म्याआआ sssss हाउ !

एकादेशमा एउटा ढाडे बिरालो थियो रे । उ एकदिन एउटा दोषी ऐनाको अगाडी पुगेछ । पुग्दा उसले आफुलाई बाघ देखेछ । बाघ भएको देखेर खुसिले गदगद भएछ । त्यसपछि उसको खुसिले भुइँमा खुट्टै भएनछ ।

उसले बिरालाहरुलाई गन्नै छाडेछ । यत्रा ढाडेहरुलाई नि "ओ न्याउरे ! ओ न्याउरे !!"भनी बोलाउन थालेछ । उसले बाघको लगाइ, खवाइ, हिडाइ, डुलाइ सब बाघैको जस्तो गर्न थालेछ । उसको बाघे अभिनय देखेर सबै मरिमरी हाँस्न थालेछन् । उसले यसलाई आफ्नै समर्थन, पपुलारिटी भनेर बुझेछ र झन हौसिएछ ।

उसले आफ्नै कारणले मात्रै देश बचेको र आफ्नै डरले मात्रै अरु हिच्किचाएको नत्र आक्रमण गर्न जोगिएको नत्र अरुले उहिल्यै अरुले आक्रमण गरि लिइसक्थे भन्ने सोच्न थालेछ । बाघमा पनि सबैभन्दा तिखा नङ्ग्रा आफ्नै सम्झिन थालेछ । सबैभन्दा तिखा दाह्रा आफ्नै ठान्न थालेछ । मर्निङ वाकमा कोहि हिड्या देख्यो भने नि आफ्नै डरले कुद्या सोच्न थालेछ । उसले सबका सब आफू देखि अतालिएको देख्न थालेछ ।

यहि क्रममा चुनाव आएछ । चुनावमा सबका सब आफूसँग टिक्न नसकेर कुलेलाम् ठोक्छ्न् , लास्टमा साइनबोर्ड मात्र रहन्छ्न् भन्न थालेछ । अन्तिममा चुनाव भएछ । चुनावले ल्याएको भूकम्पले दोषी ऐना ढलेर चकनाचुर भएछ ।

अन्त्यमा असली ऐनामा हेर्दा आफ्नो असली रुप देखेछ र आफुलाई चिनेछ । तर बाघको एक्टिङ गर्दा गर्दै बिरालो जसरी कराउनै बिर्सेछ । लामो प्रयासपछि स्वर मिलाइ मिलाइ उसले गरेछ -"म्याआआआ....... हाउ !" तर आवाज निस्केछ । "चीं चीं !"

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ