धुलोखानी आयोजना

मेलम्ची आयोजना सुरु हुँदा सोचिन्थ्यो -मेलम्चीबाट ख्वालाला पानी आएसी काठमाडौ सिनित्तै पखालिन्छ । यहाँका फोहोरमैला सबै बगाएर लान्छ । यहाँका धुलोमैलोको नामोनिशान हराउनेछ । अनि त थुलो हेर्न नि काठमाडौंबासीलाई धुलिखेल जानुपर्छ ।
तर उल्टो भो । बरु धुलीखेलका चै काठमाडौं आए भने धुलोले वाक्क भएर जान्छन ।

बर्षौपछि मेलम्ची आउँछ आउँछ भन्ने हावा आउन थाल्या छ । त्यही हावाले ल्याएको धुलोले बाताबरण कुइरिमण्डल भाछ । यहाँका घर, घर भाछैन । धुलोको ढिस्को भाछ । यहाँका रुख तथा बिजुलीका खम्बा, रुख -खम्बा छैनन् । धुलोका टौवा भएका छन । र मान्छेहरु मान्छे भएका छैनन् । धुलाकै मुर्ती भएका छन् । चलायमान धुले भूत भएका छन् ।

यसरी मेलम्ची आएर काठमाडौंमा धुलोको छेलोखेलो भएछ । पाइप गाड्ने भनेर खनिएका खाल्डाहरुबाट उत्पादित धुलोबाट उपत्यका धुलोमा आत्मनिर्भर भएको छ । र सबै मान्छे माक्सबादी भएका छन् ।


यहाँ पानी भन्दा बढी । तरकारी, भात भन्दा बढी । कोदाको ढिडो र लोकल कुखुराको मासु भन्दा बढी । कुलेखानी भन्दै जनकपुरबाट ल्याएका कत्ले माछाभन्दा बढी । ट्रक चढी आएका बुढी भैसीका म:मभन्दा नि बढी । न्युरोडको गुत्पाक भन्दा नि बढी । उपत्यकामा बन्ने मोजाका स्पेसल लोकल मदिरा भन्दा पनि बढी । आस गरेर बस्यो "ल खा ! " भनी दिइने  ख्वाइने लोप्पा भन्दा पनि बढी । बिश्वास गर्दा पाइने धोका भन्दा पनि बढी काठमाडौंबासीले धुलो खान पाएका छन । त्यही पनि सित्तैमा ।

सित्तैमा यसरी मनग्गे धुलो खान दिने मेलम्ची आयोजनाको जय होस् । तर आयोजनाको नाम चै 'मेलम्ची खानेपानी आयोजना' हुनु कताकता नमिले झै लाग्छ । अब खानेपानी दिने भए पो खानेपानी आयोजना भन्नू ? पानी थोप्पो दिन्न । बरु नखाने धुलो दिन्छ । नखाए नि 'लौ घिच् !' भनेर कोच्याको कोच्यायै छ । त्यसैले यसलाई मेलम्ची खानेपानी आयोजना नभनेर 'मेलम्ची धुलोखानी आयोजना भने कसो होला ? आखिर धुलो ख्वाएको ख्वायै छ ।

धुलोखानी आयोजना नै भएपनी एकदिन यसले एकदिन पानी ल्याओस् । बरु धुलेखानी आयोजनाबाट पानी आउन्जेल 'धुलोखाने ' पो रहलान् कि नरहलान् ?


Comments

  1. pani aaunjel rahien6 baru tyo pachhidhulo sinniti safa vaeo. pollution vaena vane hamra jyan lai sahana adjust garna garai parlavanne pir 6

    ReplyDelete

Post a Comment

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ