमा गुटुटु कुदेको मात्रै होइन तकिया यानमा उडेकै थियो ।
यसपाली पनि उसैगरी उडेर भूकम्प पीडित बस्तीमा पुगेर प्राधिकरणले किस्ता खसाल्न मात्र के लागेको थियो प्रधानमन्त्रीजी आएर -ए पुननिर्माणजी ! अझै किस्ता बाढीएको छैन ? ४५ दिन त चलिसक्यो त ! भनेर झल्याँस ब्युझाईदिनुभयो । पुननिर्माण प्राधिकरणको तकियायान टेबलमै बजारियो । फेरी पनि किस्ता एउटा किस्सामै सिमित भयो ।
पुनर्निर्माणमा सरकार तिब्र गतिमा लागेको छ । प्राधिकरण उस्तै बतासे गतिमा लागेको छ । कर्मचारी, स्थानीय निकाय पनि उही रफ्तारमा छन् । एनजीओ, आइएनजीओहरु उस्तै तेज छन् । तैपनि पुनर्निर्माण जहींको तहीं अड्केको छ । डेड बर्ष भयो त्यहिको त्यहीं । 
खास यसो हुनुमा दोष समयको हो । समय बुटुंगटुंग कुदिदिन्छ त डेड बर्ष मात्र होइन डेड दशक बित्न सक्छ । मुलुकमा यत्रो पुननिर्माण महा अभियान चलिरहेको छ । यी समयले अभियान रहुन्जेल पर्खिनु पर्दैन ? समय नचलिदिएको भए डेड बर्ष बित्थ्यो ? ४५ दिने किस्ता निर्देशन किस्सा बन्थ्यो ?

भूकम्प पीडित जनताले कुर्नु कुरिसके । अब कुर्ने छैनन् । सरकारले पनि पर्खिनु पर्खिसक्यो । अब पर्खिने धर्य छैन । त्यसैले अब पर्खिने पालो भनेको समयको हो । समय पर्खियो भने पुनर्निर्माण समयमै हुन्छ ।
प्रधानमन्त्रीज्यू , समयलाई पर्खिन निर्देशन दिनोस् !

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ