पर्खी बस । फर्की आउनेछु ।

ट्रक साहित्ते पनि गज्जबकै जिनिस हो । छोटिला पनि चोटिला पनि । यस्तै चोटिलो, र छोटीलोमा यदाकदा दोहोरिने साहित्ते हो -'पर्खी बस । फर्की आउनेछु !' पहिले पहिले त फिलिङ ट्वाँ। सोचिन्थ्यो - के हन्च यो साहित्ते ? पछि पछि बुझियो - हैट् ! यो त माया पिरिमको गजुर्वेदै हो । भन्नुहोला - यजुर्वेद पो हुन्च । गजुर्वेद कसरी हुन्च ? गजुरर्वेद भनेको यजुर्वेद भन्दा माथीको जिनिस हो । गजुर कहाँ हुन्च ? मन्दिरमा । मन्दिर आफैं नै आस्थाको टुप्पो हो । त्यै मन्दिर पनि ढाँडाको टुप्पामा छ भने के हुन्च ? डाँडाको टुप्पाको मन्दिर । मन्दिरको टुप्पाको गजुर । गजुरको पनि टुप्पाको शास्त्र हजुर । गजुर्वेद ।