हन्मान र मान्छे

एकादेशमा एउटो जंगल थियो रे । जंगलमा ऋषिको आश्रम थियो रे । ऋषिजी त्यही आश्रममा बस्नुहुन्थ्यो रे । र, आफ्ना शिष्यहरुलाई ज्ञान बाँड्नुहुन्थ्यो रे ।

एकदिनको कुरा हो । ऋषिजी सदाझैं आफ्ना शिष्यहरुलाई ज्ञान बाँड्दै हुनुन्थ्यो । शिष्यहरु ज्ञान निल्दै, उग्राउँदैथिए । यसै क्रममा एउटा शिष्यले फ्याट्ट सोधेछ - "गुरुवर ! अचेल हन्मानहरुको यति बिगबिगी छ कि को मान्छे को हनुमान छुट्याउनै मुस्किल छ । खास यो छुट्याउने विधि बारे शास्त्र के भन्छ ?"

एकछिन त गुरु नि अक्क र बक्क भएछन् । त्यसपछि ध्यानदृष्टिले नेपालका सामाजिक सन्जालका प्रयोगकर्ताको अबलोकन पश्च्यात तेश्रो नेत्र पिलिक्क बाल्नु भएछ । र, भन्नुभएछ - "शिष्य ! के तिमीलाई हिजो नेकपाले गरेको 'केरा पार्टी' बारे थाहा छ ?"
शिष्यले भने -"थाहा छ गुरुदेव !"
"त्यसबारे बाबुराम भट्टराईले गरेको आलोचना थाह छ ?"
"थाहा छ गुरुदेव ! लालध्वजबाजेले ट्विटरमा यो खर्च उत्पादनमुलक काममा लगाएको भए राम्रो हुन्थ्यो भनेका थिए ।"
ऋषिजीले फेरि सोध्नुभएछ - "उनले गरेको बिर्यानी सम्मेलन र पत्रीकाका बख्खु बिज्ञापन बारे सम्झना छ ?"
शिष्यले भने -"छ गुरुदेव !"

त्यसपछि ऋषिले शिष्यलाई नै सोध्नुभएछ -"अनि के 'केरा पार्टी'को आलोचना गर्नु गलत हो ?"
शिष्यले भने -"होइन गुरुदेव । "
"अनि बिर्यानी, बख्खु बिज्ञापनवालाले आलोचना गर्नु त महापाप भएन र ?"
"बिर्यानी खुवाउने, बक्खु बिज्ञापन छाप्ने हदसम्म पुगिसकेको मान्छे फजुल खर्चको आलोचना गर्ने सम्ममा पुग्नु पाप होइन सकारात्मक परिवर्तन हो ।"
"अनि परिवर्तन होइन रैछ भने ?"
"के भो र ? अरुको आलोचना गर्न आफू राम्रै हुनुपर्छ छ भन्ने के छ ? अरुले केरा ख्वाउदा उनले आलोचना गर्लान । उनले बिर्यानी ख्वाउदा अरुले ।"
त्यसपछि ऋषिले भनेछन् - "गलत कामको आलोचना जस्ले गरे नि राम्रो हो । यसले गर्नेलाई सुदृने मौका मिल्छ । मान्छेले यसो भन्छ ।
यसको बिपरित हनुमान भन्छ -" ए रात्तै ! आफू चै बिर्यानी ख्वाउने । हाम्रा रघुनाथजीले चै केरा ख्वाउन नि नहुने ? जाँडै ख्वाए नि तिन्लाइ के ? तिनको बाउको ख्वाइदेको छैन !"
यहि फरक छ हन्मान र मान्छेमा ।

यति भनी ऋषिजीले चोयाको काँइयोले दाडी कोर्दाभए ......

Comments

Post a Comment

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ