सुन्ने सहनशीलता र शून्य सहनशीलता

बलात्कार एउटा जघन्य अपराध हो । यसमा कसैको दुईमत नहोला । खुद बलात्कारी र यसको प्रमाण नस्ट गर्न सम्पूर्ण ताकत खर्चिएर लागेको प्रहरी बाहेक । मानवता भएका आम मानिस देखि सरकारले समेत उहिल्यै देखि यसलाई जघन्य अपराध मान्दै आएको छ । यससँगै सरकारले बलात्कार बिरुद्द शून्य सहनशीलता अपनाइन्छ भनेर भन्दै आएको, हामिले पनि सुन्दै आएइएको थियो । खास शून्य सहनशीलता के रहेछ भन्नेमा खसखस थियो । निर्मला हत्या प्रकरण सँगै त्यो थाहा लाग्यो । यसका दुई शाखा रहेछन् ।

१) शून्य सहनशीलता अर्थात सुन्ने  र सहने

यस अन्तरगत जब बलात्कारका घटना घट्छन् तब त्यस घटना बारे सुन्ने र सहने नीति अपनाइदो रहेछ । जब घटना घट्यो । घटनाबारे सुनियो । तब ‘ ए है ? बलात्कार पो गरेछन् ? कस्ता बदमाशहरु रैछन् ? यस्तो गर्न हुन्न थ्यो नि ।’ भनेर सरकार सहेर बस्दो रहेछ । र, पिडितले पनि सहिदियोस्, सर्वसाधारणले पनि सहिदियोस् भन्ने चाहना हुँदो रहेछ । अपराधीले सजाय नपाउन भनेर बिशेष ख्याल राखिदो रहेछ । जतिसक्दो छिटो प्रमाण नस्ट गरिदोरहेछ । छानबिन प्रकृया सकेसम्म गन्जागोल पारिदो रहेछ । अनि जताबाट हुन्छ । अपराधी उम्किउन भन्ने ध्ययका साथ काम गरिदो रहेछ । उसो त पिडितको पनि ख्याल नगरिने त कहाँ हो र ? पिडितले धर्य धारण गर्न सकुन भनी पशुपति नाथसँग प्रार्थना गरिदो रहेछ ।

२) शून्य अर्थात जिरो सहनशीलता

यस अन्तरगत सरकार बलात्कारको घटनाबाट धेरै नै भावुक हुँदो रहेछ र बलात्कारको जरो किलो उखेलेर फाल्न तम्सिदो रहेछ । यसमा सहने भन्ने कुरा चाहिँ शून्यै हुँदो रहेछ । सरकार बलात्कार भन्ने शब्दै सुन्न चाहादो रहेनछ । कसैले 'बलात्कारीलाई कार्वाही गर' भने पनि बलात्कारी नाम लिने ? भनेर ठटाइदो रहेछ । बलात्कार पिडितलाई न्याय देउ भन्दा पनि नामेट पार्नुपर्ने शब्द उच्चारण गर्ने भनेर कार्वाही हुदो रहेछ । पिडितलाई  न्याय खै भनेर पोस्टर टाँसे पनि बलात्कारको प्रचार गर्ने भनेर पक्राउ गरिदो रहेछ । यसमा कसैलाई छोडिदो रहेनछ । केवल बलात्कारी र तिनका संरक्षक बाहेक ।

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ