खग्रास ओलीअर

कसैकसैको प्रतिभा त अलौकिकै हुन्च । त्यस्ता प्रतिभाले त कस्सम — दुनियाँ चकित खान्छ । यस्तै दुनियाँ चकित ख्वाउने प्रतिभा हुन् — सर्वेन्द्र खनाल ।
उनको अदभूत ओलिइङ् क्षमताले संसार मात्रै होइन खुद ओलीजी नै चकित हुनु भएको छ ।
'जस्तै कुरालाई नि उट्पट्याङ लयमा ढालेर हाँसो उठ्दो बनाउनु — ठट्टा गर्नु । सिरियस कुरालाई नि उखान टुक्का हालेर — खित्खितनिय बनाउन सक्ने खुबीलाई ओलिइङ भनिन्छ ।' — (समृद्धि डिक्स्नेरी पृ. २९७)

ओलिइङ आफैंमा एक सुपर क्षमता हो । यो सामान्य मान्छे त के सबै सुपर जिल्लावासीमा समेत हुन्न । 'हरेक जुगमा एक महापुरुषले यो अदभूत क्षमता लिएर जन्मिन सक्छन् । तर, निश्चित छैन ।' — (रेल पुराण, श्लोक : १४४)
प्रम ओलिजी पैदा भएर एक पछि अर्को असाधारण उखान टुक्का र ठट्यौली आइरहेको बखताँ — सर्वेन्द्र खनालजी समेत उत्पन्न भै — एक पछि अर्का सुपर ठट्टा प्रवाह हुन थालेपछि — शास्त्र आफैं तिरिमिरी भएको विद्वानहरु बताउछन् ।
एउटा बलात्कार, हत्याका घटनाका अपराधी बारे ३ महिना बित्दा समेत सुइको पाउन नसकेको प्रहरी — बिश्वकै उत्कृष्ट प्रहरी संगठन बन्ने संभावना छ भन्ने ठट्टा गर्न — चानचुने ओलिइङ पावर भएका मान्छेले सक्दैन । यसो भन्न त खुद ओलीजीले समेत सक्नु भएको थिएन । उसो त — उनको नेतृत्वको संगठनले न्याय माथी, पिडितको आँसुमाथी गरेको गम्भीर ठट्टाको तुलनामा त — यतिको ठट्टा मामुली नै हो । तर यसो हुँदाहुँदै पनि — यो ठठ्ठा साधारण भन्दा अति उम्दा किसिमको छ ।
यस किसिमको ओलिइङ सर्वसाधारणको सोचभन्दा निकै माथीको कुरा हो । ओलीजीको समेत ह्याउ भन्दा माथीको ओलिइङ हो । जो सर्वेन्द्र सापले गर्न थाल्नु भएको छ ।
'तहगत रुपमा भन्नू पर्दा ओलीजीको ओलिइङ सामान्य ओलिइङ हो । त्यो भन्दा माथीको ओलिइङलाई खण्डग्रास ओलिइङ हो । त्यस भन्दा नि माथीको ओलिइङ खग्रास ओलिइङ हो ।' — (ओलिइङका सिद्धान्त, अध्याय -७ )
यस आधारमा सर्वेन्द्रजीको ओलिइङ खग्रास ओलिइङ हो । उनी खग्रास ओलिअर हुन् । उनको प्रचारप्रसार गरि — पर्यटन प्रवर्धनमा टेवा पुर्याउम् ।

Comments

Popular posts from this blog

'सरी ! योर ट्रान्जेक्सन ह्याज विन टर्मिनेटेड !'

रुम नम्बर ट्वान्टी फाइभ