बतासैले उडाइ लगो


जनकपुरमा दामोदरजीको स्वागतमा राखिएका स्वागतद्वार र मन्च उडाइदिएच बतासले । हँसाम्च बतासले पनि । कुरो सुन्दा नि चिनो फिलमको गित जस्तो लाइरच ।

"बतासैले उडाइ लगो माया मेरो"-
हेरिहाल्नुस् न - परमपिरे मोदिजीको सम्मानमा बनाइएका गेट र मन्चहरु केवल गेट र मन्चहरु मात्रै थिएन । मोदीजी प्रतिको पिरिम थियो ।  जिगर के टुकड़े थियो । ति केवल स्वागतद्वार थिएनन् नेपाल भारत सम्बन्धको हरिद्वार थिए । त्यो हाम्रो पिरिमको निसानी थियो । मुरलीधरजीले गाए झैं -कहाँबाट आयो अलक्षिना बतास । उडाइ लगो निष्ठुरीले । त्यो गेट उडाको हैन । माया उडाएको हो । बतासैले उडाइ लगो माया मेरो ।

"फूलमाथी सजाइदियो छाँया तिम्रो"-
फूलको स्पेलिङ हुन्च - fool. माने हुन्च - मूर्ख । ठ्याक्कै हामी । मोदीजी र हाम्रो सम्बन्ध मेकिङ फूल बिइङ फूलको छ । उहाँले हामिलाई फूल बनाउने । हामी आफू फूल बन्ने । फेरि यिनै फूलमाथी उहाको छवि सजिनै रहेको छ । हामी फेरि उत्तिकै ब्यग्रताका साथ उहाँलाई स्वागत गर्न, सम्मान गर्न र अभिनय गर्न तम्सिएका छौं । आखिर मोदीजी ! के जादु छ तिमिमा जसले -फूलमाथी सजाइदियो छाँया तिम्रो ।

"जिन्दगानी उपहार हो !"
हो, सग्लै हो । साच्चै हो । साख्यै हो । जिन्दगानी उपहारै हो हाम्रो । त्यत्रो भूकम्पमा बाँचियो । लगत्तै नाकाबन्दीमा बाँचियो । इन्धनै बिना, अत्यावश्यक बस्तु र ओखतीको आयतै बिना । त्यसैले हाम्रो यो जिन्दगी भनेको नाकाबन्दीको प्याकेटभित्र चिट्टा परेको जिन्दगी हो । जिन्दगानी उपहार हो ।

"ढकमक जोबन फूलो"
यो लाइन आफैंमा व्याख्या हो । नाकाबन्दीताका तस्कर सरहरु र राष्ट्रवादी सरहरु अहिलेका अभिनन्दनवादी सरहरुका जोबन फुलेको हेर्नुस् ।


Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ