Posts

Showing posts from February, 2017

गलत निर्णय

पत्नी: तिमीसँग बिहे गरेकोमा मलाई पछुतो छ। पति: आइच ! किन हौ ? पत्नी: मलाई त यस्तो पति चाहियाथ्यो जो मिठामिठा कुरा गरोस त रातमा रोमान्टिक गीत सुनाओस । पति: हैट ! उसो भए म सँग के बिहे गर्या त  एउटा रेडियो पो किन्नु पर्थ्यो त । (दन्ते जोक्स )

के पहिला ?

एकादेशमा एउटा सरकार थियो रे । सरकारको नेतृत्व गर्ने तीन नम्बरको एउटा दल थियो रे । त्यस्कै अध्यक्ष प्रधानमन्त्री थिए रे । तिनलाई चलाउने अर्को नम्बर वान दल थियो रे । तिनका पनि भन्देखुनलाई सभापति थिए रे । प्रमुख प्रतिपक्षमा दुई नम्बरी दल थियो रे । तिनका लम्बरी राष्ट्रवादी अध्यक्ष थिए रे । मधेसमा फेरि पाच नम्बरी पार्टी थिए रे । यी सब एक दिन राष्ट्रको गहन मुद्दा मिलाउन बसेछन् । त्यहाँ दुइटा चिज रहेछन् । एउटालाइ संविधान संसोधन भनिदो रहेछ । त्यो कस्तो भन्दा - चुचो भएको, दुइटा पखेटा भएको, खुट्टा भएको, भ्याटभ्याट गरि अलिअली उड्न सक्ने, क्वाँक क्वाँक क्वाँक कट्याक गरी कराउने कुखुरा । अर्को चुनाव, त्यसैको फूल । हल्का खैरो अण्डाकार । खिरिलो । बहस चल्यो कुन पहिले ? मधेशबादी दलहरुले भने - "पहिले त कुखुरै हो । कुखुरा नभैकन अण्डा के बाट निस्कनु ?"   एमालेले भन्यो - "अण्डा नभै कुखुरो चै के बाट निस्कनु नि ? पैले अण्डा हो । अनिमात्र कुखुरा ।" उपेन्द्र यादवजीले यसलाई इन्कार गर्दै भन्नुभो - " त्यो कुखुरा निकाल्ने अन्डा चै कस्ले पार्यो ? अन्डाबाट चल्ना कोरन्ल ओथारो को बस्यो ?

जनताको लागी

हा म्रा देशका नेताहरु साह्रै जनप्रेमी । उहाँहरु जे गरे पनि हामी जनता कै लागि गर्नुहुन्छ । उहाँहरु खानु हुन्छ जनताकै लागि । बस्नुहुन्छ जनताकै लागि । सुत्नु हुन्छ जनताकै लागि । उठ्नुहुन्छ जनाताकै लागि उठेर फेरी खानुहुन्छ जनताकै लागि । उहाँहरुका निम्ती ब्यक्तिगत भन्ने त कुरै हुन्न । जे हुन्छ सबै जनताकै लागि हुन्छ । धर्मात्माहरुले जे छ र जे गरिन्छ ति सबै प्रभुकैलागी र प्रभुकै इच्छाले गरिन्छ भने झैँ नेतात्माहरु नि जे छ र जे गरिन्छ ति सबै जनताका लागी गर्छन र गरियो भन्छन । कहिलेकाहीँ त एक जनताको नाताले उनीहरु अघि प्रत्यक्ष भएर - “म तिमीहरुको भक्तिबाट प्रसन्न भएँ । के बर माग्छौ माग !” भनुम् कि झैँ लाग्छ । पछि यसो सोच्छु - उनीहरुले कहाँ बर माग्छन् त ? भोट पो माग्छन त । हाम्रा नेताहरु सत्ता प्राप्तिको सपना देख्छन जनताको लागी । बकवास माग राखेर प्रक्रिया अबरुद्द गर्छन् जनताको लागी । एकै सब्दमा कुरा नमिलेर आफ्नो जुँगे सान राख्न महिनौ मुलुकलाई अनिर्णयको बन्दि बनाउछन् जनताको लागी । आफ्ना साना माग पुरा गराउन सडकमा टायर बालेर सासै फेर्न नसक्ने गरी उकुसमुकुस गराइदिन्छन जनताको लागी ।

२०१७ जनवरीका कार्टुनहरु

Image

धुलोखानी आयोजना

Image
मेलम्ची आयोजना सुरु हुँदा सोचिन्थ्यो - मेलम्ची बाट ख्वालाला पानी आएसी काठमाडौ सिनित्तै पखालिन्छ । यहाँका फोहोरमैला सबै बगाएर लान्छ । यहाँका धुलो मैलोको नामोनिशान हराउनेछ । अनि त थुलो हेर्न नि काठमाडौं बासीलाई धुलिखेल जानुपर्छ । तर उल्टो भो । बरु धुलीखेल का चै काठमाडौं आए भने धुलोले वाक्क भएर जान्छन । बर्षौपछि मेलम्ची आउँछ आउँछ भन्ने हावा आउन थाल्या छ । त्यही हावाले ल्याएको धुलो ले बाताबरण कुइरिमण्डल भाछ । यहाँका घर, घर भाछैन । धुलो को ढिस्को भाछ । यहाँका रुख तथा बिजुलीका खम्बा, रुख -खम्बा छैनन् । धुलोका टौवा भएका छन । र मान्छेहरु मान्छे भएका छैनन् । धुला कै मुर्ती भएका छन् । चलायमान धुले भूत भएका छन् । यसरी मेलम्ची आएर काठमाडौं मा धुलोको छेलोखेलो भएछ । पाइप गाड्ने भनेर खनिएका खाल्डाहरुबाट उत्पादित धुलोबाट उपत्यका धुलो मा आत्मनिर्भर भएको छ । र सबै मान्छे माक्सबादी भएका छन् ।

सरकारको चाल

Image

एनि हाउ चुनाव गराउ ।

चुनाव भनेको लोकतन्त्रको ब्युटी हो । किरिम पाउडर हो । लिपिस्टिक गाजल हो । किलिप काँटा हो । धागो सिरबन्दी हो । चुरा पोते सिन्दुर हो । फेयर एन्ड लभ्ली हो । मोस्चराइजर हो  । चमेलीको तेल हो । सनसिल्क सेम्पु हो । लक्स साबुन हो । गुलाव जामुन हो । फेसवास हो । झम्के फुली हो । कन्ठे तिलहरी हो । छड्के तिलहरी हो । बुलाकी हो । यार्लिङ हो । फूली हो । झुम्का हो । ढुङ्ग्री हो । नौगेडी हो । सिक्री हो । हार त हुदै हो । अझ जित पनि हो । मङ्गलसूत्र हो । छमछम बज्ने पाउजु हो । हजारौ पर्ने साडी हो । चिटिक्क पर्या मिनिस्कट हो । चौबन्दी चोली हो । यी बिना लोकतन्त्र सुन्दर हुनै सक्दिन । जसरी मान्छेलाई मेकअप गर्नु पर्छ । त्यसैगरी लोकतन्त्रलाई नि चुनाव गर्नुपर्छ । जसरी हुन्छ चुनाव गराउ । प्रदेश नमिलोस् । गाउँपालिका नमिलोस्  । स्थानीय निकाय छेउटुप्पै नमिलोस्  । दलहरुको चुनावमा जाने मत नमिलोस्  । सर्वस्विकार्य चित्त नमिलोस्  । नमिल्ने मिल्दै गर्छ चुनाव गरौँ । प्रदेश सिमा, नाप, नक्सा मिल्दै गर्छ । नमिले नि के नै पो नाप्नु छ र ? चुनाप चै गरौं है । चुनाव गरौं । राता रात लगाएर भए नि निर्वाचन सम्बन्धी कानुन पारित गरौं ।

समाजसेवी केटाहरु र राष्ट्रवादी राजनेता

एकताका तत्कालीन एमाले नेता केपी शर्मा ओलीले पार्टीमा चरी, बाहुन, परशुराम लगायत एक से एक डन भित्र्याएका थिए । एकपछि अर्का गुन्डाका नाइकेहरु पार्टीमा भित्र्याउन थालेपछि जनस्तरमा मात्रै होइन पार्टीभित्र पनि त्यसको तीव्र आलोचना भएको थियो । पछिल्लो पार्टी महाधिवेशनमा त माधव नेपालले धनवाद र डनवादविरुद्ध आफूले अध्यक्षमा लड्नुपरेको बताउदै आएका थिए । तर, केपी ओली भने गुण्डा नाइकेहरुलाई खेलाडी केटाहरुको संज्ञा दिन्थे । आफूले समाजसेवी केटाहरुलाई पार्टीमा भित्र्याएका भन्थे । अस्ति केही लेखक स्तम्भकारहरुले ओलीलाई राजनेताको पगरी मात्र गुथाएनन् पृथ्वीनारायण शाह र बीपी कोइरालापछिको उच्च मानव घोषणा गर्नसमेत भ्याए । अहिले ओलीलाई राष्ट्रवादी नेता मान्नेहरुको एउटा जमातै छ । एकखाले बौद्धिक तप्का, एकखाले समाजका फ्रन्टलाइनरहरु, आम सञ्चार तथा सोसल मिडियाहरुमा उनको स्तुतीगान प्रशस्त सुन्न पाइन्छ । तर, ओलीका समाजसेवी केटाहरु र लेखक स्तम्भकारहरुका राष्ट्रवादी राजनेता उपाधिमा उही स्तरको ठट्यौली भेटिन्छ, जब केही पछाडिसम्म मात्र पुगेर उनको विगत केलाउन थालिन्छ र केही अगाडि मात्र पुगेर राजनायकीका योग्यता केलाउन थ

पृथ्वीनारायणको सम्मान गरम्

अचेल के भाको यो ? यत्रो मुलुक एकिकरण गर्ने पृथ्वीनारायणलाई भसक्कै बिर्सिन थाले । यसरी मुलुक एकीकरण गर्नेलाई पनि बिर्सिन हुन्छ ? आज पृथ्वीनारायण बिर्सेर नि हुन्छ ? आज पृथ्वीनारायण बिर्सियो । भोलि नेपालै बिर्सेला । पर्सि भुकम्पमा ढलेको धरहरा बिर्सेला । निपर्सी हनुमान ढोका अगाडिको गरुडको मुर्ती बिर्सेला । कानेपर्सी बाहिर निस्किदा कानेटोपी नै बिर्सेला । यसरी हुन्छ ? जाडो हुन्न ? त्यसैले जसरी हुन्छ पृथ्वीनारायण नारानलाई सम्झिउ । सम्झिन गाह्रो भैराछ भने कापीमा टिपौ । घोकौ । कण्ठ पारम् । मोबाइल फूनमा रिमान्डर राखौ । अलार्म राखेर भए नि दिनको ३-४ फेरा सम्झिम । सिलिङमा पृथ्वीनारायणका पृथ्वीनारायण लेखम ताकी बिहान उठ्नासाथ देखियोस । त्यसपछि ओछ्यानमै उत्तान्टाङ लाएर नाम बाचन गरम् । एउटो माला किनम्  एक्से आठ फेरा पृथ्वीनारायण जपम । बस्दा टुपी लगेर माथी बाधौ । ताकी कतै लाग्न खोझ्दा झोट्याक टुपी तानियोस् । टुपि फुकाम्जेल उनैलाई सम्झिम् । पृथ्वीनारायण लाई सम्झिम है सम्झिम नत्र मुलुक नरहला । मेमोरी पावरको नि ख्याल गरम । पुग्दैन भने मेमोरी पावर बढाम् । तर नभुलम् । सम्झिरम् । अरु सब भुलम् । पृथ्वीनाराय