एनि हाउ चुनाव गराउ ।

चुनाव भनेको लोकतन्त्रको ब्युटी हो । किरिम पाउडर हो । लिपिस्टिक गाजल हो । किलिप काँटा हो । धागो सिरबन्दी हो । चुरा पोते सिन्दुर हो । फेयर एन्ड लभ्ली हो । मोस्चराइजर हो  । चमेलीको तेल हो । सनसिल्क सेम्पु हो । लक्स साबुन हो । गुलाव जामुन हो । फेसवास हो । झम्के फुली हो । कन्ठे तिलहरी हो । छड्के तिलहरी हो । बुलाकी हो । यार्लिङ हो । फूली हो । झुम्का हो । ढुङ्ग्री हो । नौगेडी हो । सिक्री हो । हार त हुदै हो । अझ जित पनि हो । मङ्गलसूत्र हो । छमछम बज्ने पाउजु हो । हजारौ पर्ने साडी हो । चिटिक्क पर्या मिनिस्कट हो । चौबन्दी चोली हो । यी बिना लोकतन्त्र सुन्दर हुनै सक्दिन । जसरी मान्छेलाई मेकअप गर्नु पर्छ । त्यसैगरी लोकतन्त्रलाई नि चुनाव गर्नुपर्छ । जसरी हुन्छ चुनाव गराउ ।

प्रदेश नमिलोस् । गाउँपालिका नमिलोस्  । स्थानीय निकाय छेउटुप्पै नमिलोस्  । दलहरुको चुनावमा जाने मत नमिलोस्  । सर्वस्विकार्य चित्त नमिलोस्  । नमिल्ने मिल्दै गर्छ चुनाव गरौँ । प्रदेश सिमा, नाप, नक्सा मिल्दै गर्छ । नमिले नि के नै पो नाप्नु छ र ? चुनाप चै गरौं है । चुनाव गरौं । राता रात लगाएर भए नि निर्वाचन सम्बन्धी कानुन पारित गरौं । पारित नभए जे छ त्यही रितमा गरौं । रित नमिले भिडौ र जितमा गरौं । कानुन नै न आयोनूनमा गरौं । चुनाव चै गरौं ।


भए नयाँ सम्रचनामा गरौं  नभए पुरानो सम्रचनाको भए नि नछोडम । गाउँपालिका नगरपालिका नभए गाउँ बिकास समिती नगर बिकास समितिकै भए नि गर्दिम । त्यो नि नभए गाउँ पन्चायत नगर पन्चायतको चुनाव गर्दिम । पर्धानपन्च चुन्दिम । त्यो पनि नभए अझ अघिको सम्रचनामा जाम । मुखिया, जिम्बलको चुनाव गरौ । त्यो नि नभए राणाकालिन सम्रचनामा जाम । भोट दिएर श्री ३ चुनौ । डेमोक्रेटिक राणा शासन चलाएर बिश्वलाइ चकित पार्दिम । आज माथी पुगेर चौतरीया, मुख्तियार, काजी, भाइभारदारको चुनाव गरौं । त्यस अघिको बाइसे चौविसे राज्यकै चुनाव गरौं । राजै राजा जन्माउम् । अझ अघिको  लिगलिगे चुनाव  गरौं । जसरी हुन्छ चुनाव गरौं । नयाँ सम्रचना नबने पुरानो छँदैछ । चुनाव चै गरौं है ।

Comments

Popular posts from this blog

'सरी ! योर ट्रान्जेक्सन ह्याज विन टर्मिनेटेड !'

रुम नम्बर ट्वान्टी फाइभ