Posts

Showing posts from May, 2018

बतासैले उडाइ लगो

जनकपुरमा दामोदरजीको स्वागतमा राखिएका स्वागतद्वार र मन्च उडाइदिएच बतासले । हँसाम्च बतासले पनि । कुरो सुन्दा नि चिनो फिलमको गित जस्तो लाइरच । "बतासैले उडाइ लगो माया मेरो"- हेरिहाल्नुस् न - परमपिरे मोदिजीको सम्मानमा बनाइएका गेट र मन्चहरु केवल गेट र मन्चहरु मात्रै थिएन । मोदीजी प्रतिको पिरिम थियो ।  जिगर के टुकड़े थियो । ति केवल स्वागतद्वार थिएनन् नेपाल भारत सम्बन्धको हरिद्वार थिए । त्यो हाम्रो पिरिमको निसानी थियो । मुरलीधरजीले गाए झैं -कहाँबाट आयो अलक्षिना बतास । उडाइ लगो निष्ठुरीले । त्यो गेट उडाको हैन । माया उडाएको हो । बतासैले उडाइ लगो माया मेरो । "फूलमाथी सजाइदियो छाँया तिम्रो"- फूलको स्पेलिङ हुन्च - fool. माने हुन्च - मूर्ख । ठ्याक्कै हामी । मोदीजी र हाम्रो सम्बन्ध मेकिङ फूल बिइङ फूलको छ । उहाँले हामिलाई फूल बनाउने । हामी आफू फूल बन्ने । फेरि यिनै फूलमाथी उहाको छवि सजिनै रहेको छ । हामी फेरि उत्तिकै ब्यग्रताका साथ उहाँलाई स्वागत गर्न, सम्मान गर्न र अभिनय गर्न तम्सिएका छौं । आखिर मोदीजी ! के जादु छ तिमिमा जसले -फूलमाथी सजाइदियो छाँया तिम्रो । "जि

मुक्तिनाथमा मिनि आइसियु

श्रोतराज बतायोलाल मुक्तिनाथ, बैसाख २८ । दामोदरदास नरेन्द्र मोदीको आसन्न मुस्ताङ भ्रमणलाई ध्यानमा राख्दै मुक्तिनाथमा मिनि आइसियु स्थापना गरिएको छ । दामोदरको भ्रमणको क्रममा ठूलो सङ्ख्यामा मानिसहरु बेहोस हुनसक्ने संभावनालाई मद्यपान गर्दै उक्त स्थानमा मिनि आइसियु स्थापना गर्न लागेको नाम नबताउने सर्तमा एक मध्यम श्रोतले बतायो । नाकाबन्दी जस्तो उच्च कोटिएको पूण्य गरेका व्यक्तीलाई नि किन पुजाआजा गर्दै मन्दिर, तिर्थ धाउनु पर्यो भन्ने प्रश्नले उत्पन्न आश्चर्यको झड्काले मान्छे बेहोस हुन सक्ने संभावना रहेको विशेषज्ञहरु बताउँछन् । नेपाल बिद्दुत प्राधिकरण श्रोतले जनाए अनुसार यस्तो खालको आश्चर्यले एकै पटक एक हजार दुई सय चवन्न दशमलव छ भोल्डको करेन्ट उत्पन्न हुने र सो करेन्ट मान्छेको होस ‘हस्त नमस्ते’ पार्न काफी हुन्छ । यस   विषयमा नेपाल बिज्ञान प्रविधी राष्ट्रिय प्रतिस्ठान (नास्ट) मा सम्पर्क गर्न गर्न खोज्दा झुक्किएर नासामा फून पुगेको थियो । नासाका बैज्ञानिकले अङ्ग्रेजीमा बोलेकाले उति नबुझिए पनि उनको हाउभाउ बुझ्दा यो कुरा सत्य भएको बिश्लेशकहरु बताउदछन् । यस्तो झड्काले बोराको बोरा टेन्सन पर्