Posts

Showing posts from December, 2016

पूर्वराजाको जयजकार गरौँ !

परम प्रतापी अति प्रजावत्सल पूर्व महाराजधिराज ज्ञानेन्द्र सरकारबाट अस्ति भर्खर चरम निगाहापूर्वक मुलुक र मुलुकवासीका नाममा बक्तव्य बक्स भएको छ । यस बक्तब्यले सारा देशबासीहरु यति गदगद भएका छन कि मानौ काठमाडौंमा लोडसेडिङ हटाएकै यसैको खुसियालीमा दिपावली गर्न हो । उहाको यस अमृत बक्तव्यले तमाम 'राष्ट्रवादी'को आङमा सरर रक्तसन्चार भएको छ । मुलुक टुक्रीसक्या थियो । उहाको बक्तव्यले ट्याक्कै जोडिएको छ । हिमाल, पहाड र तराईका जनताबीच एकता टुटेर छिन्नबिन्न भैसकेको थियोे । मुलुक नै बिभाजित भएर फरक फरक देशको नाम तोकिन मात्रै बाकी थियो । धिराजज्यूको बक्तव्यका ओजले पग्लिएर कहिल्यै नटुकृनेगरी ट्याक्क जोडिएको छ । क्या जादुमय शब्द । क्या ओजतेजपूर्ण वाक्य । हैट ! महाराजलाई कस्ले सक्नु । महाराजको यस्तो अमृतवाणीले मुलुकै पुलङ्कित भैराको बेलामा यसैकै बिरोधमा मान्छे उफृएका देख्दा आश्चर्य लागेको छ । महाराजबाट यस्तो महाबाणी बक्स हुँदा "श्री ५ महाराजधिराज सरकारको जय ! जय!! जय !!!" भन्न छोडेर उल्टै आलोचना गर्ने कहाँ सम्मका बेसोमती हुन ? राजाले बोल्दा नि आलोचना गर्ने ? बिष्णु औतारीको नि कुरा काट्ने

जनमत संग्रह गरौं

जब लोकतन्त्र आएकोमा चित्त दुख्छ, राजा फालेकोमा गानो गएकाहरु, सङ्घियता र समावेशीताले पेट पोलेकाहरु र धर्म निरपेक्षताले कब्जियत भएकाहरु डाँको छोड्दै भन्छन् - "राजतन्त्र, पुरानो राज्य संरचना, हिन्दू राज्य जस्ता जिनिस पनि जाबो आन्दोलनले फालेर हुन्च ? जाबा जनताको बलिदान संघर्शले फालेर हुन्छ ? जनप्रतिनिधीको सर्व सर्वसम्मतिले फालेर हुन्छ ? यस्ता विषयमा त जनमत सङ्ग्रह गर्नुपर्छ । " परिवर्तनको पिडाले असह्य भएर चिच्याउछन् - " जनमतसंग्रह सङ्ग्रह गर्ने हिम्मत छ दलहरुको ? हिम्मत छ सरकारको ?" कोहि सुन्दैनन् । यसरी परिबर्तन अपाच्येहरु रुदा पनि सरकार किन सुनिरहेको छैन अचम्म लागेको छ । हुँदा हुँदा स्वयं बिपि पूत्र शशांक समेत रुन थालिसक्नुभएको छ । यसरी मान्छे रुहाएर किन कानमा तोरीको तेल हालेर बसिरच सरकार जनमतसंग्रह गरिहाल्नु नि । फेरि रुन्चेहरु नि किन ईतिहासका पछिल्ला घटना मात्रै जनमतसंग्रह गर्नुपर्छ भन्दैछन् ? म त भन्छु इतिहासका हरेक कालखण्डका हरेक घटनाको जनमतसंग्रह सङ्ग्रह गर्नुपर्च । जनताबाट अनुमोदन नगराइ नि घटना परिबर्तनले बैधानिकता पाउछ ? पहिलो त काठमाडौमा पुरै पानी नै पा

निशानामा परिवर्तन

Image
केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीयताबारे खुलेरै असन्तुष्टि व्यक्त गरे । असन्तुष्टि मात्रै होइन आफूलाई संघीयताविरोधी भनिरहन आग्रहसमेत गरे । रामशरण महतहरुको संघीयता महँगो हुन्छ, मुलुकले धान्दैन भन्ने रोइलो पुरानो होइन । चित्रबहादुर र उनी मार्काका अन्य नेताका सनातनी विरोधको त कुरा छाडौं । धर्म निरपेक्षताको विरुद्ध कमल थापा र खुमबहादुरलाई उछिन्दै शेखर कोइराला अचेल अग्रपंक्तिमा छन् । यही धर्म निरपेक्षताविरोधी अभियानको छेउ वा टुप्पोमा कतै न कतै राजतन्त्रको पुनर्स्थापन र गणतन्त्रको विस्थापन जोडिएको छ । हामीले लोकतान्त्रिक गणतन्त्रका खम्बा भनी पत्याइएका यस्ता पात्रहरु अब कुनै पनि बेला खन्ती बनेर राजतन्त्रको पक्षमा निस्किए कुनै अनौठो हुनेछैन । मान्छेहरू ‘ठेलागाडा चढेर अमेरिका’ पुगिवरी प्रधानमन्त्री बनिसके । सतिको शोकले विक्षिप्त स्वस्थानीको नवौं अध्यायका शिवजीझैं राजतन्त्रको पार्थिव शरीर बोकेर ‘हा राजतन्त्र !’ भनी भौंतारिएकाले गणतन्त्र नेपालको उपप्रधानमन्त्रीको शपथ खाइसके । यति भैसक्दा पनि यहाँ केहीका पश्चगमनप्रतिको मोह ज्यूँका त्यूँ छ ।  यसरी नेपाली राजनीतिमा अचेल उल्टो ब

लोकमानको धम्कीपछी नेताहरु

Image

५ कुलत

Image