Posts

Showing posts from March, 2017

हवाईजहाजै लिएर जानु ?

Image
कार्टुन, कारोबार दैनिक मार्च, ३०, २०१७

सफल भ्रमण

Image
कार्टुन कारोबार दैनिक २९, मार्च, २०१७ 

सडकका साँढेहरु !

Image
कार्टुन कारोबार दैनिक २५, मार्च, २०१७ 

हामीः आत्मपुराण

Image
चार वेद अठार पुराण कतै उल्लेख नभएको । चार टाउके ब्रम्हाजी र हजार जिप्रा भएका शेषनागले समेत गर्न नसकेको ‘हामी’को बयानमा दुई शब्द खर्चिन पाउँदा असाध्यै खुसी लागिरहेको छ । यसै त हामी भन्ने शब्दै जोसिलो छ । शब्दभित्रको भावै जोसिलो छ । त्यही भावभित्र अटाएका हामी झनै जोसिला छौं । यही जोसमा हाम्रै चर्चा गर्दै हामी महिमा लेख्दैछु । सबैभन्दा ठूलो र गतिलो कुरो त हामी सधैं अगाडि हुन्छौं । हामी पछि पर्नै चाहन्नौं । कतै लाइन लाग्ने कुरामा हेरम् न कसरी कसरी उछिनेर फुत्त बीचमा घुसिहाल्छौं । त्यहाँबाट पनि कसरी अगाडी जाने दाउमै हुन्छौं । तर, कोइ अरु बीचमा छिरोस् त, सकिने छ भने टिपेर अगाडि फालिन्छ । सकिन्न भने अरुलाई हल्ला गरेर भए नि पछाडि पु¥याएरै छाड्छम् । लु हेर्नोस् त हाम्रो कति प्रगतिवादी सोच । आफू अरुभन्दा जहिल्यै अगाडि नै हुन्छौं । यसैगरी त हो नि प्रगति हुने भनेकै । सार्वजनिक यातायात प्रयोग गर्दा दुई जना मात्र किन नहोउन् । खुरुरु कुदेर अगाडि नै पुग्छौं हामी । अगाडि नभई आराम हँुदैन हामीलाई । दुई चार जना कुरो सुन्ने मानिस भेटिए नेताहरु, देश र यहाँको अस्तव्यस्तता भक्कु गाली गर्दछौं । महिला

कञ्चनपुर गोलीकाण्डसँग जोडिएका ‘अति’हरू

Image
यो जुगमा दुनियाँमा भारतै त्यो देश होला, जसले लाजै नमानी अर्को एक सार्वभौमसत्ता सम्पन्न मुलुकको सीमाभित्र पसेर विकास निर्माणका काम भत्काउन सक्छ । र, सोही निर्लज्ज बाँदरे प्रवृत्तिको विरोधमा उत्रिएका निशस्त्र, निहत्था नागरिकप्रति गोली ठोक्न सक्छ । ज्यान लिन सक्छ । सानै किन नहोस् विश्व मञ्चमा नेपालको हैसियत नि एक मुलुकको हो भारतको पनि । आत्मसम्मान दुवै बराबर नै हो । नेपालको ठाउँमा भारतले यो हर्कत पाकिस्तान, बंगलादेश वा चीनको सीमामा गरेको भए के हुन्थ्यो होला स्थिति ? अब टाढा नजाम् रोटी र बेटीको सम्बन्धतिरै फर्कौं– रोटी र बेटीको सम्बन्धमै यो घटना नेपालको तर्फबाट भएको भए ? नेपाली पक्षले चैं भारतको सीमाभित्र गएर कलभर्ट भत्काएको भए ? नेपाली सुरक्षाकर्मी छिरेर गोली ठोकेर भारतीय नागरिक मारेको भए स्थिति के हुन्थ्यो होला ? नेपालको सीमा काटेर गरिने यो अति हेपाइ र निर्लज्जताको हद हो । जुन कुनै नयाँ नभई एसएसबीको पटके ज्यादती थियो । कञ्चनपुर घटनापछि नेपाल सरकारले क्यै नसके नि घटनाको कडा शब्दमा निन्दा र भत्र्सना गर्दै भविष्यमा यस्ता घटना नदोहो¥याउन चेतावनी त दिन्छ भन्ने अपेक्षा थियो । घटनाबारे र