प्रधानमन्त्रीको काम

नेपालमा झन्डै झण्डै सालिन्दा एक जना प्रधानमन्त्री फेरिन्छन् । उस्तै ज्याद्रा प्रधानमन्त्री परेमा दुई बर्ष नै चलाऊछन । मामुली परेमा छ महिनामै बाटा लाग्छन् । तथापी सरकारको औसत आयु भनेको एक बर्ष हो । तर समय जतिसुकै होस् । यसले सरकार या प्रधानमन्त्रीको सफलता असफलता निर्धारण गर्दैन । सफलता असफलता भन्ने कुरा त प्रधानमन्त्रीमा चुनिएपछी उनले आफनो कार्यभार पूरा गरे कि गरेनन् त्यसले निर्धारण गर्छ । यसरी हेर्दा नेपालका धेरै प्रधानमन्त्रीहरु सफल भएका छन । असफल भनेका केही केही मात्र हुन । किनकी केहि छिटपुट प्रधानमन्त्रीलाई छाड्ने हो भने बाकी सबै प्रधानमन्त्रीहरुले आफुले प्रधानमन्त्री भएर गर्नुपर्ने काम पूरा गरेका छन् । अब चर्चा गरौ प्रधानमन्त्रीले गर्नुपर्ने कामहरु केके हुन त ?

१) सपथ ग्रहण:
यो प्रधानमन्त्रीको पहिलो र महत्वपूर्ण काम हो । हामीले बिहान उठेसी चिया नास्ता नखाई अरु काम नगरे झै प्रधानमन्त्रीले नि सपथ नखाई अरु कामकुरा सुरु गर्दैनन । सपथ आफ्नो जे मा बिश्वास रहन्छ र आफु जसको कारण प्रधानमन्त्री भएको जस्तो लाग्छ, त्यसैका नाममा खाने गरिन्छ । ईश्वरमा बिश्वास छ र उनैको परम अनुकम्पाले प्रधानमन्त्री मिलेको बिश्वास लाग्नेहरुले ईश्वरको नाममा सपथ खान्छन । जनता प्रति बिश्वास छ र जनताले बुद्दी बिगार्नाले आफुले प्रधानमन्त्री पाएको हो जस्तो लाग्नेहरुले जनताको नाममा सपथ खान्छन् । यस्तै फट्याइ प्रति बिश्वास छ र ईश्वर जनता क्यै होइनन् आफनै फट्याइको कारण यहा सम्म आइयो र प्रधानमन्त्री भैयो भन्ने बिश्वास लाग्नेहरुले फट्याइको नाममा सपथ खान्छन् । तर फट्याइको नाममा सपथ खाने बिधि अलि फरक छ । फट्याइको नाममा सपथ खादा फट्याईको नाम मनमनै लिइन्छ र मुखले ईश्वर वा जनताकै नाम लिइन्छ ।

३) सपथ दान :
प्रधानमन्त्रीले सपथ खाइसकेसी गच्छे अनुसार सपथ खुवाउने गरिन्छ । यसरी सपथ खुवाउदा सपथ खानेहरुलाई मन्त्री भनिन्छ । जसमा मन्त्रीभन्दा ठुला उपप्रधानमन्त्रीहरु पनि हुन्छन । यसरी सपथ खुवाउदा मन्त्री जति बढी भए उति अच्छा मानिन्छ । र सरकारको खुट्टा बलियो हुन्छ । हालसम्म देउवाजी र भट्टराईजीले यसमा सबैलाई जितेका छन । अझ अचेल त उपप्रधानमन्त्रीको नि ठुलै बथान बनाएर सानदार रुपमा सपथ खुवाउने चलन चलेको छ । यसमा ओलीजीले सबैलाई जितेका छन् ।

३) भारत भ्रमण :
प्रधानमन्त्रीको अर्को महत्वपूर्ण काम भारत भ्रमण हो । यसरी भ्रमण गर्दा टोली जति ठुलो भयो भ्रमण उति सफल मानिन्छ ।

४) प्रधानमन्त्रीले भारत भ्रमणको केही महिना भित्र चीन भ्रमण नि गर्नुपर्छ । चीन जादा नि जती ठुलो टोली भो उति राम्रो मानिन्छ । र दुबै भ्रमण जस्तो भए पनि सफल भनेर प्रचार गरिन्छ ।

५) राजीनामा :
यि सबै काम पुरा भैसकेसी प्रधानमन्त्रिले राजिनामा दिनुपर्छ । राजाका पालामा असक्षम भनी हटाइएका बाहेक अरु प्रधानमन्त्रीले यो अन्तिम काम पुरा गरेर मात्र छोडे ।

६) सुशासन :
यस्तो गम्भीर कामहरुको चर्चा भैरहेको बेला यस्तो हावा र उटटाप कामको चर्चा नगरम् होला ।
😀😀

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ