त्यो २ मिनेट
भन्थे -"भूकम्प आएसी टेबलमुनी लुक्नु पर्छ । तकिया, हात वा झोलाले टाउको जोगाउनुपर्छ ।" कहिलेकाहीँ साना तिना भूकम्प आउथे, गैहाल्थे । टेबलमुनि लुक्न कहिल्यै नभ्याइने । लाग्थ्यो - "यत्रो ज्ञान कहिल्यै प्रयोग गर्नै पाइन्न कि के हो ?" ०७२ बैशाख १२ को कुरा हो । खाना खाइवरी बिस्तारामा उपरखुट्टी लाएर फेसबुक ट्विटरतिर उखानटुक्का हाल्दैथिएँ । खाट हल्लियो । जुरुक्क उठेर बसेँ । हल्लिन छोडेन । "भूकम्प आएछ कि क्याहो ?" भनेर सोच्दै गर्दा कम्पन तेज भो । घट्याङ घट्याङ झ्याल नि बज्न थाल्यो । आज चै भूकम्प नसकिदै टेबलमुनि लुक्छु भनेर टेबलतिर लागेँ । भूकम्प आएको भन्दा नि डर टेबलमुनी नपुगी भूकम्प सकिन्छ कि भन्ने थियो । टेबलमुनी छिरिसक्दा ढुक्क र आनन्द महसुस भयो । जीवनमा सिकेको ज्ञान आज प्रयोग गर्न पाइयो भन्ने भो । बडा मजा आयो । तर हल्लिन छोडेन । हल्का डर लागेर आयो । अब हातले टाउको छोपेर गुडुल्केर बसेँ । यसपाली भने सारा ज्ञान प्रयोग भो । अब तकिया नि ल्याएर टाउको जोगाउनु पर्छ भन्ने भयो । बल्ड्याङ खाइ खाइ गएर तकिया ल्याइयो । टाउकामा माथी राखियो । तर भुकम्प रोकिएन । भूकम्प नरोक