पृथ्वीनारायणको सम्मान गरम्
अचेल के भाको यो ? यत्रो मुलुक एकिकरण गर्ने पृथ्वीनारायणलाई भसक्कै बिर्सिन थाले । यसरी मुलुक एकीकरण गर्नेलाई पनि बिर्सिन हुन्छ ? आज पृथ्वीनारायण बिर्सेर नि हुन्छ ? आज पृथ्वीनारायण बिर्सियो । भोलि नेपालै बिर्सेला । पर्सि भुकम्पमा ढलेको धरहरा बिर्सेला । निपर्सी हनुमान ढोका अगाडिको गरुडको मुर्ती बिर्सेला । कानेपर्सी बाहिर निस्किदा कानेटोपी नै बिर्सेला । यसरी हुन्छ ? जाडो हुन्न ?
त्यसैले जसरी हुन्छ पृथ्वीनारायण नारानलाई सम्झिउ । सम्झिन गाह्रो भैराछ भने कापीमा टिपौ । घोकौ । कण्ठ पारम् । मोबाइल फूनमा रिमान्डर राखौ । अलार्म राखेर भए नि दिनको ३-४ फेरा सम्झिम । सिलिङमा पृथ्वीनारायणका पृथ्वीनारायण लेखम ताकी बिहान उठ्नासाथ देखियोस । त्यसपछि ओछ्यानमै उत्तान्टाङ लाएर नाम बाचन गरम् । एउटो माला किनम् एक्से आठ फेरा पृथ्वीनारायण जपम । बस्दा टुपी लगेर माथी बाधौ । ताकी कतै लाग्न खोझ्दा झोट्याक टुपी तानियोस् । टुपि फुकाम्जेल उनैलाई सम्झिम् । पृथ्वीनारायण लाई सम्झिम है सम्झिम नत्र मुलुक नरहला । मेमोरी पावरको नि ख्याल गरम । पुग्दैन भने मेमोरी पावर बढाम् । तर नभुलम् । सम्झिरम् । अरु सब भुलम् । पृथ्वीनारायण नभुलम् । राष्ट्र निर्मातालाई भुल्न हुन्च ? नभुल्नेलाई कार्वाही गरुम् । कसैले भुलेका छन कि वा भुल्छन कि? अनुगमन गरम्
उहाँको सम्मान गरम् । यतिसम्म कि मन्दिरै बनाम् । पुजा गरम् । घण्टा बजाम् । पृथ्वी चालिसा बनाम् । पाठ गरम् । सप्ताह लगाम् । भजन किर्तन गरम् । अपुङ्गो खाम् । हनुमान निकालम् । नारान पो हुन त सालिकमा माला लगाएर पुग्छ ? अझ सकिन्छ भने पृथ्वीजात्रै निकालम् किर्तिपुरमा मुखुण्डो लगाएर नाचम् । सकिन्छ भने अन्तर्राष्ट्रिय सकिन्न भने राष्ट्रिय भने नि बिदा गरम । विभिन्न शक्ति पिठमा आरधना गरम् । अझ नेपाल बन्दै गरम् । कर्फ्यु लगाम् । ओइ ! को हो त्यो 'राष्ट्र निर्माता'को बड्डेमा काम गर्ने ? ठोक !
(पुस-२६ ताका लेखेको पोष्ट गर्न ढिला भो )
Comments
Post a Comment