म्यामको आवेश
देशले बेलाबखत भूकम्प, बाढीपहिरो, आगलागी जस्ता दैवी बिपद् झेल्दै आएको छ । यसमा ठूलो धनजनको क्षति हुँदै आएको छ । तर यसले मुलुकलाई केही समय थिलथिलो पारे पनि पछि जुरुक्क उठेर ठमठमी हिड्दै आएको छ ।
तथापि यी बिपद् सुन्दा आङ जिरिङ्ग हुन्छ । त्यसमा पनि परार गएको भूकम्प सम्झिँदा त -"धत् ! यो बराबर बिपद् त के होला र ? " भन्ने हुन्छ ।
तर अस्तिबाट त भूकम्प पनि फूच्चे बिपद् लाग्न थालेको छ । मूख्य र महाबिपद् भनेको त हिसिला म्यामको आवेश रहेछ । अस्ति उहाँको आवेशले उहाँलाई अर्धबेहोसी अवस्थामा पुर्याउदा झण्डै मुलुक खारेज भएको थियो । धन्न उहाँ भोलिपल्ट होसमा आएर -"हैट् ! देश त चाहिन्छ । खारेज गर्न हुन्न भन्ने निष्कर्षमा पुग्नु भो र देशको सट्टा 'देश खारेज गर !' भन्ने मागलाई खारेज गर्नुभो ।
धन्न उहाँ पूर्ण होसी अवस्थामा आउनुभो । अघिल्लो दिन जस्तै बेहोसी अस्वस्थामै भएको भए ? उहाँको आवेश कायमै रहेको भए ? देश त यतिबेला हिंडिसक्थ्यो त ! हिसिला म्याम आवेशमा आइरहेको बेलामा सरकार पनि आवेशमा आएर "लौ न त लौ ! खारेज भए खारेजै सहि ।" भनेर खारेज गरिदिएको भए त देश त झिरिप हुन्थ्यो नि । धन्न त्यही बेला सरकार चैं आवेशमा आएनछ र बच्यो । धन्न सरकारको हरेक कुरामा ढिलासुस्ती गर्ने बानी छ र त्यसमा पनि ढिलासुस्ती गर्यो र मुलुक ठूलो दुर्घटनाबाट बच्यो ।
भूकम्प आउँदा मुलुक हल्लाए पनि बचेथ्यो । फेरि उठेथ्यो । नाकाबन्दीले त मुलुकलाई डगमगाउनै सकेको थिएन । यति मजबुत मुलुक हिसिला म्यामको झण्डै खारेज भएको । धन्न उहाँको होस् समयमै आयो र महाविपत्ती टर्यो । यसबाट सिकेर इन्जिनियर बाबुरामजीले म्यामलगायत नेताहरूलाई छिटै रेट्रो फिटिङ गरेर आवेश प्रतिरोधी बनाउन र मुलुकलाई खारेज हुनबाट बचाउँन ।
तथापि यी बिपद् सुन्दा आङ जिरिङ्ग हुन्छ । त्यसमा पनि परार गएको भूकम्प सम्झिँदा त -"धत् ! यो बराबर बिपद् त के होला र ? " भन्ने हुन्छ ।
तर अस्तिबाट त भूकम्प पनि फूच्चे बिपद् लाग्न थालेको छ । मूख्य र महाबिपद् भनेको त हिसिला म्यामको आवेश रहेछ । अस्ति उहाँको आवेशले उहाँलाई अर्धबेहोसी अवस्थामा पुर्याउदा झण्डै मुलुक खारेज भएको थियो । धन्न उहाँ भोलिपल्ट होसमा आएर -"हैट् ! देश त चाहिन्छ । खारेज गर्न हुन्न भन्ने निष्कर्षमा पुग्नु भो र देशको सट्टा 'देश खारेज गर !' भन्ने मागलाई खारेज गर्नुभो ।

भूकम्प आउँदा मुलुक हल्लाए पनि बचेथ्यो । फेरि उठेथ्यो । नाकाबन्दीले त मुलुकलाई डगमगाउनै सकेको थिएन । यति मजबुत मुलुक हिसिला म्यामको झण्डै खारेज भएको । धन्न उहाँको होस् समयमै आयो र महाविपत्ती टर्यो । यसबाट सिकेर इन्जिनियर बाबुरामजीले म्यामलगायत नेताहरूलाई छिटै रेट्रो फिटिङ गरेर आवेश प्रतिरोधी बनाउन र मुलुकलाई खारेज हुनबाट बचाउँन ।
Comments
Post a Comment