हन्मान र मान्छे
एकादेशमा एउटो जंगल थियो रे । जंगलमा ऋषिको आश्रम थियो रे । ऋषिजी त्यही आश्रममा बस्नुहुन्थ्यो रे । र, आफ्ना शिष्यहरुलाई ज्ञान बाँड्नुहुन्थ्यो रे । एकदिनको कुरा हो । ऋषिजी सदाझैं आफ्ना शिष्यहरुलाई ज्ञान बाँड्दै हुनुन्थ्यो । शिष्यहरु ज्ञान निल्दै, उग्राउँदैथिए । यसै क्रममा एउटा शिष्यले फ्याट्ट सोधेछ - "गुरुवर ! अचेल हन्मानहरुको यति बिगबिगी छ कि को मान्छे को हनुमान छुट्याउनै मुस्किल छ । खास यो छुट्याउने विधि बारे शास्त्र के भन्छ ?" एकछिन त गुरु नि अक्क र बक्क भएछन् । त्यसपछि ध्यानदृष्टिले नेपालका सामाजिक सन्जालका प्रयोगकर्ताको अबलोकन पश्च्यात तेश्रो नेत्र पिलिक्क बाल्नु भएछ । र, भन्नुभएछ - "शिष्य ! के तिमीलाई हिजो नेकपाले गरेको 'केरा पार्टी' बारे थाहा छ ?" शिष्यले भने -"थाहा छ गुरुदेव !" "त्यसबारे बाबुराम भट्टराईले गरेको आलोचना थाह छ ?" "थाहा छ गुरुदेव ! लालध्वजबाजेले ट्विटरमा यो खर्च उत्पादनमुलक काममा लगाएको भए राम्रो हुन्थ्यो भनेका थिए ।" ऋषिजीले फेरि सोध्नुभएछ - "उनले गरेको बिर्यानी सम्मेलन र पत्रीकाका बख्खु बिज्ञापन बा