Posts

Showing posts from December, 2018

सुन्ने सहनशीलता र शून्य सहनशीलता

बलात्कार एउटा जघन्य अपराध हो । यसमा कसैको दुईमत नहोला । खुद बलात्कारी र यसको प्रमाण नस्ट गर्न सम्पूर्ण ताकत खर्चिएर लागेको प्रहरी बाहेक । मानवता भएका आम मानिस देखि सरकारले समेत उहिल्यै देखि यसलाई जघन्य अपराध मान्दै आएको छ । यससँगै सरकारले बलात्कार बिरुद्द शून्य सहनशीलता अपनाइन्छ भनेर भन्दै आएको, हामिले पनि सुन्दै आएइएको थियो । खास शून्य सहनशीलता के रहेछ भन्नेमा खसखस थियो । निर्मला हत्या प्रकरण सँगै त्यो थाहा लाग्यो । यसका दुई शाखा रहेछन् । १) शून्य सहनशीलता अर्थात सुन्ने  र सहने यस अन्तरगत जब बलात्कारका घटना घट्छन् तब त्यस घटना बारे सुन्ने र सहने नीति अपनाइदो रहेछ । जब घटना घट्यो । घटनाबारे सुनियो । तब ‘ ए है ? बलात्कार पो गरेछन् ? कस्ता बदमाशहरु रैछन् ? यस्तो गर्न हुन्न थ्यो नि ।’ भनेर सरकार सहेर बस्दो रहेछ । र, पिडितले पनि सहिदियोस्, सर्वसाधारणले पनि सहिदियोस् भन्ने चाहना हुँदो रहेछ । अपराधीले सजाय नपाउन भनेर बिशेष ख्याल राखिदो रहेछ । जतिसक्दो छिटो प्रमाण नस्ट गरिदोरहेछ । छानबिन प्रकृया सकेसम्म गन्जागोल पारिदो रहेछ । अनि जताबाट हुन्छ । अपराधी उम्किउन भन्ने ध्ययका साथ काम गरिदो रहेछ