Posts

Showing posts from November, 2018

तारा खेती

म सिलिङ हेर्दै टोलाइरहन्छु । सोच्छु — यहाँ खनजोत गरेर एउटा जुन र गोडा चारेक लाख तारा रोप्न पाए । तिनै तारा गन्दै, तिम्रो यादमा रात बुत्याउन क्या गज्जब हुन्थ्यो । अचेल आकाश हेर्दै तारा गन्न, खासै स्वाद छैन । गन्दा गन्दा लागेका औलाका थुकले — लफ्रक्कै भिजिसके ताराहरु भिजेका ताराहरुमा — खासै खुल्दैनन् प्याराहरु । यो जुठो र चिसो तारामण्डलमा तिम्रो यादको घडेरी जोड्न — फिटिक्कै मन छैन प्रीए । बरु यहि सिलिङमा ताराका ब्याड राखम् उमारौं, रोपौं, फुलाम् । अनि च्याट्ट सिरक ओडम् सिलिङ हेरम् , गनम् — दुइसे छपन्न — दुइसे सन्ताउन्न । अनि याद — टुपि तानेर टाप कसोस् । निन्द्रा छेउमै बसोस् — र भनोस् — नाटकै बढि । सुत् !