पूर्वराजाको जयजकार गरौँ !
परम प्रतापी अति प्रजावत्सल पूर्व महाराजधिराज ज्ञानेन्द्र सरकारबाट अस्ति भर्खर चरम निगाहापूर्वक मुलुक र मुलुकवासीका नाममा बक्तव्य बक्स भएको छ । यस बक्तब्यले सारा देशबासीहरु यति गदगद भएका छन कि मानौ काठमाडौंमा लोडसेडिङ हटाएकै यसैको खुसियालीमा दिपावली गर्न हो । उहाको यस अमृत बक्तव्यले तमाम 'राष्ट्रवादी'को आङमा सरर रक्तसन्चार भएको छ । मुलुक टुक्रीसक्या थियो । उहाको बक्तव्यले ट्याक्कै जोडिएको छ । हिमाल, पहाड र तराईका जनताबीच एकता टुटेर छिन्नबिन्न भैसकेको थियोे । मुलुक नै बिभाजित भएर फरक फरक देशको नाम तोकिन मात्रै बाकी थियो । धिराजज्यूको बक्तव्यका ओजले पग्लिएर कहिल्यै नटुकृनेगरी ट्याक्क जोडिएको छ । क्या जादुमय शब्द । क्या ओजतेजपूर्ण वाक्य । हैट ! महाराजलाई कस्ले सक्नु ।
महाराजको यस्तो अमृतवाणीले मुलुकै पुलङ्कित भैराको बेलामा यसैकै बिरोधमा मान्छे उफृएका देख्दा आश्चर्य लागेको छ । महाराजबाट यस्तो महाबाणी बक्स हुँदा "श्री ५ महाराजधिराज सरकारको जय ! जय!! जय !!!" भन्न छोडेर उल्टै आलोचना गर्ने कहाँ सम्मका बेसोमती हुन ? राजाले बोल्दा नि आलोचना गर्ने ? बिष्णु औतारीको नि कुरा काट्ने ? घोर अनर्थ । घोर कलिजुग । भगवानको औतार पाएका साक्षात भगवान हुन । भगवानको नि निन्दा गर्न हुन्छ ? उल्टै त्यस्ता परमात्मा माथी नै छानविन हुन्छ । कार्वाही हुन्छ रे ! तिम्लाई नास्तिक हो !
के सम्म भन्न सकेका ? पाप धर्मको त ख्याल राख्नु पर्छ । घोर कलिजुग ! अझ राजदरबार हत्याकाण्डको छानबिन गर्ने रे । साक्षात बिष्णु औतारीले गरेका सृष्टि सम्हारको नि छानबिन गर्छु भन्न हुन्छ ? पापको भारी ।
पूर्वराजालाई जतिसक्दो बोल्न दिनुपर्छ । किनकि उहाँको पालामा पनि हामीलाई बोल्न दिनुभएको थियो । उहाँले त बोल्न दिएका मात्रै होइन । बोले बापत भाटा, बुट र चिसो छिडी पुरस्कार समेत दिनुभएको थियो । यो महान गुण सम्झनु पर्दैन ? कानुन बिपरित -परित जे सुकै होस । श्लिल अश्लिल जे होस । उहालाई बोल्न दिम ।
सकिन्छ र उहाँले हामी र हाम्रो मुलुकप्रती निगाह राख्नुभो भने फेरि राजगद्दिमा ल्याएर बिराजमान गराऔं । उहाको पालामा कत्रो शुशासन थियो । चोकमा दुइचार जना जम्मा भएको मात्रै देख्यो भने पनि कटबाँसका भाटाले निशुल्क डडाल्नु मर्मत गरिन्थ्यो । जनतालाई यति सुख र सुबिधा दिइएको थियो कि मोबाइल स्विच अफ गर्न समेत पर्दैन्थ्यो । सरकार आफैले मोबाइल, टेलिफोन सेवा बन्द गर्दिन्थ्यो ।
आम सम्चारमाध्यमको लागी त स्वर्ण जुगै थियो । सम्पादनको काम देखि समाचार उत्पादन, लेखनको काम समेत सेनाले गर्दिन्थ्यो । सुरक्षाको त कुरा छाडम् । बिहान काममा हिड्या मान्छे बेल्का जिम्दै फर्किन नि सक्थे । उस्तै परे सुरक्षाकर्मी र बिद्रोहीको गोलिबाट छलिएर बेल्का सुत्या मान्छे उठ्थे । दुरदराजमा दुःखी र कठिन जीवन बिताउन बिताउइरहेका जनतालाई माओबादीको अरोपमा गोलीले भुटेर दु:खको सागरबाट मुक्त गराइन्थ्यो । यता युवराज सरकारको त नकुरा गरम् । सडकमा हिडेका दु:खी आत्मालाई गाडीले ठोसी परमात्मा लिन गराइदिबक्सन्थ्यो ।
यस्ता राष्ट्रप्रेमी, जनताप्रेमी, प्रजाबत्सल राजाको आलोचना नगरौ । सकिन्छ फेरि दरवार फर्काम् । नारायणहिटी दरबार सङ्ग्रालयको पाले राखम् । सकिन्न चुप लागम् । कम्तिमा जयजयकार गरम् ।

Comments
Post a Comment