हामीः आत्मपुराण

चार वेद अठार पुराण कतै उल्लेख नभएको । चार टाउके ब्रम्हाजी र हजार जिप्रा भएका शेषनागले समेत गर्न नसकेको ‘हामी’को बयानमा दुई शब्द खर्चिन पाउँदा असाध्यै खुसी लागिरहेको छ । यसै त हामी भन्ने शब्दै जोसिलो छ । शब्दभित्रको भावै जोसिलो छ । त्यही भावभित्र अटाएका हामी झनै जोसिला छौं । यही जोसमा हाम्रै चर्चा गर्दै हामी महिमा लेख्दैछु ।
सबैभन्दा ठूलो र गतिलो कुरो त हामी सधैं अगाडि हुन्छौं । हामी पछि पर्नै चाहन्नौं । कतै लाइन लाग्ने कुरामा हेरम् न कसरी कसरी उछिनेर फुत्त बीचमा घुसिहाल्छौं । त्यहाँबाट पनि कसरी अगाडी जाने दाउमै हुन्छौं । तर, कोइ अरु बीचमा छिरोस् त, सकिने छ भने टिपेर अगाडि फालिन्छ । सकिन्न भने अरुलाई हल्ला गरेर भए नि पछाडि पु¥याएरै छाड्छम् । लु हेर्नोस् त हाम्रो कति प्रगतिवादी सोच । आफू अरुभन्दा जहिल्यै अगाडि नै हुन्छौं । यसैगरी त हो नि प्रगति हुने भनेकै ।
सार्वजनिक यातायात प्रयोग गर्दा दुई जना मात्र किन नहोउन् । खुरुरु कुदेर अगाडि नै पुग्छौं हामी । अगाडि नभई आराम हँुदैन हामीलाई । दुई चार जना कुरो सुन्ने मानिस भेटिए नेताहरु, देश र यहाँको अस्तव्यस्तता भक्कु गाली गर्दछौं । महिला सिटमा ढसमस्स बस्दै सबै खतम, नैतिकताहीन, अलिकति असल त कोही छन् भने आफै हो भन्छम् र निस्कने बेलामा नक्कली विद्यार्थी कार्ड देखाएर डिस्काउन्ट गर्छम् र निस्कन्छम् ।

निजी सवारी प्रयोग गर्छम् भने त नकुरा गरम । हामी कम्ताका मान्छे होइनौं । हामी अन्तरिक्षको यात्रामा छौं र २–४ घन्टामा त्यहाँ पुगीकन पनि फर्कनुपर्छ । त्यसैले रोकिनै हुन्न । बेतोडले दगुराउनै पर्छ । यसक्रममा यसमा सवारी फुटपाथमै उकाल्न किन नपरोस् । आफू र अरुलाई स्वर्गलोक नै उकाल्न किन नपरोस् । एनिहाउ अघि हौं । बस ! पुग्यो ।
हामी पैदलयात्री पनि कम्ता सर्वशक्तिमान छैनम् । हात ठड्याएको भरमा अजंगका यातायात साधन रोक्दिन्छम् जेब्रा क्रसिङ र आकाशे पुल, छु मतलब ? हाम्लाई नि अगाडि नै हुनुछ ।
पसल अर्थात् सपिङ जाउँ त्यहाँ पनि आफू अरुलाई उछिन्न सकौं । नत्र के आनन्द ? जब लिने कुरा आइपर्छ हामी सबैभन्दा अगाडि हुन्छौं । आखिर लिने कुरा पहिल्यै त लिनुपर्छ । जब दिने कुरा आइपर्छ त्यसमा नि हामी अघि नै हुन्नौ । तर भाग्दा ?
हामी, दूरदर्शी छम ताकि भविष्यप्रति साह्रै सचेत छम् । कुनै कुरा अभाव हुने हल्ला आओस् हामी वर्षौंलाई पुग्ने किन्न र राख्न सक्छौं । इन्धन खाद्यान्न मात्र होइन अनावश्यकै चिज छ भने नि अभावको अहल्ला चलेसी किन्न पछि पर्दैनम् । अभाव हुने भनेपछि चुकै पनि पाथीका पाथी किन्न पछि पर्दैनम् । हामी समुन्द्रै रित्याइदिन्छौं केही दिनमै हाम्रो अभावमा । किनकि हामी सधैं अगाडि नै छौं र जुन चाहन्छौं ।
यो ब्रम्हाण्डको सबैभन्दा सम्मानित प्राणी हामी नै हौं । देश विदेशबाट सबैभन्दा बढी सम्मान हामी नै पाउँछौं । संसारमा बन्ने खादाको अधिकांश हिस्सा हाम्रै काँधले ओगट्छ । गच्छेअनुसार २५० ग्रामदेखि १५० किलो सम्मको माला हामी कहाँ नै बन्छ । लगाउने–लगाइदिने हुन्छ । लाग्छ, फेसबुकको सर्भरको अधिकांश हिस्सा देशविदेशमा रहेका नेपालीहरुले पाएको सम्मानको तस्वीरहरुले खान्छ । ठूलो र गौरवको कुरा त हामी सम्मानमा पनि आत्मनिर्भर छौं । हामी आफ्नो सम्मानका लागि कसैको मुख ताक्दैनौं । कुनै एउटा संस्थाबाट सम्मान किनेर ग्रहण गर्छौं । ताली पिट्छौं । मुसुमुसु हास्छम् फेसबुकमा ठेल्छौं । पान पसलमा गएर मीठा पान किनेर खान जतिको नि गाह्रो छैन हामीलाई सम्मान खान । खल्तीमा पैसा चैं हुन प¥यो, बस पुग्यो । नभए नि फरक छैन । हामी त उहिल्यैदेखि अर्मपर्म, ऐंचो–पैंचो चलाइररहेका मान्छे । सम्मानमा नि पर्म, पैंचो चलायो । क्या काइदा । यही हाम्रो अझ गर्वको विषय हामीमा लाज पचाउन सक्ने अद्भूत क्षमता छ । फलाना संस्थाले मलाई मान ग¥यो भनेर हामी लाजै नमानी आफ्नो मपाइत्व प्रदर्शन गर्न सक्छौं ।
हामी मान–सम्मान भनेर मात्रै पनि बस्दैनौं । यो त अम्बल मात्रै हो । तलतल लागेसी सेवन ग¥या मात्र हो । हामी त कर्ममा बिश्वास गर्ने मान्छे हौं । हामी आफ्नो भाग्य आफैं बनाउने खालका मान्छे हौं । त्यसका लागि सामाजिक सञ्जालमा बनकाली माईको तस्वीर राख्छम् र देख्नासाथ लाइक गर्छौं र गराउछौं । र भाग्य बनाउँछम् ।
देश–विदेश जहाँ हुन्छौं हामी हाम्रो पार्टी, संगठन, एकता छोड्दैनौं । सात समुद्रपारि जाँदा पनि ५० जना भयौं भने ५१ वटा संगठन बनाइदिन्छौं । जहाँ पुगे नि, जुन पेसामा रहे नि हामीभन्दा अघि नै राजनीति पु¥याइसक्छौं ।

Comments

Popular posts from this blog

'सरी ! योर ट्रान्जेक्सन ह्याज विन टर्मिनेटेड !'

रुम नम्बर ट्वान्टी फाइभ