Posts

Showing posts from September, 2018

जनताको लागि

कहिलेकाहीँ झ्याप्प नेताजीहरू सम्झिइन्छ । चल्दाचल्दैको मन टक्क रोकिन्छ । एकलट सोचिन्छ— हैट ! उहाँहरू जे गरे पनि हामी जनताकै लागि गर्नुहुन्छ ।– उहाँहरू खानुहुन्छ, जनताकै लागि । – बस्नुहुन्छ जनताकै लागि । – सुत्नुहुन्छ जनताकै लागि । – उठ्नुहुन्छ जनताकै लागि – उठेर फेरि खानुहुन्छ, जनताकै लागि । उहाँहरूका निम्ति व्यक्तिगत भन्ने कुरै हुन्न । जे हुन्छ, सबै जनताकै लागि हुन्छ ।

ओलीजीको के दोष ?

कुन्नि के भा’ हो ? ठूला डोजका पीरहरू उति थाम्दैनन् ज्यानले । तर, परी नै रहन्छन् । अहिले त्यस्तै उल्काको पीरले थामिनसाध्धे भा’छ । पीर आफ्नै खास थिएन । जिन्दगीको नि थिएन । थियो केवल मुलुकको । भन्नुहोला— हैट् ! मुलुकको चिन्ता ? राष्ट्रवादी पो रहेछ क्यारे ! धत् ! त्यो हदको आरोप त नलाउनुस् है ! त्यतिसम्म लत्तो त छोडिन्न । खास चिन्ता मुलुकको थियो । त्यही पनि विज्ञापनतिर अम्बे सिमेन्टले बनाउँछु भन्याथ्यो र ढुक्क हुन थाल्याथ्यो । त्यसपछि देशको चिन्ता अम्बे सिमेन्टलाई बाँढ्दा आधामात्रै भागमा प¥याथ्यो । मन हलुंगो भा’थ्यो । पछि ओलीजी आउनुभो । हुटिट्याउँ सरले आकाश थामेझैं मुलुक एक्लै थाम्न तम्सनुभो । राष्ट्रवादले जीवन पायो । जनतालाई हाइसन्चो भयो । अब देशको चिन्ता लिन नपर्ने भो । गैरदौरेहरूको खेदो खनेरै उहाँ एक्लैले राष्ट्र थेग्नुभो । देशको पीरले कुलमानजीपछिको लोडसेडिङझैं कुलेलम ठोक्यो ।

सडक सुधार्ने काइदा

हामीले पटक–पटक टाउकामा हात लगाउँदै खुइय गर्ने अनेकौं कारणमध्धे एक कारण हो- सडक । सरकारजी, सडक विभागजी अथवा योजना बनाउने मुख्य जिम्मेवारहरु निरन्तर सडक व्यवस्था राम्रो पार्न कम्मर कसेर लागेको भए पनि त्यही कस्सिएको कम्मरमै अल्झिएका छन् । कम्मर कसुवाहरु नअल्झिऊन् पनि कसरी ? उपचार गतिलो भए पो अस्तव्यस्तता हटेर चुस्तता आओस् । फेरि गतिलो उपचार गर्नको लागि भिजन पनि त हुन पर्यो । भिजन नभएसि के लाग्यो ? त्यसैले मुलुक र मुलुकबासीले अझै दु:ख नपाऊन् भनेर २-३ घण्टा सोचेर केही भिजनहरु फुराएर मुलुकको नाममा अर्पण गरेको छु ।  बिरालो परिचालन । मंगलग्रहमा जान पृथ्वीबाट अन्तरिक्षतिर प्रक्षेपण गरिएको रकेट रोकिएला बरु, जेब्राक्रसिङअघि आइपुगेको सवारीसाधन रोकिन्न । बरु गति झनै बढ्छ । चोक-चोकमा यसरी ह्वात्तै गति बढ्ने सेता धर्सा कोरिदिँदा पैदालयात्रुहरु जोखिममा छन् र दुर्घटना बढाएको छ । त्यसैले सडक व्यवस्था सुधार्ने हो भने यी सेता धर्काहरु भसक्कै मेट्नुपर्छ र यसको सट्टा बिरालाहरु परिचालन गर्नुपर्छ । जब-जब सवारी साधन रोकेर यात्रुलाई जान दिनुपर्ने हुन्छ, फुत्त बिरालोलाई बाटो कटाइदिने । बिरालोको आँखा रा

गौतम बुद्धलाई ज्ञापनपत्र

एकादेशमा बुद्ध नेपालमै जन्मेका हुन् भनी लोकलाई सुनाउन ७५ हजार मान्छे जम्मा गरी शिलोक वाचन गर्दा पनि विश्वले कहीँ कतै सुनेको नपाइएसि यसका अभियन्ता, सद्भावना दूतहरु समीक्षा बैठकमा जुटेछन् । र, भावी रणनीतिका लागि घनघोर छलफल भएछ । बैठकमा टोलीका सबैभन्दा परिपक्क सदस्य वरिष्ठ डाक्टरसापले गम्भीर भएर भन्नुभएछ, "विश्वले सुनेन । नसुन्नुमा दोष विश्वको मात्रै नहुन पनि सक्छ । हाम्रो पनि हुन सक्छ । यसमा समीक्षा गरौं ।" अर्का परिपक्क महानायक तत्क्षण प्रत्यक्ष हुनुभो र भन्नुभो, "डाक्टरसापले सही भन्नुभो । हो, अब हामी आफ्नै दोष र कमजोरीबारे समीक्षा गरौं । बरु सुरु तपाईंबाटै गरौं । भन्नुस्, २६ सय वर्षयता बुद्ध नेपालमा नजन्मनुमा तपाईंले आफ्नो दोष र कमजोरी कहाँ देख्नु भो ?" "दोष मैले आफूमा होइन, तपाईंमा देखें," डाक्टरसापले भन्नुभो, "तपाईं हेइ~~ गर्ने ! 'शङ्कर हो मेरो नाम शङ्कर' भन्दै खुद श्री महादेवकै औतार लिने । तर, बुद्धको औतार लिँदै नलिने । फिलममा शङ्कर भएर जन्मिने तर बुद्ध भएर जन्मिँदै नजन्मिने । शङ्कर भएर जन्मिनुको साटो बुद्ध भएर जन्मिदिएको भए बुद

अर्थ, अनर्थ, मानार्थ

सबैभन्दा पहिले हुन्छ- अर्थ । त्यसपछि हुन्छ- बेअर्थ  । अनि लाग्छ- अनर्थ । अनि आउँछ मानार्थ । ‘मानार्थ’ पद वा उपाधि संस्थागत उटटापको उच्चतम् डिग्री हो । यसले कहिले साँच्चिकै गुलाबका फूलमा एक्रेलिक रङ दलेर झिलिक्कै सजाइदिन्छ । कहिले सुनमा बेसार दलेर पहेंलै टल्काइदिन्छ । फेरि कहिले चैं प्लास्टिकका फूलमा अत्तर छरेर मगमग पार्दिन्छ । यसले कहिले गाईलाई 'चेइचेइ' भन्न बेर मान्दैन, कहिले गधाका गोबरले घर, पिँढी लिपेर घरलाई मानार्थ पवित्रता प्रदान गर्न बेर मान्दैन । सुपर ल्वाँठ मानार्थ बुद्धिजीवी कहलिन सक्छन् । ब्रह्म विद्वान मानार्थ ल्वाँठ घोषित हुन सक्छन् । उहिले नेपोलियन बाजेले 'असम्भव भन्ने मूर्खको डायरीमा मात्रै हुन्छ' भन्दा हाम्रा ऋषि धमलाज्यू उनका पछाडि रहेनछन् । नत्र सोध्थे, "तर छ नि नेपालियनजी ! सम्भव चैं कहाँ हुन्छ ? तपाईंको कोटको खल्तीमा, पाइन्टको खल्तीमा, त्यो बिट ठूलो भाको डेक्चीजस्तो ह्याट टोपीभित्र कि परीक्षार्थीले लुकाएको चिटझैं मोजाभित्र ? आजको दिनमा बताइदिनोस् ! जनता जान्न चाहन्छन् ।" नेपोलियनले भन्नेथिए, "त्यै मानार्थेहरुको होमवर्क कापीम