जनताको लागी
हाम्रा देशका नेताहरु साह्रै जनप्रेमी । उहाँहरु जे गरे पनि हामी जनता कै लागि गर्नुहुन्छ । उहाँहरु खानु हुन्छ जनताकै लागि । बस्नुहुन्छ जनताकै लागि । सुत्नु हुन्छ जनताकै लागि । उठ्नुहुन्छ जनाताकै लागि उठेर फेरी खानुहुन्छ जनताकै लागि । उहाँहरुका निम्ती ब्यक्तिगत भन्ने त कुरै हुन्न । जे हुन्छ सबै जनताकै लागि हुन्छ । धर्मात्माहरुले जे छ र जे गरिन्छ ति सबै प्रभुकैलागी र प्रभुकै इच्छाले गरिन्छ भने झैँ नेतात्माहरु नि जे छ र जे गरिन्छ ति सबै जनताका लागी गर्छन र गरियो भन्छन । कहिलेकाहीँ त एक जनताको नाताले उनीहरु अघि प्रत्यक्ष भएर - “म तिमीहरुको भक्तिबाट प्रसन्न भएँ । के बर माग्छौ माग !” भनुम् कि झैँ लाग्छ । पछि यसो सोच्छु - उनीहरुले कहाँ बर माग्छन् त ? भोट पो माग्छन त ।
हाम्रा नेताहरु सत्ता प्राप्तिको सपना देख्छन जनताको लागी । बकवास माग राखेर प्रक्रिया अबरुद्द गर्छन् जनताको लागी । एकै सब्दमा कुरा नमिलेर आफ्नो जुँगे सान राख्न महिनौ मुलुकलाई अनिर्णयको बन्दि बनाउछन् जनताको लागी । आफ्ना साना माग पुरा गराउन सडकमा टायर बालेर सासै फेर्न नसक्ने गरी उकुसमुकुस गराइदिन्छन जनताको लागी ।
कालोबजारी, घुसखोरी र तस्करीलाई बढावा दिन्छन् जनताको लागी । नाताबाद कृपावादलाई मलजल गर्छन् जनताको लागी । अराजकतालाई हलक्कै बढाउँछन् जनताकै लागी ।
यहाँ नेताहरुले गर्ने स्वार्थ्य सिद्दिका सवै कर्महरु जनताको लागी हुन् । सुकर्म दुस्कर्महरु सब जनताका लागी हुन् । नेताका सब का सब कार्यहरु जनताका लागी हुन् । सबका सब सुबत्रो उपद्रो हाम्रालागी गर्ने नेताहरुलाई लोक, परलोक दुबैमा एस आराम मिलोस् !
हाम्रा नेताहरु सत्ता प्राप्तिको सपना देख्छन जनताको लागी । बकवास माग राखेर प्रक्रिया अबरुद्द गर्छन् जनताको लागी । एकै सब्दमा कुरा नमिलेर आफ्नो जुँगे सान राख्न महिनौ मुलुकलाई अनिर्णयको बन्दि बनाउछन् जनताको लागी । आफ्ना साना माग पुरा गराउन सडकमा टायर बालेर सासै फेर्न नसक्ने गरी उकुसमुकुस गराइदिन्छन जनताको लागी ।
कालोबजारी, घुसखोरी र तस्करीलाई बढावा दिन्छन् जनताको लागी । नाताबाद कृपावादलाई मलजल गर्छन् जनताको लागी । अराजकतालाई हलक्कै बढाउँछन् जनताकै लागी ।
यसरी हाम्रा नेताहरु दिनदिनै जनतालाई केही गर्नका निम्ती सोचमग्न छन । उहाँहरु जनताको लागी केही गर्न अहोरात्र खटिएका छन । यसरी खटिदा कहिँ कतै गल्ति कमजोरी पनि हुन सक्छ । तर त्यो उहाँहरुले आफ्नो लागी गरेका होइनन् । जनताको लागी हुन् । सुकर्म कुकर्म जे छ सब उहाहरुले जनताका लागी गरेका हुन् ।
मानौ कि तपाइँ कुनै रात्री /दिवा भोजमा नेताज्यूसँग सँगै भोजन गर्ने अवसर पाउनुभो । र उहाँले थपी थपी उपद्रै खानु भो । उहाँको एतिहासिक खवाईप्रति अचम्मित हुँदै तपाईं सोध्नुहोला - “हैन ए नेता ज्यु, तपाईंले त खाना पनि बब्बाल खानुभो नि त ?“ नेता ज्युबाट पक्कै जवाफ आउछ - “क्यार्नु त ? अब आफ्नो लागि भए त सानो एक प्लेट भए नि पुग्थ्यो । आफु त जनताको लागी खान्छु खाना पनि । ति भोका नाङगा जनता हरुलाई सम्झन्छु झन झन बढी खान्छु । अब जनताको लागि पेट भर्न परेपछी अली बढी त खाइन्छ नै ।”
अझ नेताज्युको मुड रहेछ भने त थप्नु होला –“खाना मात्र धेरै खानु भयो भन्नु होला ,त्यो हैन म त लुगा नि साह्रै बाक्ला र महगा लगाउछु । यि मेरो ज्याकेट हेर्नोस न ठ्याक्कै एक कुरेत बाक्लो छ । यो कोट मात्र झन्डै एक लाख पर्या छ । के गर्नु बाटोमा जाडाले लुगलुग काँपेका जनता हरु देख्छु । सितलहरले काठयाङरिएर मरेका ति गरीब निमुखा जनताहरु सम्झन्छु । भक्कानु छुटेर आउछ । साह्रै भाबुक हुन्छु । मनले मान्दैन अनि लगाउछु बाक्ला र महंगा कपडाहरु । यो सिजन यस्तै छ । पानि नै परेको बेला मात्र हो नत्र गर्मीले हपहपी हुन्छ । तैपनि बाक्ला कपडा लगाउँछु । बाक्ला कपडाले अली गर्मी त हुन्छ । तैपनी जनताको लागि हल्का गर्मी पनि सहनु परेको परेको छ ।
मानौ नेताजी सुत्दा लास्टै घुर्नुभो । घरका मात्र होइन छिमेकका मानिस समेत सुत्न सकेनन बाघै कराएको हो कि भनी टोल भरिका कुकुर भुकेर लास्टै गरे । अती भएसी छिमेकिले कम्प्लेन गरे - “हैन ए नेता ज्यु ! तपाईंले त घुरेर लास्टै गर्नु भो नि ? यो त अत्ती भो है ! यसो गर्न त भएन नि । नेताज्युले भन्नु भयो – “धत ! किन नघुर्ने ? घुर्छु ! नघुरी हुन्न । थोडी मैले आफ्नो लागि घुरेको हुँ र ? मैले त जनताको लागि पो घुरेको ।”
मानौ एकदिन नेताज्युले सार्वजैनिक स्थानमा धुमपान गर्नु भएछ । एकछिन त सहेछन वरपरकाले । जब एउटा चुरोट सिध्याइसकेसी अर्को चुरोट सक्काउन तम्सेछन तब एक जनाले मुख फोरेर भनेछन –“हैन ए नेताज्यु ! यो सार्वजैनिक स्थानमा धुमपान गर्नु भन्दा उ त्यो स्मोकिङ जोनमा गएर धुमपान गर्न मिल्दैन ?“ नेताजीले भन्नु भएछ –“मिल्दैन कहाँ मिल्छ ? मैले आफ्नो लागि धुमपान गरेको हुँँ र स्मोकिङ जोनमा गएर चुरोट खान ? मैले त जनताको लागि धुमपान गरेको । यहीं खान्छु । यहीं खाएपो जनताले यसको असर प्राप्त गर्न सक्छन । चुरोट किनेर खान नसक्ने जनताले क्यान्सरबाट बन्चित हुन नपरोस भनेर मैले यसरी सार्वजैनिक स्थानमा धुमपान गर्ने गरेको छु ।”
मानौ एक दिन नेताजी फिलिली अवस्थामा भट्टिमा भेटिएछन् । नेताज्यु जस्तो प्रतिष्ठित ब्यक्ती यसरी भट्टिमा भेटिंदा धेरैले जिब्रो टोके । अत्यमा एकजना भलाद्मिले सोधे –“हैन ए नेताजी ! तपाईं जस्तो मान्छे यसरी भट्टि पसेर फिलिली हुनुहुन्छ ? यो त मुलुककै बेइज्यत भो नि !”
नेताजिले हिक्क गर्दै भन्नुभयो –“मुझे पिनेका सोख नहीं यार । यो सब जनताको लागी पिएको हुँ । जनताले दु:ख पाएका देख्दा, उनिहरुको गरीबी र अभाव देख्दा मन त्यसै त्यसै मन भकानिएर आउछ । साह्रै पिडा भएर आउछ । त्यसैले पिडा भुल्न पिउने गर्छु । यो सब जनताको लागि हो ।”
यहाँ नेताहरुले गर्ने स्वार्थ्य सिद्दिका सवै कर्महरु जनताको लागी हुन् । सुकर्म दुस्कर्महरु सब जनताका लागी हुन् । नेताका सब का सब कार्यहरु जनताका लागी हुन् । सबका सब सुबत्रो उपद्रो हाम्रालागी गर्ने नेताहरुलाई लोक, परलोक दुबैमा एस आराम मिलोस् !
Comments
Post a Comment